बिहीबार, असोज ८, २०७७

राजकुमार वीरेन्द्रले कुखुरा भुत्ल्याएको त्यो दिन

नेपाल प्लस२०७७ साउन २७ गते २२:२०

युवराज वीरेन्द्र त्यतिबेला बेलायतको इटन, लेजमा पढ्थे । उनका बाबुले त्यो बेला यहाूका एक फ्रान्सेलीलाई चिन्दा हेछन् । एरिग्वाँ नामक ती व्यक्तिको काम रहेछ महङ्गा सारीहरु बेच्ने । नेपालका राजपरिवारले पनि उनैको पसलबाट सारी किन्दोरहेछ । एरिग्वाँ राजदूत नभए पनि नेपालका राजा र राणा परिवारलाई पेरिसमा स्वागत गर्नेदेखि होटल मिलाउने, खानपिन र भ्रमणको चाँजोपाँजो मिलाउने सबै काम गर्दारहेछन् । उनी फ्रान्सेली राष्ट्रपति चार्ल्स द गोलका साथी थिए । चार्ल्ससूग राजा महेन्द्रको पनि सम्बन्ध थियो । महेन्द्रले गोललाई नेपालको पर्यटन विकासको सम्भाव्यता अध्ययन गरिदिन आग्रह गरेका रहेछन् । गोलले एरिग्वाँलाई अह्राएछन् । मेरा पति जर्ज लब्रेक एरिग्वाँका साथी थिए । त्यतिबेला मेरा लोग्ने पेरिसको पर्यटन विकास कार्यालयका निर्देशक थिए । एरिग्वाँले मेरो लोग्नेलाई के भनेर आश्वस्त पारे भने नेपालीहरुमाथि कुनै शंका गर्नुपर्दैन । नेपालीहरु असल छन् । त्यसपछि बूढा पर्यटन मन्त्रालयको सल्लाहकारमा नियुक्त भए ।

एकपटक वीरेन्द्रलाई फ्रान्सको ग्रामीण भेगका कृषकहरुको जीवनयापन र कृषिको तरिकाबारे देखाउन, तालिम गराउन मन लागेछ राजा महेन्द्रलाई । उनले त्यस्तो उपयुक्त ठाउँ कतै पाए हुन्थ्यो भनेर एरिग्वाँसँग भनेपछि एरिग्वाँले तुरुन्तै मेरो लोग्नेसूग सर्म्पर्क गरेछन् । लोग्नेले ‘पर्ख त्यसोभए । मलाई १५ मीनेटको समय देऊ । म फोन गरेर हेर्छु मेरो आफन्तलाई‘ भन्ने जवाफ दिए ।

त्यतिबेला मेरा एक देवरले पनि कृषि विषयमा अमेरिकामा पढेर फर्किएकाले अंग्रेजी राम्ररी बोल्थे । ससुराको पनि कृषि फार्म ठूलो थियो । देवरको कृषि फार्म नर्मन्दी क्षेत्रको पेर्से भन्ने ठाउँमा थियो । यसरी वीरेन्द्रलाई देवरको कृषि फार्ममा राख्ने कुरा तय भयो । युवराज हुन् भन्ने कुराचाहिँ गोप्य नै राखिएको थियो । हामी मुख्यबाहेक फार्मका अरुलाई त्यो कुरा थाहा थिएन । मोश भनिने अञ्चलअर्न्तर्गत प्रिफेक्चर पुलिसका हाकिमले वीरेन्द्रलाई लिएर आए, आपतकालीन बत्ती बालेर पाँ पाँ पुँ पुँ हर्न बजाउँदै पुलिसले वीरेन्द्रलाई छोडेर फर्कियो । उनले यहाँको कृषि तरिकाबारे चाख दिएर अनुभव सँगाले ।

एक दिन युवराजको खोजी गर्दै पुलिसको गाडी फेरि आयो । बत्तिँदै आएको गाडी देवरको घरमा आएर रोकियो । गाडीबाट ओर्लेर पुलिसले सोध्यो– ‘युवराज यहाँ छन् कि कहाँ छन् – देवरको घरको ढोका खोल्ने मानिसलाई आफ्नो घरमा बस्ने मानिस युवराज हुन् भन्ने थाहा थिएन । पुलिसले युवराज कहाू छन् भनेर सोध्दा त उनी अक्क न बक्क परे । ढोका खोल्नेले ‘यहाँ कोही युवराज छैन तर लब्रेकसूग एउटा नयाँ मानिसचाहिँ बसेको छ । त्यो मान्छेलाई

