मंगलबार, मंसिर ९, २०७७

ग्रेटवालको ग्रेट अनुभूति

डा. रवीन्द्र समीर२०७७ भदौ २७ गते ९:२०

‘भोलि बिहान हामी ग्रेटवाल जाने कार्यक्रम छ । ब्रेकफास्ट गरेर ८ः०० बजे तयार हुनुहोला’ स्याडीको उर्दीले मेरो मन अत्यन्तै रोमाञ्चित भयो । ‘चन्द्रमाबाट पृथ्वीमा देखिने एउटै वस्तु ग्रेटवाल हो’ मिलीको गौरवपूर्ण अभिव्यक्तिले मेरो मनले भोलिको प्रतीक्षामा एक रातलाई एक वर्ष तुल्यायो । गत साल अगष्टको अन्तिम सप्ताह, होटल हे जिङ्ग फु बेइजिङबाट बिहान ७ः३० बजे ब्रेकफास्ट लिएपछि दिउँसोको खानाको प्याकिङ, पानीका बोतलहरू, बियरका क्यानहरू र क्यामरा बोकेर म हाम्रो लागि पर्खिरहेको बसमा पुगेँ । मलाई लाग्यो, आज म ठूलो समरमा हिँडिरहेको छु, विश्वका थुप्रै आश्चर्यहरूमध्येको ग्रेटवाललाई चुम्दै छु ।

‘करिब ३ घन्टाको तुफानी बसयात्रापछि हामी ग्रेटवालको आधार शिविरमा पुग्नेछौँ, त्यसपछि ३-४ घन्टाको उकालो चढ्नुपर्नेछ ।’ कार्यक्रम संयोजक रेन चाओ याङ्गको अभिव्यक्तिले मैले रेसुङ्गाको उकालो, स्वर्गद्वारीको उकालो, मनकामनाको उकालो, नागार्जुनको उकालोलगायत दर्जनौँ यात्राहरूको सम्झना गरेँ र बाल्यकालमा पढेको डा। तारानाथ शर्माको ‘घनघस्याको उकालो’ लाई सम्झिएँ । ‘रवीन, मलाई उकालो चढ्न साह्रै गाह्रो लाग्छ, कृपया साथ नछोड्नू है ! थाइल्याण्डकी अन्तरङ्ग मित्र सेनीले हिमालपुत्र हुनुको जिम्मेवारीबोध गराई ।

यात्रामा हामी विभिन्न देश, विभिन्न संस्कृति र विभिन्न अनुभवको रापले पाकेका साथीहरू थियौँ । मेरो ठट्टाका हास्यपात्रहरू, जे बोले पनि ठट्टा सम्झिने श्रीलङ्काका कालीसुन्दरीहरू भन्दै थिए – ‘रवीन, उकालो चढुञ्जेल जोक गरिरहनु है ।’ संस्कृति एवम् रहनसहनको सामीप्यले होला, मेरो जोकले श्रीलङ्काका साथीहरूलाई निकै मनोरञ्जन दिइरहेको थियो, बेइजिङ बसाईको अवधिमा ।

बेलारुसका प्राध्यापक सिभाकोभले रसियन गीत गाएर यात्रालाई तताउँदै थिए । फिलिपिन्सकी जेमा, युक्रेनकी ओल्गा र नतलिया, मङ्गोलियाकी जेना र वटेसी, इजिप्टका होडा र फामेद (जसलाई हामी जुँगेदाइ भन्थ्यौँ), सुडानका सादी, भेनेजुएलाका अलेन्द्रो (जसलाई हामी बूढोबच्चो भन्थ्यौँ), क्यामरुनका सैनिक पोसाकमा सजिएका गामिनी र अमिगो र फ्रान्सेली मेलेशले पालैपालो गीत गाए । बेइजिङकी ली र सिडीको अनुरोधमा मैले पनि एउटा नेपाली गीत गाएँ –
बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्
सधैँसधैँ यी हातले नेपाल लेख्न पाइयोस् ……

