शुक्रबार, चैत १६, २०८०

विश्वभरि कोरोना खोपको दौड : रसियालाई विश्वास गर्नुको बिकल्प छँदै छैन

ऋषि बल्लभ२०७७ साउन २८ गते १४:००

 

 

रसियाले दुनियालाई टेर्दैन अनी दुनियाले रसियालाई टेर्ने बनाउन पनि सकेको छैन, दुनिया रसियालाई आफ्नो बाटोमा हिँडाउन प्रयासरत छ- छोडेको छैन । यो अहिलेदेखि चलेको होइन धेरै अघिदेखिको इगो छ- पश्चिमाहरुसँग । हलिउड नायक रोनाल्ड रेगन अमेरिकाका राष्ट्रपती नभएको भए विशाल रसियाको पतन सम्भवत: अलि पछि धकेलिने थियो र एशिया तथा पूर्वी युरोपका साना मुलुकहरुमा नाटो र अमेरिकि शैनिकहरुले गस्ती गरिरहेका हुने थिए । रसिया टुक्रियो र पश्चिमा शैनिकहरु पातलिए । तर पश्चिमी शक्ती र रसियन शक्ति बिचको प्रतिस्पर्धा पातलिएन- अझ बढ्यो । आणविक होड मत्थर भएसँगै इन्धनको बजारमा शक्ति राष्ट्रहरु एकोहोरिए जसले मध्यपूर्व तहसनहस बनायो, अछुत बनेका राष्ट्रहरु समेत यसैमा पिसिएका छन ।

कुनैबेला सम्पन्नताको स्वाद चाखिसकेको अफ्गानिस्तान जस्तो मुलुक रसिया र अमेरिकी होडमा पिसियो । इराक, सिरिया र यमन जस्ता मुलुकहरुमा आगो बलिरहेको छ- शक्ति राष्ट्रहरु त्यसमा घ्यु छर्किरहेका छन् । मध्यपूर्वको आगो कहिले निभ्छ यसै भन्न सकिन्न । तर पश्चिमा राष्ट्रहरु र रसियाले चहाने हो भने त्यो क्षेत्र फेरी जस्ताको त्यस्तै हुन्छ । कुरो तेलको बाँडफाँडमा मिलेको छैन । तेल प्राप्तिको होड चलिरहेकै बेला कोरोना होड शुरु भएको छ । जसले केहि बिकसित राष्ट्रहरुलाई अझ धनी बनाउने छ र साना मुलुकहरुले तिनको पंजाबाट कहिल्यै मुक्ती पाउने छैनन् । विश्वको आणवीक राजनीति र तेल राजनीति भन्दा कोरोना राजनीति अझ भयंकर छ । यसले के हुनेछ भने नेपाल जस्ता साना मुलुकहरुले तेलको लागि मात्र नभएर ओखतीको लागि अनन्तसम्म हात फैलाईरहनुपर्ने छ । साना राष्ट्रहरु कहिल्यै स्वतन्त्र हुन पाउने छैनन् र तिनिहरुले ठूला राष्ट्रहरुको अधिपत्य स्विकार्न बाध्य हुनुपर्ने छ ।

इराक, सिरिया र यमन जस्ता मुलुकहरुमा आगो बलिरहेको छ- शक्ति राष्ट्रहरु त्यसमा घ्यु छर्किरहेका छन् । मध्यपूर्वको आगो कहिले निभ्छ यसै भन्न सकिन्न । तर पश्चिमा राष्ट्रहरु र रसियाले चहाने हो भने त्यो क्षेत्र फेरी जस्ताको त्यस्तै हुन्छ । कुरो तेलको बाँडफाँडमा मिलेको छैन । तेल प्राप्तिको होड चलिरहेकै बेला कोरोना होड शुरु भएको छ । जसले केहि बिकसित राष्ट्रहरुलाई अझ धनी बनाउने छ र साना मुलुकहरुले तिनको पंजाबाट कहिल्यै मुक्ती पाउने छैनन् । विश्वको आणवीक राजनीति र तेल राजनीति भन्दा कोरोना राजनीति अझ भयंकर छ । यसले के हुनेछ भने नेपाल जस्ता साना मुलुकहरुले तेलको लागि मात्र नभएर ओखतीको लागि अनन्तसम्म हात फैलाईरहनुपर्ने छ । साना राष्ट्रहरु कहिल्यै स्वतन्त्र हुन पाउने छैनन् र तिनिहरुले ठूला राष्ट्रहरुको अधिपत्य स्विकार्न बाध्य हुनुपर्ने छ ।

तर मंगलबार बिहान रसियाबाट आएको खबरले साना राष्ट्रका लागि केही आशाको दियो बालेको छ । त्यहाँका राष्ट्रपती भ्लादिमिर पुटिनले कोरोना भाईरस बिरुद्धको खोप रसियाले अनुमोदन गरेको बताए । यो खोप अनुमोदन गर्ने रसिया पहिलो राष्ट्र भएको घोषणा सेमत गरे । पश्चिमा राष्ट्रहरुले यसको सूचना धेरै अघि पाइसकेका थिए । तर रसियन प्रोसेस रोक्न सक्ने पर्याप्त पहुँच उनिहरुसँग थिएन । पछिल्लो समय कोरोना भाईरस बिरुद्दको खोपमा अनुसन्धान गरिरहेको अक्स्फोर्ड विश्वबिद्दालयले आफ्ना सूचनाहरु रसियन ह्याकरहरुको हातमा पुगेको समाचार सार्वजनिक गर्‍यो, जुन नियोजीत जस्तो थियो । किनभने रुसले अनुमोदन गर्न लागेको खोपका बारेमा पश्चिमाहरु जानकार थिए र सकभर कोरोना बिरुद्धको खोप बनाउने राष्ट्रहरुको सूचिमा रुस पहिलो नम्बरमा नपरोस भन्ने चाहन्थे ।

तर अमेरिका, बेलायत, चीन लगायत मुलुकहरू खोपको परीक्षण प्रक्रियामा निकै अघि बढिसकेका बेला ति सबैलाई पछि पार्दै अपेक्षित तर अचानक आएको पुटिनको घोषणाले सबभन्दा बढि मर्का अमेरिका र बेलायतलाई पर्‍यो किनकी विश्वका धनी र माझौला राष्ट्रहरुले बेलायत र अमेरिकाका रिसर्च संथानहरुमा आफ्नो बजेटको महत्वपूर्ण हिस्सा लगानी गरेका छन् । यदी अल्पबिकसित तथा साना मुलुकहरुको बजारमा रसियन खोप पुग्यो भने बेलायत र अमेरिकामा थुपारिएको अरबौं डलरको लगानी के हुन्छ ? प्रश्न लगानी वा घाटाको मात्र होइन प्रश्न साखको हो- कोरोना बिरुद्धको खोप सँग यि देशको साख जोडिएको छ । तर मंगलबार बिहानका समाचार हेर्ने हो भने रसियाले अनुमोदन गरेको खोपको गुणस्तरका बारेमा बिभिन्न टिप्पणी गरिएको छ । परिक्षाणका चरणहरु पुरा नभएका कारण खोप सुरक्षित नभएको बताइएको छ ।

अहिले विश्व भरमा २ करोड ४ लाख १ हजार ४ सय ६८ जना ब्यक्तीमा कोरोना पुष्टी भएको छ । जसमध्ये ७ लाख ४१ हजार ९ सय ९८ जनाको मृत्‍यु भइसकेको छ भने १ करोड ३२ लाख ८६ हजार ५ सय ७३ जना कोरोना संक्रमित बिरामीहरु सन्चो भएर घर फर्केका छन । सन्चो हुनेमध्ये धेरैलाई मलेरियामा प्रयोग हुने औषधी प्रयोग गरिएको थियो जुन कुनै पनि कोणबाट सुरक्षित थिएन । सन्चो भएका कतिपय ब्यक्तिहरुले आफूहरुलाई अझै पनि श्वास प्रश्वासको समस्या रहेको बताएका छन । तथापी उनिहरुमा कोरोनाका कुनै पनि लक्षण रहेका छैनन् । बैज्ञानिकहरुले यो अवस्थालाई शाही समयमा गलत मेडिकेशन भनेका छन् । जसले रोगिको ज्यान बचायो तर साइड इफेक्ट हटाउन सकेन । यसले पश्चिमा राष्ट्रहरुको असफलता स्पष्ट पार्दछ ।

तर अमेरिकि मिडियाहरुले आफ्ना पाठक र दर्शक श्रोताहरुलाई के सोधेका छन भने- “के तपाईं रसियन चुनावमा विश्वाश गर्नुहुन्छ ? यदी रसियन चुनावमा विश्वाश गर्नु हुन्न भने भ्याक्सिन पनि त्यस्तै हो” ! यस अघि पुटिनले मन्त्रिपरिषद बैठकमा भने, ‘यो खोपले एकदमै राम्रोसँग काम गरेको छ । यसले रोगसँग लड्न प्रतिरोधात्मक क्षमता विकास गर्छ । म दोहोर्‍याएर भन्छु, यो खोपले सबै आवश्यक परिक्षणहरू पूरा गरेको छ ।

अहिलेको अवस्थामा नेपाल जस्त साना र गरिब मुलुकहरुले कमसेकम पश्चिमा मुलुकहरु जत्तीकै रसियालाई विश्वाश गर्नुको बिकल्प छैन । अब हामीले रसियालाई विश्वास गर्ने बानिको बिकास गर्नु पर्दछ । पुटिनको चित्र जुन हामीले हाम्रा नकारात्मक आँखामा छापेर हिंडेका छौ त्यो पनि पश्चिमाहरुकै देन हो । अब आँखा फेर्ने होइन, हेराइको कोण फेर्ने हो । यो महामारिले हामी जस्ता मुलुकलाई पश्चिमीहरुको दासत्वबाट मुक्त हुने अवसर दिएको छ । दस वटालाई सलाम ठोक्ने वा एउटालाई नमस्कार गर्ने- कुरो हाम्रो ।

तपाइँको प्रतिक्रिया

फेसबुक