हेर्ने भए भित्र आउनुस्‘ भन्ने जवाफ दियो । उसले त्यसो भनेपछि पुलिस भित्र छिर्‍यो । युवराज वीरेन्द्र त्यतिबेला फारममा काम गर्ने अर्कै मानिससूग कुखुरा भुत्ल्याइरहेका थिए । पुलिस भित्र पसी वीरेन्द्रलाई ‘तपाईं युवराज हो -‘ भनेर सोध्दा त वीरेन्द्रसूग कुखुरा भुत्ल्याइरहेको मानिस ‘आबुई मैले युवराजसँग पो कुखुरा भुत्ल्याइरहेको रहेछु‘ भन्दै चिच्यायो । त्यसपछि सबले एक–अर्काको मुखमा हेराहेर गरे ।

त्यो बेला वीरेन्द्र करिब एक महिना हामीसँग बसे । उनले दैनिक जीवनका सबैजसो कुराहरुबारे छलफल गर्थे । साधारण र फरासिला थिए । उनी मेरो लोग्नेलाई आफ्नो देशमा धेरै कुरा गर्न बाँकी रहेको बताउँथे । एक महिना देवरको फार्ममा बस्दा उनी निकै खुशी भएका थिए । किनकि फार्म समुद्रको किनारमा थियो । किनारभन्दा माथि ढल्केको जमिन । पहिले हामी सबैको त्यहीं बसोबास थियो ।

वीरेन्द्र मेरा देउरानीहरुसूग पनि झयाम्मिएका थिए । एक दिन उनले मेरी नन्दलाई भनेछन्– ‘मलाई मध्यरातमा समुद्रमा नुहाउन मन लागेको छ । यसरी नुहाउने प्रचलनलाई यहाँ बाँ द मिनुई (मध्यरातको स्नान) भनिन्छ । युवराजको प्रस्ताव सुनेर नन्दचाहिँ चिन्तित भइछन् । डरले कामिछन् उनी । तैपनि युवराजको इच्छा पूरा गराइदिन उनले क्यालभादोस भन्ने समुन्द्रमा लगिदिइन् मध्यरातमा ।

अर्कोचोटि उनी पेरिस घुम्न आएका थिए । त्यतिबेला पनि उनलाई एरिग्वाँले स्वागत गरेका हुन् । यो उनी नर्मदीमा कृषि अध्ययन गर्नुपूर्वको भ्रमण हो । त्यतिबेलाचाहिँ उनलाई मेरो लोग्नेले बाहिरै भेटेका थिए । अर्कोपटक आउँदा मों सँ मिसेलस्थित हाम्रै घरमा बसेका हुन् । हामीसँगै खाना खाए ।  फ्रान्सेली भान्सामा काम नगरे पनि बनाएको चाहिँ खूबै चाख दिएर हेरे । नर्मदीको खाना मन पराए । गोरुको मासु उनले कहिल्यै पनि खाएनन् । मेरो लोग्नेले पहिले नै सम्झाएका थिए– दरबारका मानिसले यो खान्छ र त्यो खाूदैन भनेर । त्यसैले हाम्रो भान्सामा कुखुरा पाक्यो । राजा वीरेन्द्रसूगको सम्बन्ध सधैंभरि राम्रो रह्यो । मेरो लोग्नेले नेपालको पर्यटन विकास कसरी गर्ने, कुन–कुन ठाउँमा होटल आवश्यक छ, सडकहरु चाहिन्छ भनेर नेपाल सरकारलाई सुझाव दिएको, अध्ययन गरेकाले पनि होला हाम्रो सम्बन्ध उनीसूग सधैं ताजा रहेको ।