प्रचण्ड गर्मीमा पनि बातानुकूलित साधनले हाम्रो यात्रालाई सहज तुल्याएको थियो । सफा एवम् चौडा सडक, सडकको वरिपरि रङ्गीचङ्गी फूल फुलेका बगैँचाहरू, कलात्मक गगनचुम्बी भवनहरू, हेर्दै आनन्द आउने आकाशे नागबेली पुलहरू पार गर्दै हामी ६ वटा चक्रपथका पत्रहरू पार गरी ग्रेटवालको आधारशिविर पुग्यौँ ।

‘नि हाओ (नमस्ते) ! ग्रेटवाल क्याप, ग्रेटवाल भेस्ट, ग्रेटवाल हाते पङ्खा, ग्रेटवाल मूर्ति, ग्रेटवाल लकेट …’ चाइनिज व्यापारीहरूले हामीलाई घेरे । सामानहरू चित्ताकर्षक थिए, किनौँ–किनौँ लागिरहेको थियो । तर नाकै ठोक्किने उकालोमा शरीर त बढि भइरहेको थियो, कसरी सामान लैजाने ? नजिकैको क्याफेमा गई एक कप ‘स्नेक सुप’ अर्ठाट् सर्पको झोल खाएर हामी उकालो लाग्न थाल्यौँ ।

वरिपरि हरियालीको बिचमा सिँढीयुक्त उकालो जति चढ्यो अर्को उकालो चुनौती बनेर उभिन्थ्यो । फिलिपिन्सकी भीमकाय शरिरकी लिन्डा उकालो चढ्न नसकेर आधारशिविर फर्किइन् । पछि थाहा भयो – उनी केवलकार चढेर हामीभन्दा छिटो ग्रेटवाल पुगिसकिछिन् । उकालोमा हाम्रो शरीरका रोमकुपहरूबाट पसिना भेल बनेर बग्यो । पाइलाहरू गतिहीन भइरहेका थिए, स्याँ स्याँ र फ्वाँ र फ्वाँ गर्दै खुट्टा चालिरहृयौँ । यात्रामा जहाँ पायो त्यहीँ सुत्ने मेरो बानी त्यहाँ पनि लागू भयो ।

एक घन्टाको उकालो चढेपछि छेउको समथर हरियो गलैँचाजस्तो ठाउँमा म सुतेँ । सेनी, जिङमिङ, थाङ्ग चाओलगायतका साथीहरू पनि त्यही चौरमा बसेर मेरो जागरणको प्रतीक्षा गरिरहे । पाँच मिनेटमै फ्रेस भएर म उठेँ र सुरु भयो– पुनः यात्रा । सेनी थाकेकीले उसले मेरो पछाडिको बेल्ट समाएर हिँड्न थाली, जिङमिङले सेनीको बेल्ट समाई । यसरी लामो स्त्रीलिङ्गी पुच्छर जोडेर म पुलिङ्गी उकालो लागिरहेँ ।

‘रवीन, आइस टि पिउने ?’ सेनीको प्रस्तावले मेरो शरीरमा प्राण भरियो र त्यसपछि त यति फूर्ति आयो कि म नजिकैको रूखमा चढेँ र सेनीलाई फोटो खिच्न लगाएँ । साथीहरू पनि के कम थिए र ? पालैपालो रूखमा चढेर फोटो खिचे । यसरी हामी साथीहरूलाई भेट्दै, छाड्दै, साथै हिँडाउँदै ग्रेटवालमा पुग्यौँ ।

