शुक्रबार, वैशाख १४, २०८१

ढुकुरकै कारण फ्रान्सेली वातावरण मन्त्री आलोचित

नेपाल प्लस२०७७ भदौ १७ गते १०:००

फ्रान्सेली सरकारको वातावण मन्त्री बारबरा पोम्पिलीले एक मस्यौदा जारी गरिन् केहि समय अघि । त्यसमा यो वर्षको अन्त्यसम्ममा १८ हजार ढुकुर (युरोपियन टर्टल डभ) मार्न अनुमति दिइने उल्लेख छ । पोम्पिलीले जुलाईको शुरुमा मात्र यो पद लिएकि थिईन । तर बुधवार २२ जुलाईमा लोपोन्मुख जीवजन्तुको शिकारलाई अनुमति दिने निर्देशन इकोलोजी मन्त्रालयको वेबसाइटमा परामर्शका लागि राखियो । युरोपमा यो दूर्लभ चराको अस्तित्व संकटमा पार्ने भन्दै वातावरणबिद, वन्यजन्तु संरक्षकहरुले आलोचना शुरु गरे । युरोपेली यो टर्टल डभको मान्यतालाई संरक्षण गर्नुपर्ने स्थितिका वावजुद उनले १७ हजार चार सय ६० चराहरूलाई खेलका रुपमा “समात्न” अनुमति दिने उल्लेख छ ।

फ्रान्सको २४ न्युजका अनुसार सन् २०१५ मा आईयूसीएन रेड लिस्ट (दूर्लभ, खतराको सूचीमा परेकाको सूची राख्ने किताब) ले युरोपियन टर्टल डवलाई अप्ठ्यारोमा परिणत गरेको छ । यो चरा सन् १९८० देखि ७८ प्रतिशतले घटिरहेको छ । उनको यो निर्णयले पश्चिमी यूरोपमा यो प्रजातिलाई संकुचन गर्ने छ । फ्रान्स ढुकुरको लागि देशदेशावर चहार्ने महत्त्वपूर्ण प्रवास मार्ग हो ।

यो कोटा तय गर्न मन्त्रालयले विशेषज्ञहरूको समितिको सल्लाह लिएको थियो । विशेषज्ञको टोलीले ढुकुरको संख्याको स्थायित्वकोलागि अधिकतम सम्भावना अपनाउने छ । अस्थायी रूपमा कुनैपनि युरोपेली ढुकुरको वध नहोस् भनेर सिफारिसपनि गरेको छ । वा अनुमानित संख्याको आधालाई मार्ने अनुमति मन्त्रालयले दिएको छ । यति संख्यामा ढुकुर मार्दा प्रक्रिति संरक्षण वा यि ढुकुरको अस्तित्वमा कुनै असर नपर्ने मन्त्रालयले उल्लेख गरेको छ । त्यस अनुसार १८ हजार ढुकुर मार्ने अनुमति दिईएको हो । यसले ढुकुरको संरक्षणको मोडेलमा टिकाउ हुनेपनि जनाएको छ ।

पोम्पीले आफ्नो नयाँ पदभार ग्रहण गर्दा पहिलो भेटमा फ्रान्सेली नेशनल फेडरेशन अफ हन्टरका अध्यक्षसमेत सामेल थिए । फ्रान्सको राजनितिमा जिवजन्तु शिकार गर्नेहरु निकै शक्तिशाली मानिन्छन् । तिनको मतले राष्ट्रिय राजनितिमै प्रभाव पार्छ । हन्टर फेडेरेसनका अध्यक्षको प्रभावले वातावरण अन्त्री पोम्पिलीले यस्तो निर्णय गरेको भनेरपनि फ्रान्सेली मेडियाहरुले उल्लेख गरेका छन् ।

फ्रान्समा ढुकुर संख्या अत्यधिक हुँदा शहरमा सार्वजनिक मठ मन्दिरहरु फोहोर भएको, ढुकुर मार्न आउने चिल र वाजहरुले गाउँमा कुखुरा, बाख्राका पाठापाठी टिप्ने गरेको, खेतिको अत्यधिक विनास गर्ने गरेको भन्दै केहिले ढुकुरको संख्या घटाउनुपर्ने माग गर्दै आएका थिए ।

तपाइँको प्रतिक्रिया