तपाईंका प्रधानमन्त्रीलाई एकपटक खाना खुवाउँदाको क्षणको झन् मलाई रोचक सम्झना छ । वर्षत बिर्सिएँ । तर, एकपटक तपाईंका प्रधानमन्त्री कीर्तिनिधी बिष्ट पेरिस भ्रमणमा आएका थिए । उनका साथमा अरु नेपाली पनि थिए । त्यो बेला यही घरमा मैले खाना बनाएँ । भात र कुखुराको परिकार । हामीले खाने तरिकाले काँटा, चम्चा र चक्कू वरिपरि राखिदिएँ । खाना पस्किदिएर शुरु गरौं भनें । तर, उनीहरुले त एक–अर्कामा मुखामुख गरिरहे । मैले के देखें भने उनलाई काँटा, चम्चाले खान गाह्रो भइरहेको थियो । चक्कूले कुखुरा काट्न पनि जानेनन् उनीहरुले । कुखुराको मासुसँग खाने सुप पनि तयार थियो । घरमा नोकरहरु नभएकाले म आफैंले खाना तयार पारेकी थिएँ ।

भन्न त मेरो लोग्नेले नेपालीहरुले हातले खान्छन् भनेका थिए । तर, प्रधानमन्त्रीहरु जस्ता व्यक्तिले त जान्लान् काँटा चम्चा चलाउन भन्ने ठानेकी थिएँ मैले । मैले लौ त्यसोभए हातैले खाऊँ भनेर काँटा, चम्चा झिकिदिएँ । काँटा, चम्चा झिकेपछि उनीहरु खुशी त भए तर अप्ठेरो मलाई पर्‍यो । मेरो त बानी थिएन हातले खाने । मैले तीन औंलाले बल्ल–बल्ल खाएँ उनीहरुसँगै । तर, वीरेन्द्रले भने सबै जानेका थिए । मानिससँग घुलमिल हुन रुचाउँथे । नम्र पनि थिए उनी । पछि राज्याभिषेकमा हामीलाई निम्ता गरे । मेरो नेपाल भ्रमणचाहिँ पहिलोपटक त्यहीबेला भएको हो । त्यतिबेला हामी आठ दिन काठमाडौंमा बस्यौं । बस्ने व्यवस्था हामीलाई फ्रान्सेली  दूतावासले मिलाएको थियो । राज्याभिषेक समारोह आठ दिनसम्म मनाइयो । ती आठ दिन खूबै रमाइलोसूग बिते । अन्य निम्तालूहरुसँगै । कति मनमोहक त्यो समारोह ! हात्तीहरु सजिएका । मानिसको लावालस्कर । समारोह आफैंमा उच्चकोटीको । मलाई त्यो कार्यक्रम देखेर अचम्म पनि लाग्यो ।

हामीलाई काठमाडौंको एउटा होटलमा राखिएको थियो । दरबारको गाडी आउँथ्यो हरेक दिन दरबारमा लैजान । त्यतिबेला म सम्झन्छु कि दरबारका रानी, मैयाँहरु गहनाले भरिभराउ थिए । झकिझकाउ थिए । अहो ! गहना पनि कति धेरै ! त्यहाँ त महङ्गा–महङ्गा गहना उपहार दिइने रहेछ । म त यात्रामा जाँदा महङ्गा सामान बोक्ने गर्दिन । त्यसैले महङ्गा सामान थिएनन् उपहार दिनका लागि । मैले ठ्याक्कै हीराजस्तो देखिने नक्कली गहना लगेकी थिएँ । रानीलाई त्यही गहना उपहार दिएँ । मेरो गहना एकदम राम्रो देखिएकाले रानीले त्यो नक्कली गहना थियो भनेर चिनिनन् पनि होला । मेरा लागि आर्श्चर्यको विषय भनेकै राजाको शुभराज्याभिषेकमा महिलाहरुले प्रयोग गरेको गहना हो । मैले बुझें कि सबैजसो महिलाहरुले गहना प्रदर्शन गरिरहेका छन् । तर, फ्रान्समा हामी त चाडबाड आयो भन्दैमा यसरी गहना  प्रदर्शन गर्दैनौं । तपाईंहरुको देश गरिब भए पनि महिलाहरुले यतिबिघ्न गहना कसरी चिनेको ? हुन त उनीहरु राणा र रजौटाहरु भएकाले होला । हुँदाहुँदा त समारोहमा आएका अरु विदेशी निम्तालू महिलाहरु पनि गहनाले ढाकिएका थिए । रानी र मैयाू साहेबहरुले हीरा र पन्नाको गहना लगाएका थिए ।

दरबार हत्याकाण्ड भएको खबर मैले निकै पछि थाहा पाएँ। यो घटनाबारे थाहा पाएपछि हामीले साथीहरुलाई सोध्यौं– वास्तविकता के हो भनेर । एकपटक उनकी दिदी हुन् कि बहिनी पेरिस घुम्न आउँदा मों सँ मिसेल घुम्न गएकी थिइन् । उनी पेरिस आएपछि नेपाली दूतावासले फोन गरेर मलाई मो सू मिसेल जानुपर्‍यो भन्यो । बिहान दश बजे हामी पेरिसबाट हिँड्यौं । जाडोको त्यो दिन न उज्यालो, न घाम लागेको । उनी सँ मिसेलबाट दोभिल भन्ने ठाउँमा पनि गइन् घुम्न । पेरिसबाट नजिक पर्ने समुद्र त्यही हो । मलाईचाहिँ घुम्न वाक्क लागेको थियो । दिउँसोको खाना खाएर पेरिस फर्किंदा म थकाइले चुर भइसकेकी थिएू । मैले त गाडी चलाउने ड्राइभरलाई पनि भनिसकेकी थिएँ– हेर, म तिमीहरुको यात्राबाट खुशी छैन भनेर । किनभने वीरेन्द्रको हत्याले हामीलाई सधैं स्तब्ध पाथ्र्यो ।

हुन पनि उनी कति दयालु थिए हाम्रा लागि भने– नयाँ वर्षर राष्ट्रिय पर्वहरुमा नबिर्सिकन कार्डहरु पठाउँथे । छोरीको विवाहमा समेत हामीलाई ‘आउन सकिन, माफ गर्नुहोला‘ भन्दै शुभकामना पठाए । हामीलाई नेपालका केही पर्वहरुमा नबिर्सिकन निमन्त्रणा गर्थे । विद्यार्थी छँदा नेपालमा धेरै गर्नु छ हामीले भन्थे । हाम्रा लागि उनी प्रिय थिए । त्यसैले मैले मों सँ मिसेलको घरमा अझै पनि वीरेन्द्रको सुत्ने कोठा उस्तै अवस्थामा राखिदिएकी छु । भूइमा रातो गलैंचा छ । उनैले प्रयोग गरेका तख्ता छन् । उनी बसेका कुर्चीहरु कोठामा उस्तै अवस्थामा छन् । उनी आएर परिवारजस्तै भएर बसेकाले म त्यसलाई बचाउँछु, आफू बाँचुञ्जेल । उनले ओछ्याएको ओछ्यान पनि मैले जस्ताको तस्तै राखिदिएकी छु ।

अँ, अर्को एकपटकको घटना पनि म सम्झन्छु । एकपटक राजा महेन्द्र कुनै कार्यक्रममा जाँदै थिए, उनीसूगै थिए युवराज वीरेन्द्र । सडकका दायाँ–बायाँ ठूलो संख्यामा नरनारीहरु राजाको जयजयकार गरिरहेका थिए । केही चाहिँ राजाको हातमा फूल दिन र कोही निहुरेर नमस्कार गर्न लाइन बसेका थिए । मेरो लोग्ने जर्जले पनि अरुले जस्तै निहुरी परेर नमस्कार गरे । बाबुको पछाडि हिँडिरहेका युवराज वीरेन्द्रचाहिँ जर्जले निहुरी परेर नमस्कार गरेको देखेर मरी–मरी हाँसे । मेरो लोग्नेलाई वीरेन्द्रले जर्ज भन्थे । जर्जले चाहिँ वीरेन्द्र भनेर बोलाउँथे ।

राजा भएपछि वीरेन्द्रले मेरो बूढोलाई त्रिशक्तिपट्ट पुरस्कार दिए । त्यस्तै शुभराज्याभिषेकमा नेपालमै निम्ता गरेर एउटा डेकोरेसन पनि दिए । हुन त हामीले ज्ञानेन्द्रलाई पनि राजा नहुँदैदेखि चिनेका थियौं । वीरेन्द्र कहिलेकाहीं कामले दरबारबाट बाहिर भएका बेला उनैले हामीलाई रिसिभ गर्थे तर राजा वीरेन्द्रको हत्यापछि हामीलाई नै ज्ञानेन्द्रसँग निकट हुन मन लागेन ।

तपाइँको प्रतिक्रिया