शुक्रबार, चैत १६, २०८०

विश्वका अधिकांश विमान कम्पनी टाट पल्टिँदै

नेपालप्लस२०७७ भदौ २० गते ९:५६

कोरोना भाईरसको कारणले विश्वका धेरै विमान कम्पनीहरु टाट पल्टिसकेका छन् । केहि टाट पल्टिने क्रममा छन् । अन्तर्राष्ट्रिय उड्ड्यन एसोसिएसनले यदि सरकार र विमान उत्पादन कम्पनीहरुले आर्थिक अन्य सहयोग नगरे विश्वका अधिकांश विमान कम्पनेहरु टाट पल्टिने चेतावनी गत मे महिनामै दिईसकेको हो । अमेरिकामा आभियान्का लगायत पाँच कम्पनी टाट पल्टिसकेको बिजनेस ईन्साईडर न्युजमा उल्लेख छ । वेलायतमापनि यस्ता धेरै कम्पनी टाट पल्टिने अवस्थामा पुगेका छन् ।

कोरोनाको संक्रमणले गर्दा शुरुबाटै सबैभन्दा प्रभाव परेको विमान कम्पनीहरुलाई हो । यात्रा रोकिनासाथ विमानहरु त्यत्तिकै थन्किएर बसेका छन् । जहाँ विमान पाकिङ गरेर राखिएको छ त्यहाँको भाडापनि निरन्तर तिरिरहनु परेको छ । यात्त्रु बोक्न नपाउने, पाकिङ गरेको भाडासमेत तिर्नुपर्ने हुँदा विमान कम्पनीहरुले धान्नै नसक्ने अवस्थामा पुगेका हुन् । तलब दिन नसकेर धेरै कम्पनीले कोरोना संक्रमण शुरु हुनासाथ धेरै कर्मचारी निकाला गरेका थिए ।

जनवरीको आखिरीमा भाइरसको खबर फैलिने बित्तिकै विश्वको बाँकी मुलुकबाट एसिया यात्राको माग घटेको थियो । विश्वभर यो रोकथाम अपनाउनु अघि नै एयरलाइन्सले चीन र एसियाका अन्य स्थानहरूमा ठूलो उडान कटौती गर्न थाले किनभने कोरोना भाइरस सम्बन्धी चिन्ताले यात्रुहरूलाई यस क्षेत्रको भ्रमण गर्नबाट रोक्यो ।

अमेरिका, अफ्रिका र युरोपसम्म भाइरस फैलिएपछि यात्रुहरूको माग विश्वभरि नै खस्कियो । मानिसहरू घरबाट कहिँ टाढा यात्रामा गएनन् । विशेष रूपमा मानिसले भविष्यको यात्राको लागि टिकट किन्न छोडे । बिक्रि भएपनि निकै कम हुन थाल्यो । किनिसकेकापनि रद्द भए ।

एयरलाइन्सको लागि नराम्रो अवस्था त्यो बेला आयो जब ब्रिटिश क्षेत्रीय एयरलाईन्स फ्लाइबेसित नगद पैसा नभएको घोषणा मार्चकै पहिलो हप्तामा गरियो । त्यतिखेरै बित्तिय कठिनाईमा भएको यो एयरलाईन्स कोरोनाको संकटपछि टाट पल्टिने अवस्थामा पुग्यो ।

विश्वभरिका देशहरूले आफ्नो सिमाना बन्द गराएपछि विमानहरु एक्कासि सबै ग्राउन्डेड भए । अहिलेपनि धेरै देशले अन्य देशका नागरिकलाई प्रतिबन्ध गरेका छन् । आफ्नै देशमापनि धेरै राज्यहरूबिच सिमा बन्द भएको छ । त्यसैले हवाई यात्रामा उल्लेखनीय गिरावट आएको छ । एयरलाइन्सहरु आफ्ना मार्ग स्थगित गर्न बाध्य भएका छन् । अलि अलि उडेका विमानमापनि यात्रु छैनन् । घाटा परिरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा विधेयकमा हस्ताक्षर गरिसकेका छन् विमान कम्पनीहरु जोगाउन भन्दै । जसमा एयरलाइन्सका कर्मचारीको तलब दिनकालागि भनेर २९ अरब छुट्याइएको छ । अनुदानका रुपमा । अर्को २९ अरब विमान कम्पनीको लागि छ । यो ऋणका रुपमा हो । तर धेरै जसो एयरलाइन्सहरु भत्किसकेका छन् । अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसिएसन (आई ए टी ए) का महानिर्देशक अलेक्जान्द्र डि जुनियाकले चेताउनी दिएका छन – अमेरिकालगायत विश्वका अन्य एयरलाइन्सहरुलाई ठूलो आर्थिक सहयोग नगरे ति बन्द हुन बाध्य हुने छन् ।

अन्तर्राष्ट्रिय उड्डयन एसोसियनका अनुसार कोरोना भाईरसकै कारण विमान कम्पनीहरुले मे महिना सम्ममै ३ खरब १४ अरबको क्षति ब्यहोरिसकेका छन् ।

एभिएसन कन्सल्टेन्सी कापा ( सि ए पि ए) ले त झन सरकार र विमान उत्पादक कम्पनीले सहयोग नगरेको खण्डमा मे महिनाको अन्त्यसम्ममा अधिकांश विमान कम्पनीहरु मे महिनाको अन्त्यसमा टाट पल्टिसक्ने उल्लेख गरेको थियो । अहिलेको अवस्था झनै बिग्रिसकेको छ । केहि कम्पनीहरु टाट पल्टिसकेपनि घोषणा गरिसकेका छैनन् ।

टाट पल्टेका वा उडान रोकेका केहि विमान कम्पनी यि हुन्

फ्लाईबे युके मार्च २०२०

ट्रान्स स्टेट एयर लाईन्स – मार्च २०२०

कम्पास एयर लाईन्स – २०२० अप्रिल २०२०

भिर्जिन अष्ट्रेलिय -अप्रिल २०२०

आभियान्का – मे २०२०

एग्ल आजुर एयर

एक्स एल एयरवेज

तपाइँको प्रतिक्रिया

फेसबुक