मंगलबार, चैत ६, २०८०

आत्महत्या गरेका २५ वर्षिय नेपालीको शव अढाई महिनादेखि रोमानियाको अस्पतालमा

नेपालप्लस२०७७ भदौ १८ गते ९:१२

रोमानियाको राजधानी बुखारेस्टको सार्वजानिक पार्कमा झुण्डिएर आत्महत्या गरेका सिन्धुपाल्चोकका २५ वर्षीय युवकको लास अढाई महिनादेखि स्थानिय अस्पतालमा अलपत्र परेको छ । बुखारेस्टको आईओआर पार्कमा झुण्डिएको अवस्थामा भेटिएका ती युवक अरु २५ जना नेपालीसँगै जापानी खाना सुसी बनाउने काम गर्दथे । मृत्यु भएको प्रमाणित कागजात बनिसकेपछि पनि कोरोना संक्रमणको कारण लास फर्काउन चाहिने महँगो रकम, प्रशासनिक झमेला र विमान सेवा अवरुद्ध भएको कारण सम्बन्धित कम्पनीले दिनको २५ यूरोका दरले भाडा तिरेर उनको शव राखिरहेको छ ।

                रोमानियाको बुखारेस्टमा शव राखिएको अस्पताल

यसरी जम्मा भएको भाडा अहिलेसम्म झण्डै २६ सय युरो पुगिसकेको छ । रोमानियाबाट उनको शव नेपाल पुर्याउन अझै ५, ६ हजार युरो थप लाग्ने अनुमान छ, रोमानियाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको । आत्महत्या भएकोले विमा कम्पनीले उनको शव लैजाने भाडा बेहोर्दैन । दूर्घटना नभएर आत्महत्या भएकाले जिवन विमाबाट रका रकम पनि दिँदैन ।

प्रहरी अनुसन्धानपछि शव नेपाल लैजान दिइएको प्रमाण

घटना अनुसार उनी त्यहीँको जापानीज खाना (सुशी) बनाउने कम्पनीमा कार्यरत थिए । कोरोना संक्रमण फैलिएपछि केहि समयकालागि सो कम्पनी बन्द भयो । सरकार मार्फत् पाउने तलबको ७५ प्रतिशत बेतलबी मासिक भत्ता कम्पनीले दिइरहेकै थियो । सँगै काम गर्ने अरु २५ जना नेपाली सहित उनलाई पनि जुनको एक तारिखदेखि फेरि काममा बोलायो । काम सकेर दिउँसो तीन बजेतिर सँगै काम गर्ने अन्य साथीहरुससहित् उनी कामबाट कोठामा फर्किएका थिए । त्यहीँ लुगा फालेर साथीहरुलाई केही नभनी उनी बाहिर निस्किए ।

साँझसम्म कोठामा आउला आउला, कतै गएको होला । साथीहरुले यस्तै सोचेर बसे । तर राती १० बजेसम्मपनि नफर्केपछि उनीहरुले कम्पनीको मेनेजरलाई फोन गरेर खबर गरिदिए । प्रहरीले खोजी थाल्यो ।

भोलिपल्ट बिहान स्थानीय आइओआर पार्कको रुखमा एक ब्यक्ति झुण्डिएको अवस्थामा त्यहि पार्कका पालेले देखेर प्रहरीलाई खबर गरिदियो । प्रहरीको टोली घटनास्थप पुगेर हेर्दा झुण्डिएको अवस्थामा उनको लास भेटियो । मेडिकल टोली सहित पुलिसको टोली पुगेर जाँच गर्दा उनको खल्तीबाट परिचयपत्र भेटिएपछि उनको सबै हुलिया खुल्यो ।

आत्महत्या खुलाउने मेडिकल सर्टिफिकेट

लास सनाखत गर्न ४ जुनका दिन बिहानै नेशनल इन्स्टिच्यूट अफ लिगल मेडिसिनमा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेल पुगे । गएको १८ महिनादेखि कोठामा सँगै बस्दै आएका सहकर्मी साथीहरु र उनीसँग परिचित नेपालीहरु पनि सनाखतको लागि पुगे । नेपालबाट आवश्यक कागजपत्र सबै झिकाएर उनको पोष्टमार्टम भयो । पोस्टमार्टाले उनले आत्महत्या गरेको निर्क्यौल गर्‍यो ।

यो खबर सुनेर नेपालमा रहेका मृतकका परिवारले आत्महत्या भनेर पत्याएका थिएनन् । सनाखतको कागत, झुण्डिएको तस्विर, खल्तीका कागजपत्र, डाक्टरको पत्र सबै पठाएपछि परिवारले आत्महत्या भएको स्विकार्यो ।

शान्त स्वभावका उनमा मानसिक चिन्ता, तनाव वा आत्महत्या गर्ने खाले कुनै संकेत उनीसँगै काम गर्ने साथीहरुले नदेखेको पोखरेलले उल्लेख गरे । त्यसैले आत्महत्या किन गरे भन्ने जानकारि कसैलाइ भएन ।

परिवारबाट आवश्यक कागजपत्र आएपनि उनको शव नेपाल पठाउन विमानहरु नचलेको हुनाले समस्या भैरहेको छ । उनकै निम्ति सिंगो विमान भाडामा लिएर पठाउन ज्यादै महँगो पर्नाले संभव देखिन्न । सबैतिर प्रयास गर्दापनि सफल हुन नसकेकोले निकै तनाव भैरहेको, आवश्यक प्रकृयाहरु चलिरहेको र विमान सेवा शुरु हुनासाथ नेपाल पठाइने जानकारि वाणिज्यदूत पोखरेलले नेपालप्लसलाई दिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक