बिहीबार, चैत १५, २०८०

जहाँ आफ्नै पती, प्रेमी प्रेमिकालाई ‘आइ लव यू’ भन्न पाइन्छ, स्पर्श गर्न पाइन्न !

सुनिल शर्मा२०७७ भदौ २१ गते ७:०२

कतरिना र इभोले केहि समय अघिसम्म घ्वामलाङ्गै अँगालो हालेर चुम्बन गर्न पाउँथे । तर अहिले यो भन्दा नजिक जान पाउँन्नन् – फोटो रोल्याण्ड स्किमिट / स्विस इन्फो

स्विजरल्याण्डको आर्बोन निवासी जोसेफिन र जर्मनीको सिङ्गेन बस्ने जोसेफबिच बिवाह भएको ३३ वर्ष भयो । यस बिचमा दुई फरक देशमा बसेपनि उनीहरुको दाम्पत्य जिवनमा कुनै बाधा थिएन । यि दम्पत्ती आआफ्ना देशमा बस्थे । त्यतै आफ्नो काम गर्थे । पती पत्नीबिचको संवन्ध निरन्तर झाङ्गिएकै थियो । दुबै खुशि । दुइ देशमा बसेपनि कुनै भौगोलिक दूरीले आफ्नो संवन्धमा अलिकतिपनि अड्चन थपेको थिएन । थप्ला भन्ने सोचपनि यि दम्पत्तीमा कहिल्यै पलाएन । तर कोरोनाको संक्रमणले यिनमा यस्तो अवस्था उभ्याइदियो कि अहिले यि दम्पत्ती स्विजरल्याण्ड र जर्मनीको सिमामा भेट्न त सक्छन् । अर्थात् हेराहेर गर्न पाइन्छ । संवादपनि हुन्छ । तर पती पत्नीबिच न संवन्ध राख्न पाइन्छ । नत स्पर्शनै ।

स्विजरल्याण्डको आर्बोन निवासी जोसेफिन र जर्मनीको सिङ्गेन बस्ने जोसेफ (देब्रेतिरको जोडी) बिच बिवाह भएको ३३ वर्ष भयो । अहिले यि दम्पत्ती दुइ देशको सिमामा यसरि भेटघाट गर्न मात्रै सक्छन् । दाहिनेतिरका यौवायुवति गफ गर्न यस्सो शान्त कुनो खोजिरहेका छन् । फोटो- रोल्याण्ड स्किमिट / स्विस इन्फो

बिरोध गरौं कहाँ गर्ने ? सरकारसमक्ष जाउँ आफ्नो सिमामा बार लगाउने अधिकार दुबै देशलाई छ । छोडौं, माया लाग्छ । प्रेमले भगोलिक दूरि र छेकबार भन्दैन । अब कहिले भेट्न पाइन्छ ? त्यसको टुंगोपनि छैन ।

कोरोना भाईरसको संक्रमणपछि स्विजरल्याण्ड र जर्मनीले आफ्नो देशमा अलग अलग बार लगाइदिएपछि यि दपत्ती झैं प्रेममा तड्पिनेको लर्को लामै छ । तड्पिनेहरु दुईतिरका बारबाट संवाद गरिरहेका हुन्छन् ।

दूरी कायम गर्न कति मुस्किल परेको होला ! फोटो- रोल्याण्ड स्किमिट / स्विस इन्फो

स्विस शहर क्रेजुलिंगन र जर्मनीको छिमेकी कन्स्टेन्सलाई भौगोलिकरुपमा मात्रै बिभाजन गरेको छैन । कोरोना भाइरस महामारीले ल्याएको यो बिभाजनले प्रेमलाईपनि बिभाजित गरिदिएको छ । प्रेमी र प्रेमिकाहरुको मन भत्काइदिएको छ । यहाँ तगारो लगाउँदा त्यसले प्रेममा तगारो हालिदिएको छ ।

पहिले यि दुई शहरका महिला पुरुषबिच प्रेम हुन्थ्यो । दुई देशका प्रेमी प्रेमिका यहिँ आएर भेट्थे । दुबैतिरको देशमा रमाउँथे । कोरोना संक्रमणपछि दुई देशले लगाएका दुई वटा बारहरूले ति दुई देशबिचको सिमाना भाइरसको फैलावटलाई सुस्त बनाउन बन्द गरे । तिनीहरूलाई छुट्याईदियो ।

वसन्त यामका बेला यसरि छुटिनु झन पीडादायी हुन्छ ।फोटो- रोल्याण्ड स्किमिट / स्विस इन्फो

कोरोना अघि दुबै शहरका बासिन्दाहरू सामान्यतया अदृश्य रेखा मार्फत स्वतन्त्र रूपमा हिँड्थे जहाँ एक राष्ट्र समाप्त हुन्छ र अर्को सुरू भैहाल्छ । तर कोरोना भाईरस रोकथामका नियमहरुले त्यसपछिको समयमा सबै परिवर्तन भएको छ ।

जर्मन अधिकारीहरूले मार्चको मध्यतिर आफ्नो सिमा क्षेत्रमा पहिलो बार निर्माण गरे । स्विसहरुपनि के कम ? उनीहरुलेपनि केहि हप्तापछि दोस्रो बार लगाए । किनकि धेरै स्विसहरु यहाँ आएर जर्मनीतिर बियर पुर्‍याउन थाले । यहिँ आएर पिउन थाले । तास खेल्न जम्मा भए । कोरोना सुरक्षाका नियमहरुको अवहेलना गर्दै तारबाट चुम्बन गर्ने क्रम निरन्तर चलिराख्यो । सरकारि अधिकारिहरुलाई यो मन परेन । किनकि कोरोना संक्रमणकालमा यसो गर्नु निषेध थियो ।

क्रेजुलिंगन जर्मनी र स्विजरल्याण्ड ओहोरदोहोर गर्ने एक प्रमुख नाका हो । बोल्ने, गफ गर्ने र आफ्ना प्रेमी प्रेमिकाको पर्खाईमा यसैगरि बस्दै समय बित्छ अहिले ! फोटो- रोल्याण्ड स्किमिट / स्विस इन्फो

अहिले भने यहि बारनै दुई देशका मानिसहरु खासगरि प्रेमी प्रेमीकाको हेराहेर मात्रै गरेर पुरा गरिने प्रेमको भेटघाट स्थल बनेको छ । युरोपभरि जहाँ मन लाग्छ त्यहाँ निर्विवाद घुम्न पाउने उनीहरुकोलागि यो बार हालेको स्थल त्यो भ्रमण बिघटनको स्मारकमा बलिएको छ ।

स्विजरल्याण्डको बासेलका स्वतन्त्र फोटोग्राफर रोलान्ड स्मीडले उक्त क्षेत्रको भ्रमण गरे । उनले नयाँ शारीरिक सिमानाले टुक्रिएका परिवार, प्रेमी र साथीहरूको फोटो र भावनालाई सार्वजनिक गरिदिएका छन् ।

तिनीहरू तातो वसन्तको घाममा जाली हालेको बारले गर्दा छुट्टिएर, दबिएर बस्नु परेको देखिन्छन् । बारले दुईतिर परेपनि टाढैबाट चुम्बन दिन्छन् । हात फैलाएर अंकमाल गरेको देखाउँछन् । यहि संकेतमै यो समयमा उनीहरू आफ्नो सम्बन्धलाई निरन्तरता दिन खोजिरहेका छन् । यहाँबाट उनीहरुलाई “आइ लब यु” भन्न त उति टाढा छैन । तर महसुस गर्न, एक अर्कालाई स्पर्श गर्न भने निकै टाढा छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक