शुक्रबार, वैशाख १४, २०८१

सट्टा बजारमा बायर्न स्टार थियागो

नेपाल प्लस२०७७ साउन २८ गते ११:०९

यदि कोरोनाको महामरी नफैलिएको हुन्थ्यो भने यतिबेला स्टार खेलाडीहरुको बेचबिखनले बजार तातिएको हुन्थ्यो । कोरोनाका कारण धनी मानिएका क्लबहरुले समेत आफूहरु आर्थिक संकटबाट गुज्रीरहेको बताएका छन र खेलाडीहरुको न त बजार तातिएको छ न भाऊ बढेको छ । तथापी आगामी सिजनको लागि केहि खेलाडीहरु सट्टा बजारमा देखिएका छन । बायर्न म्युनिख मिड फिल्डर थियागो अल्कान्तारा आउँदो गर्मी याम (समर सिजन) का लागि सम्भवत: लिभरपुलबाट खेल्नेछन ।

थियागोले बिगत ७ बर्ष देखी बायर्न म्युनिखबाट बुन्डेस लिगा खेल्दै आएका थिए । बायर्न म्युनिखले भनेको छ- “उनले नयाँँ चुनौतिका लागि अहिलेलाई यो क्लब छोड्न खोजी रहेका छन” । तर अहिलेसम्म थीयागोका बारेमा कसैसँग पनि पूर्ण सम्झौता भइनसकेको बायर्नले जनएको छ ।

सट्टा बजारमा थियाको मुल्य ३० मिलियन युरो राखिएको छ । उता लिभरपुल भने थियागोका लागी ३० मिलियन युरो तिर्न इच्छुक देखिएको छैन । तथापी लिभरपुल बोस जुर्गेन क्लोप एक हप्ता अघि देखि थियागोको संपर्कमा छन । उनिहरुको बार्ता चलिरहेको छ । थियागो ७ बर्ष अघि बार्सिलोनाबाट २७ मिलियन युरोमा बायर्न मुनिख आएका थिए ।

तपाइँको प्रतिक्रिया