शुक्रबार, वैशाख १४, २०८१

मास्कको खतरा : अक्सिजन कम गर्ने, कार्बनडाईअक्साईड बढाउने विज्ञको दाबी

नेपालप्लस न्युज डेस्क२०७७ साउन ३० गते १३:३१

कोरोना भाईरस हावामा हुनाले त्यसलाई रोक्न विश्वभरि मास्क लगाउन भनिएको छ । धेरै देशमा मास्कको प्रयोग बाध्यकारिनै बनाइएको छ । तर मास्कले कति बेफाइदा गर्छ भन्ने तर्फ न कसैको ध्यान गएको छ नत गहिरो बहसनै हुने गरेको छ । मास्क लगाउनेहरुलेनै भनिरहेका छन्, मास्क लगाउनुले उनीहरूको अक्सिजन खपत कम गरिरहेको छ । वा उनीहरूलाई आफूले फालेको कार्बन डाइअक्साइडनै सास फेर्न बाध्य पारेको छ । यसले उनीहरूलाई कमजोर महसुस गराएको छ । टाउको गह्रुंगो पारिरहेको छ । वा “दिक्क लाग्ने” महसुस गराएको छ । धेरै मानिस अहिले यो खतरनाक हो भनेर चिन्तित छन् । कम अक्सिजन र बढि कार्बन डाइअक्साइडले उनीहरूको स्वास्थ्यलाई असर गर्न सक्ने दाबि विशेषज्ञहरुकै छ ।

गत अप्रिल २३ मा न्यु जर्सीको लिंकन पार्कको एउटा पोलमा एउटा गाडि दुर्घटनाग्रस्त भयो । त्यस गाडीका ड्राइभरले वास्तवमा उसको गाडी ठोक्किनुको दोष आफ्नो मास्कलाई दियो । उसले पुलिसलाई आफूले लामो समयदेखि एन ९५ मास्क अलगाएकाले त्यसरि ठोक्किन पुगेको प्रहरीलाई बतायो । सुरुमा, अनुसन्धान अधिकारीहरूले उनलाई विश्वास गरे । उनले फेसबुक पोस्टमा लेखेका थिए कि कारमा उनी एक्लै थिए । “अपर्याप्त अक्सिजनको मात्रा र अत्यधिक कार्बन डाइअक्साइड लिएकोले गर्दा उकुसमुकुस भएर उनी बाहिर निस्किँदा गाडी पोलमा ठोक्किन पुगेको थियो ।

उनको पोष्ट २,७०० भन्दा बढिले सेयर गरेका थिए । त्यसमा सयौं प्रतिक्रिया थिए । ति मध्ये केहिले मास्कको कारण दु:खी, उकुसमुकुस महसुस गरेको आफ्नै अनुभवहरू साझेदारी गरेका थिए । पुलिस विभागलेपछि मास्कले गर्दा यस्तो हुनसक्ने सय प्रतिशत निस्चितता गर्न नसक्ने तर मास्कले उकुसमुकुस गराउन सक्ने, अक्सिजनको मात्रा घटाउन सक्ने र त्यसले दूर्घटनालाई योगदान पुर्‍याउन सक्ने बतायो । अक्सिजन कम र कार्बनडाईअक्साईड बढेपछि गाडी भित्रको मानिसलाई बाहिर जाउँ जाउँ लाग्ने बनाउन सक्ने स्वास्थ्यको कारण हुन सक्ने संभावना रहेको प्रहरीहरुले स्विकारे ।

त्यसैले मास्क लगाउनाले कसैले धेरै कार्बनडाईअक्साईड लिन सक्छ र अक्सिजनको मात्रा घटाउन सक्छ । यसो हुँदा कसैलाई टाउको दुख्ने, रिँगटा लाग्ने, दिमाख गह्रुंगो जस्तो हुनसक्छ । त्यस्ता ब्यक्तिलाई बाहिर निस्किउँ निस्किउँ लाग्न सक्छ । कार्बन डाइअक्साइड शरिरको श्वसन प्रक्रियाको एक प्राकृतिक उप-उत्पादन हो जुन हामी सबैले दिनहुँ सास फेर्छौं । मास्कले नाक र मुख छोपिएका बेला आफैंले फालेको कार्बनडाईअक्साईडलाई फेरि लिनु पक्कैपनि हानिकारक हो ।

अमेरिकाको नेसनल इस्टिच्युट अफ हेल्थ स्वास्थ्यको राष्ट्रीय संस्थानका अनुसार कार्बनडाईअक्साईडको मात्रा बढ्दा जिवननै जोखिममा पर्नपर्छ । कार्बनडाइअक्साइड विषाक्तता (हाइपरकप्निया) ले पनि टाउको दुख्ने, चक्कर लाग्ने, डबल भिजन वा एकै थरि चिजको दुई थरि द्रिष्य देखिने, ध्यान केन्द्रित गर्न असमर्थता हुने, टिनिटस (आवाज सुन्न सकिने, घण्टी जस्तो वा हुनहुनाएको जस्तो हुने, जुन बाहिरी स्रोतबाट आएको होइन), हावाको विस्थापनका कारण हावाको मात्रा घट्ने हुनसक्छ ।

