बिहीबार, वैशाख १३, २०८१

डेनमार्कमा घन्कियो पन्चेबाजा : सालको पात टपरी हुने … नहुने सल्लैको”

नेपाल प्लस२०७७ भदौ २१ गते ६:५१

डेनिश सरकारले कोरोना संक्रमणबाट बचाऊन सर्वसाधारणलाई १०० जना भन्दा बढिको भिड लाग्न बन्देज गरेको छ । सार्वजनिक यातायातमा मास्क अनिवार्य छ । बल्ल बल्ल आउने गर्मी याममा डेनिशहरु घरभित्र बाँधिएर बस्न के सक्थे र ! सेप्टेम्वरको महिना । कहिले घाम कहिले पानीको लुकामारी खेल्ने कोपनहेगनको मौसम । ५० औं स्टार्टअपहरुको व्यापार रहेको रेफेनमा मानिसहरुको भिड बिस्तारै बाक्लिँदै थियो। ‘एभरेस्ट नेपालीज स्ट्रिट फुड’ मा त्यतिकैपनि नेपाली मसलेदार खाना खान ग्राहकहरुको भिड लाग्ने ठाऊँ । “सालको पात टपरी हुने ………नहुने सल्लैको” पन्चेबाजाको लाईभ धुन अनि कम्मर मर्काई मर्काई नाचिरहेका नेपालीहरु । बिदेशीहरुको लागि नेपाली खानपान सहित अझ नेपाली परम्परागत बाजागाजाको नयाँ स्वाद । अझ भिड बाक्लिँदै गयो ।

एभरेस्ट नेपालीज स्ट्रिट फुडका सन्चालक बबी क्षेत्रीलाई १०० जना भन्दा बढिको भिड कसरी जम्मा हुन नदिने भन्ने एउटै चिन्ता थियो । बेला बेला नाँच्न आईपुग्थे त बेला बेला ‘१० मिनेटलाई बाजा बजाउन रोकौं’ भन्थे । त्यहाँ जम्मा
भएका मानिसहरु बाजागाजाका क्लिक्क क्लिक्क पार्थे । नेपालीसँगै कम्मर मर्काउँथे डेनिसहरु अनि तितर बितर हुन्थे । १० मिनेट पछि बाजा बजायो । फेरि उहि कम्मर मर्काई, उस्तै रमाईलो र नाच । यो पारा चलेको चल्यै भो ।

आजभोली डेनमार्कमा कतै नेपालीले मौलिकता झल्काउने कार्यक्रम गर्नुपरे पन्चेबाजा छुटाउन चाहँदैनन् । बर्षौंदेखिको अभ्यास पस्चात बाजा टोलीपनि खारिँदै गएको छ । निर्धक्कका साथ चर्चित नेपाली लोकभाकाका धुनहरुमा पन्चेबाजा बजाउन सक्छ ।

नेपालसँग चासो राख्ने बिदेशीदेखि नेपालीहरुको पनि बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रम आयोजनामा केहिले भने “कोरोनाको बेला नगरेको भए हुने “। पूर्वअनुमति लिनुपर्ने सबै ठाऊँमा अनुमति लिएर, रेफेन व्यवस्थापनसँग सल्लाह गरेर कार्यक्रम गरिएको कार्यक्रम आयोजक ववि क्षेत्रीले बताए ।

प्रवासमा नेपालीहरुको उपस्थिती भनेको भौतिक शरिरले मात्र हुँदैन । हाम्रो कला, संस्कृतिले गरिनुपर्छ भन्ने कुरामा बिश्वाश राख्ने हुनाले आफ्नो व्यक्तिगत खर्चमा कार्यक्रम गरिएको उनले स्पष्ठ पारे । रेफेन लगायत डेनमार्कका अन्य तिन ठाऊँमा ऊनले यस्तै प्रकृतीका व्यवसाय सन्चालनमा ल्याएका छन् ।

नेपाली कला संस्कृतीसँगै नेपाली खानालाई बिश्वसामु चिनाउने एभरेस्ट फुड फेस्टिबलको यो प्रयासलाई सलाम । ब्यस्त समयकाबिचपनि अथक मिहेनेत गरेर नेपाली वाजालाई नेपाल चिनउन महत्वपूर्ण साधनको रुपमा स्थापित गराएकोमा वाजा समूहका सवै वाद्यवादकहरुलाई पनि सलाम ।

तपाइँको प्रतिक्रिया