सोमबार, मंसिर १५, २०७७

लघुकथा : आदर्श र यथार्थ

धनराज गिरी२०७७ भदौ २१ गते ६:२१

“किन जो पनि कुरा भने ठूला ठूला गर्ने,काम भने ठीक विपरीत ?” जापान जान भनेर कस्सिएको “सायोनारा” रिमाल बोल्यो ।”मलाई पनि दिक्क लाग्छ यार । यी अगुवाहरूले हामी नयाँ पुस्तालाई भगुवा बनाएर छाड़ने भए “कतार जाने हतार मा रहेको ” मरहब्बा खान “बोल्यो ।” रहर हो र पलायन ? हामीलाई मायाँ छैन र आफ्नो माटोको ?

यस्तो अराज़क अवस्था भएपछि एकबारको जुनी तहसनहस बनाएर यो मरुभूमिमा किन बस्ने ? बरू पाताल पस्ने !”अमेरिकी भीसा लागेर ‘जेट’ को टिकट कुरेर बसेको “क्रिस “बोल्यो,जो हिजोसम्म “कृष्णप्रसाद अधिकारी “थियो ।

युवाहरू “लक डाउन “भए पनि साँझ रापतीको तिरमा जम्मा भए । सुख दुःखको कुरा गरे ।”यहाँ बसेर केही हुन्न !” सबैको निचोड़ । नजिक बसेर उनीहरूको कुरातिर ध्यान दिएर पदमपुर र चुरे अवलोकन गरिरहेका थिए एक पाका मान्छे । युवाहरूलाई पनि थाहा थियो “प्रोफ़ेसर आशुतोष आनन्द’ को ध्यान कता छ भन्ने कुरा ।

लामो बहस पछि युवाहरू “आदर्शवाद र याथार्थवाद “सम्म पुगे । युवाहरू पनि एम ए थिए । ज्ञान थियो । साहित्यमा पनि रूचि । आनन्द गुरुको साथ थियो ।

“गुरुदेव, हामीले बहस र छलफल जति गरेपनि निचोड़ निकाल्न सकेजस्तो लागेन …. उदाहरण सहित हामीलाई “आदर्श र यथार्थ “का बारेमा धारणा क्लियर बनाएर कृपा गर्नुपर्यो । हजुरको ज्ञान …………….” उही क्रिस …..तारीफ़माथि तारीफ़ ……….यो पनि एक राष्ट्रिय चरित्र, सामुन्नेमा ताली, परोक्षमा गाली …….

दुनियाँ बुझेको प्रोफ़ेसर मुसुक्क मुस्कानसहित युवाहरूको नजिक गयो र बोल्यो, “हामीले लगाएको कपड़ा ‘आदर्श ‘र हरेक मानिसको देह नामको भूगोल ‘यथार्थ ‘……..” लमक लमक लम्कियो आनन्द …..घाम पनि आराम गर्न “रातो “भएर अस्तालतिर …..

तपाइँको प्रतिक्रिया

फेसबुक