मास्कले गर्दा अक्सिजनकै मात्रापनि घटाउन सक्छ । अनुसन्धानदाता डा क्यारोल भन्छन्, “धेरै वा धेरै छिटो स्वाश फेर्दा अक्सिजनको मात्रा घट्न सक्छ ।” किनभने यदि तपाईंले धेरै सास फेर्नुभयो भने तपाईं धेरै अक्सिजन भएरपनि स्वाश बन्द हुनसक्छ । तर मुख्य मुद्दा के हो भने अक्सिजनले रगतको पि एचलाई नियमित गर्दछ । धेरै अक्सिजन भएमा रगत धेरै अम्लीय हुन्छ । कार्बनडाईअक्सिजन र अक्सिजन धेरै हुने, थोरै हुने भएमा क्षारीय हुन्छ । जे होस्, तपाईंको शरीरले अंलिय मात्रामा भएको परिवर्तन पत्ता लगाउँछ । यस्तो बेला तपाईंलाई बाहिर निस्कन मन लाग्छ, उकुसमुकुस भएर ।

त्यसो त, सबै मास्कले समान खाले समस्या निम्त्याउँदैनन् । ति कसरि बनेका छन् भन्नेमापनि भरपर्छ । मास्कको बनावट गर्दा अक्सिजनको मात्रालाई कसरि छान्छ भन्नेमा पनि भरपर्छ । कुन पदार्थ वा वस्तुबाट बनेको हो भन्नेपनि निर्भर गर्छ । मस्क भित्रको वस्तु कति कस्स्सिएको छ भन्नेपनि महत्वपूर्ण हुन्छ ।

उसोभए न्यू जर्सी कार दुर्घटनामा भएको पुरुषको बारेमा के हुन्छ भन्ने जिज्ञासा लाग्न सक्छ । उसले एन ९५ मास्क लगाएको थियो । आखिर त्यो सामान्य र नियमित कपडाको मास्क मात्र थिएन ।

“लामो समयसम्म एन ९५ मास्क लगाएको छ भने कसैको रगत रसायनशास्त्रमा परिवर्तन हुनसक्छ जुन गम्भीर भएमा चेतनाको स्तरमा परिवर्तन आउन सक्छ भनी जोन्स हप्किन्स केन्द्रका वरिष्ठ विद्वान संक्रामक रोग विशेषज्ञ अमेश ए अदल्जा बताउँछन् । अमेरिकाको मेरील्याण्डस्थित स्वास्थ्य सुरक्षा निकायलेपनि त्यहि बताएको छ ।

मास्कले धेरैजसो पहिलेनै सास फेर्न कठिनाइ हुनसक्ने सम्भावना हुन्छ । जस्तै धूम्रपान गर्ने, मोटो व्यक्ति, स्वाश्प्रस्वास जस्ता रोग भएका ब्यक्तिहरुलाई ।

एयरफ्लो हेल्थकेयरका इन्टरनिस्ट र चिकित्सा सल्लाहकार एमडी, केल्ली रान्डेलले स्वास्थ्यका बारेमा बताएकि छन् – श्वास फेर्न अप्ठेरो भएकाहरु लगायत कुनैपनि अनुहारको मास्कको लामो प्रयोगले स्वस्थ व्यक्तिहरूमा कार्बन डाइअक्साइड विषाक्तता देखाएको छैन । तर मास्क लगाएर सास फेर्नु भनेको अलि गाह्रो हुन्छ । त्यसैले उनको सिफारिस छ कि गम्भीर सीओपीडी वा अन्य फोक्सोको रोगबाट ग्रस्त व्यक्तिहरूले सास फेर्न गाह्रो बनाएको अवस्थामा अनुहारको मास्कको प्रयोगलाई ध्यानपूर्वक विचार गर्नुपर्छ ।

अन्तिम बिकल्प के त ? मास्क लगाउँदा अनिवार्य ठाउँमा मात्रै लगाउने । एक्लै हुँदा र सुरक्षित स्थलमा नलगाउने । किनकि मास्कले अक्सिजनको मात्रा घटाउँछ र कार्बन डाई अक्साईडलाई बढाउँछ । मास्कबाट कत्तिको हावा छिर्छ भन्ने याद गर्नुपर्छ । श्वास लिन र फाल्न गाह्रो भयो, स्वाँस्वाँ बढायो भने त्यो मास्क उचित छैन । श्वास प्रस्वाश, दम लगायतका समस्या भएका ब्यक्तिले झनै ख्याल गर्नुपर्छ । आफूलाई उचित हुने खाले मास्क खोज्ने, चिकित्शकको सहयोग लिने गर्नुपर्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक