शनिबार, वैशाख १५, २०८१

कोरोना भाईरसबिरुद्दको खोप पुटिनद्वारा आफ्नै छोरीमा परिक्षण, सफल भएको दाबी

नेपाल प्लस२०७७ साउन २८ गते १५:१६

रसियाका राष्ट्रपती भ्लादिमीर पुटिनले कोरोना भाईरस बिरुद्धको पहिलो खोप प्रस्तुत गरेका छन् । स्पुत्निक भि नामको यो खोप सर्वप्रथम पुटिनकै छोरीमा परिक्षण गरिएको छ ।

मस्को स्थित राज्य अनुसन्धान केन्द्र गामलेआ इन्स्टिच्यूटले कोविड १९ खोपको विकास गरेको भ्लादिमीर पुटिनले मंगलबार घोषणा गरेका हुन् । खोप सार्वजनिक गर्नुअघि पुटिनकै छोरीमा परिक्षण गरिएपछि विश्वभर यसको चर्चा चुलिएको छ ।

यसलाई कोरोना भाईरसबिरुद्दको पहिलो खोपका रुपमा दाबि गरिएको छ । अगस्ट ११ अर्थात् हिजो मंगलवारनै यो खोपलाई स्विक्रिति प्रदान गरिएको हो । सन् १९५७ मा सोभियत संघले शुरू गरेको पहिलो कृत्रिम पृथ्वी उपग्रहको संदर्भमा “स्पुतनिक भि” नाम गरेको उत्पादनलाई नियामक स्वीकृति दिएको छ ।

गामेलिया संस्थान द्वारा विकसित र मस्को स्थित एक राज्य अनुसन्धान केन्द्र जो रक्षा मन्त्रालयको सहकार्यमा काम गर्दछ उसले भनेको छ “यो तेस्रो चरणको परिक्षण पार गरिसकेपछि सार्वजनिक गरिएको विषय हो । त्यो भनेको हजारौं सहभागीहरुलाई परीक्षणमा सहभागि गराउनुको परिणाम हो “।

“आज बिहान संसारमा पहिलो चोटि नयाँ कोरोना भाइरस विरुद्ध खोप रेकर्ड गरियो,” भ्लादिमीर पुट्नले भने “मलाई थाहा छ यो एकदम प्रभावकारी छ र यसले स्थायी प्रतिरोधात्मक क्षमता दिन्छ ।”

राष्ट्रपति पुटिनलेनै दाबि गरे कि उनकी छोरीलाई खोप लगाईएको थियो । “उनले प्रयोगमा भाग लिइन्” उनले भने “यो खोप लगाएपछि उनको थोरै तापक्रम बढेको थियो, त्यत्तिनै हो “।

“सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि हामी भविष्यमा यो खोपको प्रयोग र यसको प्रभावकारिताको बारेमा पनि बिना शर्त सुरक्षा सुनिश्चित गर्न सक्छौं” राष्ट्रपति पुटिनले फेरि भने “मलाई आशा छ हामी त्यो गर्न सक्छौं ।”

रूसी स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले हजारौं मानिस सम्मिलित क्लिनिकल परीक्षण जारी रहने बताएका छन् ।

रूसी समाचार एजेन्सीहरूले परामर्श गरेको स्वास्थ्य मन्त्रालयको नेसनल मेडिसिन रजिष्टर अनुसार यो खोप जनवरी १, २०२१ मा प्रसारित गरिनेछ ।

(रोयटर्स, ए एफपी, फँस न्युज २४ र नेपालप्लस, फोटो- रसियन डाईरक्ट इन्भेस्टएन्ट फण्ड)

तपाइँको प्रतिक्रिया