करिब ३० फिट चौडा र २५ फिट उचाई भएको ग्रेटवालको पर्खाल अभेद्य चट्टानले बनेको रहेछ । सिँढीयुक्त ग्रेटवालको करिब ५०० मिटरको प्रत्येक दूरीमा चारैतर्फ भयाल भएका ‘वाच टावर’ बनाइएका छन् । ती घरजस्ता ‘वाच टावर’ मा बसेर थकाइ मेट्दै पुनः यात्रा गर्दा प्रत्येक क्षण नौलो अनुभव हुन्थ्यो । ग्रेटवालको चुचुरोमा पुगेपछि मैले महसुस गरेँ – चढ्नुको अघिल्तिर शिखर स्वयम् ओह्रालिएको हुँदोरहेछ ।

ग्रेटवाल चुमेको उत्तेजनाले हाम्रो थकान हामीबाट अलग भइसकेको थियो । सबै साथीहरूका झोलाबाट क्यामराहरू बाहिर निस्किए र सुरु भयो– फोटो खिच्ने लहर ।

‘उफ् ! रवीन तिमी साह्रै खतरा छौँ ।’ जेमाले कानैखाने गरी चिच्याई । म ग्रेटवालको पर्खाल चढेर टुप्पोमा बसेर फोटो खिचाउँदै थिएँ । त्यो चढ्नुको उन्माद थियो, सन्तुलन बिग्रेमा कहालीलाग्दो भीरले पनि काँध थाप्नेवाला थिएन, न त रामराम नै भन्थ्यो । त्यसैबेला हाम्रो सहयोगी ली आइपुगी र कनिकुथी चिनियाँ लवजको अङ्ग्रेजी भाषामा ‘हाउ टु से’ दोहोर्‍याउँदै ग्रेटवलको इतिहास बताउन थाली ।

ईशापूर्व तेस्रो शताब्दीमा चीनको उत्तरी सीमाना सुरक्षित गर्न ग्रेटवालको निर्माण सुरु भयो । सि हुवाङ छी (२२१–२१० ई. पू.) चीनको प्रथम राजाले यो निर्माण कार्य सुरु गरेका थिए । पछि सोह्रौँ शताब्दीमा मिङ्ग डाइनेस्टीले चाङ्गचेङ्ग (लामो पर्खाल) बनाई मङ्गोलियालगायतका देशहरूको चुनौतीबाट बच्न २४०० कि.मी. लामो पर्खाल बनाए । मिङ्गको देहान्तपछि सिङ्ग डाइनेस्टीले पनि यो अभियानलाई अघि बढाए । उन्नाइसौँ शताब्दीमा यो पर्खाललाई ‘लामो पर्खाल’ भनिन्थ्यो । पछि पश्चिमी पर्यटकहरूले बिसौँ शताब्दिदेखि लामो पर्खाललाई ग्रेटवाल भन्न थाले । यो पर्खाल पूर्वमा वो हाइको खाडीदेखि पश्चिममा गान्सु प्रोभिएन्सम्म फैलिएको छ । ग्रेटवालमाथि सैनिकहरू परेड खेल्ने र बिचका ‘वाच टावर’ मा बस्ने गर्दथे ।

ईशापूर्व तेस्रो शताब्दीमा चीनको उत्तरी सीमाना सुरक्षित गर्न ग्रेटवालको निर्माण सुरु भयो । सि हुवाङ छी (२२१–२१० ई. पू.) चीनको प्रथम राजाले यो निर्माण कार्य सुरु गरेका थिए । पछि सोह्रौँ शताब्दीमा मिङ्ग डाइनेस्टीले चाङ्गचेङ्ग (लामो पर्खाल) बनाई मङ्गोलियालगायतका देशहरूको चुनौतीबाट बच्न २४०० कि.मी. लामो पर्खाल बनाए । मिङ्गको देहान्तपछि सिङ्ग डाइनेस्टीले पनि यो अभियानलाई अघि बढाए । उन्नाइसौँ शताब्दीमा यो पर्खाललाई ‘लामो पर्खाल’ भनिन्थ्यो । पछि पश्चिमी पर्यटकहरूले बिसौँ शताब्दिदेखि लामो पर्खाललाई ग्रेटवाल भन्न थाले । यो पर्खाल पूर्वमा वो हाइको खाडीदेखि पश्चिममा गान्सु प्रोभिएन्सम्म फैलिएको छ । ग्रेटवालमाथि सैनिकहरू परेड खेल्ने र बिचका ‘वाच टावर’ मा बस्ने गर्दथे ।

