शुक्रबार, वैशाख ७, २०८१

पेलेको रेकर्ड तोड्ने दौडमा रोनाल्डो

नेपाल प्लस२०७७ साउन २७ गते २०:०१

फूटबल खेलको ईतिहासमा क्रिष्टियानो रोनाल्डो यस्ता खेलाडी हुन जो आफ्नो खेल कलाले मात्र होइन फिटनेसका कारण पनि दर्शक लोभ्याउने हैसियत राख्छन्। उनी ३५ बर्षका भए र सम्भवत अझै केही बर्ष विश्व फुटबललाई आफ्नो खुट्टामा नचाइरहने छन् । रोनाल्डोले फूटबल खेल्न शुरु गरेयता बिभिन रेकर्डहरु बनाउँदै र तोड्दै आएका छन् ।

यदि रोनाल्डोलाई उनको भाग्यले साथ दियो भने अबको बर्ष फूटबल ईतिहासकै महान खेलाडी पेलेको रेकर्डलाई तोड्ने छन् । पेलेले आफ्नो खेल जीवनमा ७ सय ६७ गोल गरेका थिए जुन फुटबल ईतिहासमै सबै भन्दा माथि हो । तर गत हप्ता भएको युरो च्याम्पियन लिग अन्तर्गत जुभेन्टुस र फ्रेन्च क्लब लिओनका बिचमा भएको खेलमा २ गोल गरेपछी रोनाल्डो अब पेले भन्दा मात्र ३० गोल पछी छन् ।

रोनाल्डोले अहिले सम्म ७ सय ३७ गोल गरी सकेका छन् । रोनाल्डोले भनेका छन- मलाई ति सबै महान खेलाडीहरु प्रति निकै सम्मान छ । उहाँहरुले बनाएका रेकर्ड तोडिदा दु:ख लाग्छ । तर पनि ति रेकर्डहरु तोड्नु पर्ने बाध्यता हुन्छ ।

त्यसो त पेलेले १३ सय ६३ म्याचहरु खेल्दा १२ सय ८६ गोल गरेका छन् । तर उनका ५ सय १९ गोल फ्रेन्ड्ली म्याचका थिए जुन अधिकारिक रुपमा गणना हुने छैनन् । यसको मतलब अबको दुई बर्ष मात्र रोनाल्डो मैदानमा रहे भने पेलेले बनाएको रेकर्ड पार गर्ने छन् । जब कि उनका पुराना प्रतिद्वन्दी लियोनेल मेसी ७ सय १७ गोलमा सिमित छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक