शुक्रबार, चैत १६, २०८०

फ्रान्सका आधा जनता कोरोना भाईरसको उच्च जोखिममा !

नेपाल प्लस२०७७ भदौ १६ गते २१:२२

फ्रान्समा तिन करोड जनता कोरोना भाईरस लाग्न सक्ने उच्च जोखिममा छन् । फ्रान्सको करिब साँढे सात करोड जनसंख्या मध्ये तिन करोड जनता उच्च जोखिममा रहेकाले ति खोपकालागि प्राथमिकतामा रहेको फ्रन्सको बैज्ञानिक परिषदले जनाएको छ । कोरोना भाईरस बिरुद्दको खोपकालागि सर्वप्रथम उच्च जोखिममा रहेकाहरुलाई प्राथमिकता दिनुपर्नेमा भन्दै परिषदले सरकारलाई सिफारिस गरेको हो ।

सरुवा रोग नियन्त्रण र रोकथामकालागि सरकारलाई सुझाव दिन बनेको यो परिषदले यो वर्षको अन्त्यसम्ममा कोरोना भाईरसको खोप निस्कने उल्लेख गरेको छ । तर उसले कुन देशले बनाउन लागेको त्यो खोप भन्ने चाहिँ उल्लेख गरेको छैन ।

परिषदले अमेरिका र बेलायतमा कोरोना भाईरस बिरुद्दका एक दर्जन परिक्षणहरु भैरहेको र यो मानव शरिरमा परिक्षणको तेस्रो चरणमा पुगेको उल्लेख गरेको छ । तर परिक्षण भैरहेका खोप मध्यम वा दिर्घकालिनरुपमा कति प्रभावकारि छन् भन्ने अज्ञात रहेको उल्लेख छ ।

वैज्ञानिक परिषदले राष्ट्रिय खोप रणनीति अन्तर्गत ६८ लाख मानिसहरू उनीहरूको रोजगारीका कारण बढ्दो जोखिममा रहेकोले यिनलाई तत्कालै खोप दिनुपर्ने उल्लेख गरेको छ । यो समूह भित्र १८ लाख अग्रिम तहमा बसेर काम गर्ने स्वास्थ्यकर्मी छन् । तिनलाई सबैभन्दा माथिल्लो तहको प्राथमिकतामा राख्नुपर्ने परिषदको रिपोर्टमा उल्लेख छ ।

त्यसबाहेक अन्य ५० लाख प्राथमिकतामा परेकाहरुमा बिरामीका सहयोगि, अस्पतालका हेल्पर, मासु कारखानाका कामदार, शिक्षक, ट्याक्सी लगायत सार्वजनिक यातायातका चालक छन् । त्यसबाहेक बाँकि २३ लाखलाई तिनको अन्य रोग, उमेर र शारिरिक कमजोरिका आधारमा जोखिममा राखिएको छ ।

रिपोर्टमा अन्य युरोपेली देशहरूसँग मिलेर फ्रान्सेली सरकारले खोपहरू आरक्षित गर्न सम्झौता गरिरहेको उल्लेख छ । तर कुन कुन देशसित संझौता गरिरहेको हो भन्ने चाहिँ उल्लेख छैन ।

यसैबिच फ्रान्सका राष्ट्रपती एमानुयल माख्रोंले आज बिहिवार राजधानी पेरिस शहरमा बाहिर निस्किनासाथ अर्थात् सार्वजनिक स्थलमा सबैले मास्क लगाउनुपर्ने बाध्यकारि भएको घोषणा गरेका छन् । पछिल्लो समयमा राजधानी पेरिस, कोत दाजुर, फँस गुयना लगायतका क्षेत्रमा कोरोना भाईरस संक्रमितहरुको संख्या तिब्र बढेपछि राष्ट्रपतीले यस्तो घोषणा गरेका हुन् । हाल केहि दिनदेखि पेरिस क्षेत्रमा मात्रै दिनको चार हजारको आसपासमा संक्रमितको संख्या पहिचान भैरहेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक