बिहीबार, वैशाख १३, २०८१

बार्सिलोनाका खेलाडीमा कोरोना : बायरनसँगको खेल प्रभावित नहुने

नेपाल प्लस२०७७ साउन २८ गते १४:३८

स्पेनको चर्चित क्लब बार्सिलोनाका खेलाडीमा कोरोना भाइरसको संक्रमण भेटिएकोछ ।  नौ जना खेलाडीमा गरिएको परीक्षणमा एकजनामा भाइरस पोजिटिभ देखिएको क्लबले बताएको हो । कुनै लक्षण नदेखिएका ति संक्रमित खेलाडी नियमित अभ्यासमा थिए ।

आउने शुक्रबार १४ अगस्तमा पोर्चुगलको राजधानी लिस्बनमा जर्मनीको क्लब बायरन म्यूनिखसँग च्याम्पियन लिगको क्वार्टर फाइनल खेल्ने तयारीलाई भने संक्रमणले कुनै असर गर्ने छैन ।

अत्यधिक सुरक्षाका साथ हुन गैरहेको खेलमा संक्रमित खेलाडीलाई लगिनेछैन । उनी घरमै आराम गरिरहेकाछन् ।

यस अघिपनि बार्सिलोनाका खेलाडी र प्रशिक्षक टिमका सदस्यमा कोरोना लागेको थियो । उनीहरु निको भैसकेकाछन् ।

तपाइँको प्रतिक्रिया