शुक्रबार, चैत १६, २०८०

जाँडरक्सी उध्योग बचाउन फ्रान्सेली सरकारको करोडौंको अनुदान

नेपाल प्लस२०७७ साउन २१ गते ११:०१

फ्रान्स यस्तो देश हो जहाँ जाँड रक्सी समाजको एक अभिन्न अंग हो । फ्रान्सेली संस्क्रितिको एक पाटो हो । फ्रान्सको दैनिक जिवन, चाडबाड, मेला र पर्व वाईन वा अन्य कुनै अवसर जाँडको कुनै न कुनै परिकारविना कल्पनापनि गर्न सकिन्न ।

फ्रान्स विश्वको अग्रणी माल्ट निर्यातकर्ता हो र युरोपमा अग्रणी हो ब्रुअरीमा । जनवरी २०२० मा सूचीबद्ध गरिए अनुसार फ्रान्समा २,००० ब्रुअरी कम्पनी छन् । तर यि सबैको आर्थिक अवस्था कोरोना भाईरस प्रकोपपछि चौपट छ । विशेष गरी, क्याफे-होटेल-रेस्टुरेन्टहरूको प्रशासनिक बन्दोबस्त कसरि गर्ने ? सरकारलाई मुस्किल परेको छ ।

पछिल्लो समयमा कोविड १९ महामारीले निम्त्याएको स्वास्थ्य संकटबाट प्रभावित फ्रान्सेली वाइन उद्योग राज्यको थप आर्थिक सहयोगबाट लाभान्वित हुनेछ । प्रधानमन्त्री जाँ कारटेक्सले बुधवार फ्रान्सेली वाईन बचाउन ठूलो आर्थिक सहयोगको घोषणा गरेका छन् । फ्रान्सेली वाईन उध्योग बचाउन उनले दुई करोड ५० लाख युरो सहयोगको घोषणा गरेका हुन् ।

“हामी यो कुरा सुनिश्चित गर्नेछौं कि यो आर्थिक सहयोग यथासम्भव चाँडो वितरण गर्न सकिन्छ” उनले भने । उनले कृषि र खाद्य मन्त्री जूलियन डेनोरमेन्डीसँग छलफल गरेर छिटै बितरण गर्ने बताएको फ्राँस २४ न्युजले उल्लेख गरेको छ ।

फ्रान्सेली सरकारले मे ११ मै वाईन उध्योगलाई पहिलो सहयोग घोषणा गरेको थियो । त्यसमा एक करोड ४० लाख युरो सहयोग दिने उल्लेख थियो । त्यसपछि मे महिनाको अन्त्यमा बढाएर फेरि तिन करोड युरो थपेको हो ।

युरोपेली युनियनबाट बेलायत बाहिरिने घोषणा गरेसँगै फ्रान्सको ब्यापार घटेको छ । यसपछिपनि अमेरिकासितको आर्थिक तनावले झनै आर्थिक मार खेपिरहेको छ र यसमा फ्रान्सको रक्सीजन्य उत्पादन सबैभन्दा बढि मारमा परेको बताइन्छ । कोरोना भाईरसको प्रकोपले फ्रान्सका अन्य क्षेत्रपनि आर्थिक रुपमा निकै प्रभावित छन् । घाटामा गैरहेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक