बिहीबार, वैशाख १३, २०८१

स्विसहरुको गुनासो : अंकमाल गर्न र चुन्बन खान पाइएन

नेपालप्लस२०७७ भदौ २९ गते ८:१९

५३ % ले भने कि उनीहरूले आलिंगन र हात मिलाउने अवशर गुमाए । यो फोटोमा एक महिलाले ब्राजिलमा प्लास्टिकको पर्दा लगाएर आफ्नी हजुरआमालाई आलिंगन गरिरहेकि छन् । फोटो- किस्टोन / सेबास्तिआओ मोरेइरा

कोरोना भाईरसले विश्वका धेरै मानिसहरुमा एक थरि चिन्ता बढाएको छ- खाने कसरि ? लुगाफाटो पुर्‍याउने कुन स्रोतबाट ? खेति लगेर कहाँ बेच्ने ? अर्को साल के होला ? तर धनी, सभ्य, शिक्षित र सम्पन्नशाली मुलुकका केहि नागरिकहरु यहि कोरोना भाईरस संकटका बेला चुम्बन गर्न नपाएको । अंकमालको अभाव खट्किएको । किसको अभाव भो । सामाजिक दूरी बढेर धेरै नजिक हुन पाएनौं । यस्ता विषयमा बहस गरिरहेका छन् । रमाउने र दुखि बन्ने गरेका छन् ।

स्विस डेटिङ एजेन्सी पार्सिप डट सि एचले गरेको अध्ययन अनुसार ५३ प्रतिशत महिला र पुरुषहरुको कोरोना भाईरसका कारण सामाजिक दूरि कायम गर्दा हस्तमिलान (ह्याण्ड सेक) र अंकमाल (हग) गर्न नपाएको गुनासो छ । सर्वेक्षणका अनुसार किस खाने र नजिक गएर हाई हेल्लो गर्न नपाएको अभाव महसुस गरेका छन् । तर ३० वर्षे उमेर मुनिकामा यस्तो अभाव (मिस) भने २२ प्रतिशतमा देखिएको छ ।

स्विजरल्याण्डका झण्डै आधा नागरिक कोरोना भाईरसले बढाएको सामाजिक दूरीका कारण खुशिपनि देखिएका छन् । किनभने झण्डै आधा जनसंख्याले कोरोना संक्रमण अघि आवस्यकताभन्दा बढि दूरिमा नजिक्याएको र त्यसमा बेखुशि रहेको बताए । कोरोनाकाल अघि आफूले आनन्द लिनकालागि चाहिने दूरी धेरै साँघुरिएको उल्लेख गरेका छन् ।

सर्वेक्षणमा सहभागि मध्ये ४२ प्रतिशत महिला तथा पुरुषले दैनिक जिवनमा आन्दित बन्न सामाजिक निकटताको दूरी अलि बढ्नुपर्ने बताए । महिला र पुरुषगरि हरेक १० मा चार जनाले आवस्यकता भन्दा बढि निकटकता राख्नुपर्ने बाध्यता कोरोनाको संक्रमण अघि रहेको महसुस गरेका थिए ।

तर हरेक तिनमा दुई जना अहिलेको सरसफाई र स्वछता (हाइजिन रुल्स) को नियमले मानिसहरुबिच अप्राक्रितिक दूरि बढाएको महसुस गरेमा छन् ।

“दैनिक जीवनमा बढि सम्पर्क खोज्नु र अधिक सम्पर्क राख्नुबिचमा स्पष्ट भिन्नता छ । किनकि सामाजिक नियमहरूले यसलाई निर्दिष्ट गर्छ” पार्सिप डट सिएचका मनोवैज्ञानिक डानिया शिफ्टन भन्छन् ।

डिजिटल बजार र विचार अनुसन्धानकर्ता मार्केटएजेन्टले जून जुलाईको शुरूमा यस बारेमा अध्ययन गरेको थियो । यसले स्विजरल्याण्डमा जर्मन-र फ्रान्सेली भाषी गरेर १८ देखि ६९ वर्षका एक हजार आठ जनामा सर्बेक्षण गरेर यस्तो रिपोर्ट सार्वजनिक गरेको हो ।

तपाइँको प्रतिक्रिया