शनिबार, वैशाख १५, २०८१

फ्रान्स विश्वमै नांगा पर्यटक तान्ने पहिलो देश

पर्यटन

नेपाल प्लस२०७७ भदौ २३ गते ११:१७

photo- AFP / thelocal.fr

धेरैलाई थाह नहुनसक्छ, फ्रान्समा वर्षेनी नांगा पर्यटकहरुको आकर्षण बढ्दो छ । फ्रान्स विश्वकै नग्न छुट्टि मनाउनेहरुलाई आकर्षित गर्ने पहिलो देश हो । उनीहरु नग्न भन्दैनन् । बरु एक प्राकृतिक छुट्ट्टीमा रुचि राख्ने भन्छन् । तर नांगा हुन्छन् । फ्रान्स विश्वको अग्रणी न्यूडिस्ट (नांगा मान्छे) पर्यटन गन्तव्य हो । तिन करोड ५० लाख पेशागत मानिसहरु त्यसमापनि अझ चिकित्सा क्षेत्रका मानिसहरु हरेक वर्ष प्रकृतिमा जान चाहनेहरू हुन्छन् । तिनको लागि आरक्षित स्थानहरूमा यस्ता नांगा पर्यट्क स्थल बनाएको फ्रान्सेली नेचुरिस्ट फेडरेशनले जनाएको छ । वार्षिक तिन करोड ५० लाख पर्यटक यस्तै प्राक्रितिक पर्यटन अर्थात् नग्न पर्यटकिय भ्रमणका लागि आउँछन् । यो तथ्यांक फ्रान्स नेचरिस्ट फेडेरेसनले उल्लेख गएको हो ।

Cap d’Agde. Photo: AFP /thelocal.fr

ति मध्ये एक करोड ५० लाख पर्यटक त फ्रान्सेलीनै हुन्छन् । यतिले हरेक वर्ष नेरुरालिज्म अर्थात् नग्न पर्यटकिय भ्रमण गर्छन् । पछिल्लो समयमा नग्न पर्यटनकालागि फ्रान्स आउने बेलायतीहरुको संख्या हरेक वर्ष बढ्दो छ । केहि नयाँ प्रयोगका लागि फ्रान्सको नग्न पर्यटन नौलो हुन सक्छ । त्यति मात्रै होइन प्रक्रितिमा नांगै रमाउनुपनि एक नौलो अनुभव हुन सक्छ ।

Arnaoutchot Photo: Arnaoutchot’s website / thelocal.fr

फ्रान्सको यूरोनाट नेचुरिस्ट रिसोर्ट अटलान्टिक तटमा अवस्थित छ । ३३५ हेक्टर जमिन ओगटेको छ यसले । धुपी र सल्लाका जंगल ओगटेर । प्राकृतिक समुद्र तटमा यो नांगो रिसोर्ट बसेको छ । त्यो क्षेत्रकोपनि ग्रायँ ए ओपितालमा रहेको छ ।

Plage de Grottes Photo: AFP / thelocal.fr

फ्रान्सको दक्षिण पश्चिमस्थित गिरोन्डे विभागमा रहेको यो रिसोर्टमा नग्नता यस्तो छ कि यहाँको नग्नता समुद्रको पानी जस्तै स्वच्छन्द छ ।

रिसोर्ट आफैं एउटा सानो गाउँ जत्तिकै हो जहाँ प्राकृतिकता अपनाउनु जीवनको एक तरिका हो । आवासबाट पौंडी पोखरीहरूसम्म नांगै जान सकिन्छ । साइकल नांगै चलाएर गएपनि हुन्छ । केहि मानिस बसेर नांगै चेस खेलेपनि हुन्छ । वा चित्रकला बनाएपनि हुन्छ । कि त भाँडाकुँडा खेल खेल्ने वा मर्मत गरेपनि हुन्छ । यि सबै क्रियाकलाप नांगै गर्न पाइन्छ ।

photo- AFP / thelocal.fr

यो होटेल भएको ठाउँ एटलान्टिक महासागरको डेढ किमीमा फैलिएको छ । समुद्रि तटमा । युरोनाटका अनुसार नग्न रुपमा प्रक्रितिक मनोरन्जन लिनकालागि यो विश्वकै सर्वश्रेष्ठ स्थल हो । यहाँ मानसिक तनाव, मनोबैज्ञानिक सोच, धारणा र परम्परागत सोचलाई तिलान्जली दिएर पूर्णरुपमा मानिसको प्राक्रितिक तरिकाले आनन्द लिन पाइने रिसोर्टको दाबी छ । ‘सबै सामाजिक बन्धनहरुलाई भत्काएर स्वच्छन्द हुन यहाँ पाइन्छ’ रेसोर्टले आफ्नो वेब साईटमा उल्लेख गरेको छ ।

photo- AFP / thelocal.fr

बिदा मनाउन जानेलाई कुनैपनि वस्तुको खाँचो महसुस नहोस, लुगा लगाएर अन्यत्र आवस्यक वस्तु किन्न जान नपरोस् भनेर रिसोर्टले बार, रेस्टुरेन्ट, बेकरि, सुपरमार्केट र हजामको समेत यहिँ भित्रै ब्यवस्था गरेको छ । खेलकुद र शारिरिक ब्यायाम गर्नेकालागिपनि यहिँ ब्यवस्था छ । बास्केटबल यहिँ खेल्न पाइन्छ । ह्यान्डबल यहिँ छ । फ्रान्सको प्रसिद्द पेताङ खेल खेल्ने ब्यवस्थापनि छ । स्विमिङ पूल त झन भन्नै परेन । यो रिसोर्टले जेनी भन्ने अर्को रिसोर्टपनि एटलान्टिक समुद्रि तटमै खोलेको छ । यहाँ त झन रोमान्चक प्रदर्शनहरु हुन्छन् । वयस्क र केटाकेटीकालागि छुट्टाछुट्टै प्रदर्शनहरु गरिन्छन् ।

La Jenny. Photo La Jenny’s website / thelocal.fr

स्रिग्नाम भन्ने मेडिटेरानियन समुद्रि किनारको सेरिग्नानमा अर्को रिसोर्ट छ । यो दक्षिण फ्रान्सको हेरोल्ट डिपार्टमेन्टमा पर्छ । यहाँ त झन हाईड्रोलिक तरिकाले मालिस गर्ने सुबिधासमेत छ । थाई, आयुर्वेदिक र पानी भित्रको मालिस (अन्डर वाटर मसाज)को सुबिधापनि छ ।

केप दान्यिँय भन्ने ठाउँको नांगो रिसोर्टमा त झन नांगा क्रियाकलापहरु हुन्छन् । यहाँ पाकाहरुलाई बढि लक्षित गरिएको छ । यो गाउँका अधिकांशले नांगै क्रियाकपाल गर्छन् । पसलमा केहि सामान किन्न गएपनि नांगै हिँड्छन् । बैंकमा जाँदापनि नांगै हुन्छन् ।

क्याप नेट इन्टरनेशनलले अपार्टमेन्टहरू र प्राकृतिक गाँउका सात विभिन्न आवासहरूमा भाडामा भिल्ला प्रदान गर्दछ । मौसमको हिसाबले मूल्य परिवर्तन गर्छन् तिनले । त्यसैले एउटा स्टुडियो मे महिनामा एक रातमा लगभग २०० यूरो भाडा लाग्छ । तर अगष्ट महिनामा पर्यटकको चाप बढ्ने हुँदा एक रातमा ६०० युरोसम्म पर्न सक्छ ।

तपाइँको प्रतिक्रिया