बिहीबार, वैशाख १३, २०८१

बैज्ञानिकहरुबिचमै बहस : कुखुरा पहिले कि अण्डा पहिले ?

नेपालप्लस न्युज डेस्क२०७७ साउन ३१ गते १३:१२

हामी वाल्यकालमा हुँदा विद्दालयमा तरबार बलीयो कि कलम ? आमा ठुलो कि बुवा ? बल ठुलो कि बुद्दि ठुलो ?, कुखुरा पहिले कि फुल पहिले? यस्तै विषयमा वादविवाद गर्थ्यौं। बडो गाह्रो हुन्थ्यो। रमाईलोपनि। वादविवाद त गरिन्थ्यो आफ्नो पक्ष जे पर्छ त्यहि ठुलो हो भनेर। तर अचम्मित पारिरहन्थ्यो। कौतुहलता रहिरहन्थ्यो साँच्चिनै फुल पहिले होला कि कुखुरा भनेर। पुरस्कार जितेर हात पारिसक्दापनि आफैं स्पष्ठ भइएको नहुने के पहिला हो, कुन ठुलो हो भनेर। कहिलेकाहिँ त आफैंले तर्क गरेर हराएकै साथिलाई सोध्थ्यौं-साँच्चिकै के होला हँ भन्दै। हामी वालकलाई मात्रै होइन, यो विषयले त जिवनभरि जिवजन्तुका बारेमा अनुसन्धान गर्ने वैज्ञानिकलाईपनि कौतुहलतामा पारेको रहेछ । त्यस्ता संसार चिनिएका बैज्ञानिकलाई पनि खासै थाह रहेनछ साँच्चै फुल पहिले हो कि कुखुरा भनेर। यो विषयमा वर्षौं वर्षदेखि वैज्ञानिकहरु खोजिमा जुटिरहेका रहेछन निरन्तररुपले। अहिले अनुसन्धानकर्मिहरुले कुखुरा भन्दा फुलनै पहिले हो भनेका छन। त्यसो भए फुल कहाँबाट आयो त ?

कुखुरा पहिले कि फुल भनेर पत्ता लगाउन दर्शनशास्त्री, पैदायसीगुण (जेनेटिक) शास्त्री र कुखुरापालकहरुको एक समुहले संयुक्तरुपमा कुखुरा भन्दा फुल पहिले हो भनेर दाबी गरेका छन। तर्क के छ भने पैदायसी गुण (जेनेटिक मेटरियल्स) हरु जिवजन्तुको जिवनकालमा परिवर्तन हुँदैनन। त्यसैले हामीले कुखुरा भनेर चिन्ने जुन चराको विकास भयो सायद परापूर्वकालमा त्यो चाहिँ फुलभित्र भ्रुणकारुपमा अस्तित्वमा रहेको हुनुपर्छ भन्ने तर्क उनीहरुको छ।

पैदायसी गुणको जैविक उन्नति र विकास (एभोलुस्नरी जेनेटिक) का विशेषज्ञ नोटिङगम विश्वविद्दालयका प्राध्यापक जिन बुकफिल्डका अनुसार चराहरु फुलबाट निस्कने बेलामा तिनले फुललाई ठुँगेर बाहिर निस्कन्छन। वा फुल भित्रको बचेराले आफ्नो ठुँडले आफैं ठुँगी फुल फोरेर बाहिर निस्कन्छन । त्यो क्रमबद्द तरिका हेर्दापनि फुल पहिले हो भन्ने स्पष्ठसँग देखिन्छ। फुल भित्र रहेको जिवित जिवतत्व (लिभिङ अर्गानिज्म) को अनुवंशिकी (डिएनए) र  विकास हुने कुखुराको अनुवंशिकी समान हुनुपर्छ। यहाँ भन्न खोजिएको के भने शुरुमा फेला परेको फुलको अनुवंशिकी र पछि कुखुराका रुपमा जुन विकास भयो त्यसको अनुवंशिकी समान हुनुपर्छ। त्यसैले उनको तर्क के भने पहिलो जिवित वस्तु त्यस्तो जातिको एक सदस्य थियो कि त्यो नै पहिलो फुल हुनुपर्छ।

बुकफिल्डसँगै सहमत अर्का ब्यक्तिपनि छन लण्डनको किङ्स कलेजका । डेभिड पापीनो नामका उनी फुल र दर्शनशास्त्रका विशेषज्ञ हुन। कुखुरा पालक चार्ल्स बुर्कपनि यहि तर्कसँग सहमत रहेछन। पापीनोको तर्क के छ भने पहिलो कुखुरा एउटा फुलबाट निस्कियो जसले के प्रमाणित गर्छ भने कुखुराका फुलहरु कुखुरा भन्दा पहिले थिए।

उनको बिचारमा मानिसहरुले के गल्ति गरेका थिए भने पूर्खाभन्दा फरक तरिकाले निस्किएको फुल फरक चराका जोडीको थियो। भन्न खोजिएको के भने पहिलो फुल अहिलेको कुखुराको फुल नभइ अन्य कुनै चराका जोडीबाट निस्किएको थियो भन्ने गलत तर्क गर्छन कतिपय मानिसहरु। बुर्क भन्छन-पहिलो पटक देखा परेको त्यो कुखुराको फुल नै थियो यदि त्यसबाट पछिपनि कुखुरा निस्किए भने । त्यसलाई प्रमाणित गर्न उनले अझ सजिलो तर्क अगाडि सारेका छन-यदि कंगारुले एउटा फुल पार्‍यो र त्यो फुलबाट सुतुरमुर्ग (अस्ट्रिज) कोरलियो भने त्यो निश्चितैरुपमा सुतुरमुर्गको फुल ठहरिन्छ, कंगारुको फुल ठहरिदैन।

कुखुरापालक बुर्न पनि कुखुरा भन्दा पहिले फुलनै थियो भन्ने तर्कको पक्षसँग सहमत छन। उनले भने “कुखुराहरु देखापर्नु धेरै अगाडिनै फुलहरु देखापरिसकेका थिए। ति फुल निश्चितैरुपमा आज हामीले देख्ने कुखुराका फुल जस्तै थिएनन होला, तर ति फुल नै थिए”।

तपाइँको प्रतिक्रिया