बुधबार, वैशाख १२, २०८१

कोरोनाका प्रतिबन्धहरु तोडेपछि युरोपेली कमिसनर र आयरल्याण्डका क्रिषीमन्त्रीद्वारा राजिनामा

नेपाल प्लस२०७७ भदौ १६ गते २२:५६

युरोपेली ट्रेड कमिश्नर फिल होगन र आयरल्याण्डका क्रिषीमन्त्री दारा क्यालेरीले कोरोना भाईरसका प्रतिबन्धित नियम तोडेकोमा राजिनामा दिएका छन् । होगनले आफ्नो देश आयरल्यान्डको यात्राको क्रममा कोविड १९ मा स्वास्थ्य नियम तोडेपछि राजीनामा गरेका हुन् । उनको अधिनमा राखिएको क्वारेन्टाइन तोड्दै उनले ८० जना मानिसहरु सम्मिलित डिनरमा भाग लिएका थिए । सोहि डिनरमा क्रिषी मन्त्री दारा क्यालरीपनि डिनर खान पुगेका थिए ।

त्यो डिनर एक प्रतिष्ठित गोल्फ क्लबद्वारा आयोजित थियो । उनको आचरणले आयरल्याण्डमा आक्रोश पैदा गरेको थियो । यो आक्रोशको सामना गर्न गाह्रो भएको थियो । किनकि त्यसको सर्वत्र आलोचना गरिएको थियो । त्यस लगत्तै कैसनरले राजिनामा दिएका हुन् । यस अघिनै क्रिषी मन्त्रीले राजिनामा दिएका थिए ।

आयरल्याण्डका प्रशासनिक अधिकारिहरुद्वारा ६ जना भन्दा बढि व्यक्तिको बैठकमा भाग लिन आयरल्याण्डका अधिकारीहरूले प्रतिबन्ध लगाएका थिए । कोरोना स्वास्थ्यका प्रतिबन्ध कडा पार्ने निर्णय भएको लगत्तै यो बेलुकाको खानामा ति सहभागि भएका थिए । आयरल्याण्डमा महामारिको कारण १८ सय जनाको मृत्यु भएको छ ।

ए एफपी न्युजका अनुसार उनको देशको राजनीतिमा फिल होगनको भारी वजन थियो । तर होगनको व्यवहारले जनमतको अभिमतलाई अति आक्रोशित बनायो । आयरल्याण्डका कृषि मन्त्री दारा क्यालेरीपनि सोहि डिनरमा सहभागि भएकाले उनलेपनि राजीनामा गरेका हुन् । सरकारलेनै भन्यो कि फिल होगनले सामूहिक रुपमा उपस्थित भएर स्वास्थ्य निर्देशन उल्लंघन गरेका थिए । सरकारि नियम अनुसार आयरल्याण्ड आइपुगेका अन्य यात्रुहरू जस्तै उनलेपनि चौध दिनसम्म आफ्नो आवातजावत, भेटघाटलाई स्थगित गर्नुपर्थ्यो ।

“भर्खरै आयरल्याण्डको मे महिनाको भ्रमणको विवादले मलाई युरोपियन कमिशनरको रूपमा मेरो कामबाट विचलित गरिरहेको छ भन्ने कुरा झन झनै स्पष्ट हुँदै गइरहेको छ र आगामी दिनहरुमा मेरो कामलाई यसले असर पार्ने छ भन्ने मैले महसुस गरें” आफ्नो राजिनामामा कमिस्नरले भनेका छन् ।

फिल होगनले पछिल्ला दिनहरूमा तीन पटक सार्वजनिक माफी मागिसकेका थिए जब कि उनले आफ्नो यात्राको क्रममा सबै नियमहरू पालना गरेका थिए । कोरोना टेस्ट गराउँदा उनमा नेगेटिभ देखिएको थियो । तर उनले दुई हप्ताको क्वारेन्टिनको उल्लंघन गरेकोमा आफूलाई बचाएका थिए । उनले जति बचाउ गरेपनि आयरल्याण्डमा आक्रोश रोक्न असफल भयो । अन्तत उनले राजिनामा गरेका हुन् ।

फिल होगनले युरोपेली आयोगमा प्रमुख पद ओगटेका थिए । उनको प्रस्थान सबैभन्दा नराम्रो समयमा आएको छ । यतिखेर यूरोपीय संघको संयुक्त राज्य अमेरिका र चीनसित कोभिड संक्रमणपछिको सम्बन्ध विशेष रूपमा तनावग्रस्त छ । यतिखेर उनको खाँचो रहेको फ्रान्सेली मेडियाले उल्लेख गरेका छन् ।

तपाइँको प्रतिक्रिया