शनिबार, वैशाख १५, २०८१

काठमाडौंमा हुन लागेको बिश्वकप छनौटका तिनवटै खेल स्थगित

नेपाल प्लस२०७७ साउन २८ गते १२:३८

एशियाली फूटबल महासंघ (एएफ़सी) ले कोरोना संक्रमण फैलिएको कारण काठमाडौंमा हुन लागिरहेको बिश्वकप छनौटका तीनवटा खेल स्थगित गरेको छ ।

२०२२ को बिश्वकप तथा एशियाली कपको यो खेलमा नेपालसँग ताइवान, अस्ट्रेलिया र जोर्डन खेल्दै थिए ।

महासंघको कार्यालयले २०२१ मा खेल हुने बताएपनि मिति भने तोकेको छैन । नियमित अभ्यास गरिरहेका नेपाली फूटबल खेलाडीहरु कोरोना परीक्षण गरेर खेल्न तयार भएका थिए ।

तपाइँको प्रतिक्रिया