माओत्सेतुङ्गले सांस्कृतिक क्रान्ति सुरु गरेपछि परम्परागत संस्कृति एवम् संरचनालाई ध्वस्त बनाउने अभियानमा ग्रेटवालको धेरै भाग ध्वस्त भयो, बाँकी भाग रुग्ण अवस्थामा रहृयो । सांस्कृतिक क्रान्तिको राप र ताप सकिएपछि चीनमा राष्ट्रियताको लहर आयो र सन् १९९० देखि ग्रेटवालको पुनसंरचना सुरु भयो । भनिन्छ– ६ हजार कि.मी. भन्दा लामो र बज्रजस्तो बलियो ग्रेटवाल बनाउन लाखौँ चिनियाँहरूका विभिन्न पुस्ताले आजीवन रगत र पसिना बगाएर इतिहासको निर्माण गरेका थिए ।

ग्रेटवालको भव्यतामा त्यहाँबाट तल तथा वरिपरि देखिने मनमोहक पहाडी शृङ्खलाहरूले सुनमा सुगन्ध दिइरहेका थिए । ठूलाठूला पहाडका खोँचमा कलात्मक वस्तीहरू देख्दा कसलाई लोभ नलाग्ला र ? ‘नि हाओ (नमस्ते) ! कृपया हामीसँग फोटो खिच्नुहुन्छ ?’ एक हुल चिनियाँ षोडशीहरूले मलाई तानेर लगे । चीनको पाँचतारे रातो झन्डा बोकाएर पालैपालो उनीहरूले मसँग फोटो खिचे । कसैले अँगालो मारेर, कोही टाँसिएर, कोही मेरो काखमा बसेर, बेकार मलाई पसिना छुटाए र स्ये स्ये नि, चाइचेन् (धन्यवाद ! फेरि भेटौँला) भन्दै बिदा भए ।

‘लियाङ्कसेइङ्क (मेरो चाइनिज नाम) ! जापानी पर्यटकहरू तिमीसँग फोटो खिच्न चाहन्छन्–वाइ फेले अर्को प्रस्ताव ल्याई । ‘मइ क्वान् सि भनेर म तरबार समाएर ‘वाच टावर’ मा जापानीहरूको उष्णतामा बाँधिएँ । ‘लुविन ! लुविन ! (मोरीहरूले र लाई ल भन्दा रहेछन्) आऊ ग्रेटवाल वाइन खाऔँ’ – एक हुल फन्टुस केटीहरूले मलाई तानेर ग्रेटवालको छेउस्थित झाडीमा लगे । ‘ग्याम्बो ! (चियर्स)’ भन्दै वाइन सिनित्त पारियो । फेरि थपियो । थप्दै गइयो ग्रेटवाल वाइनको बोत्तल रित्तिने बेलासम्म ।

‘डुआङ्क ! (मेरो थाइ नाम) लञ्च गर्ने होइन ?’ – सेनीले तानेर लगी । वाइन नखाएको अभिनय गर्दा म आवश्यकता भन्दाबढि सतर्क भएछु । त्यही सतर्कताको कारण सेनीले हप्काई – ‘दिउँसै, त्यो पनि यस्तो ठाउँमा रक्सी खाने ?’ ‘त्यसो भए के खाने त ? लौ खुवाऊ ! जे खान पनि तयार छु ।’ मभित्रको वाइन बोल्यो ।

माओत्सेतुङ्गले सांस्कृतिक क्रान्ति सुरु गरेपछि परम्परागत संस्कृति एवम् संरचनालाई ध्वस्त बनाउने अभियानमा ग्रेटवालको धेरै भाग ध्वस्त भयो, बाँकी भाग रुग्ण अवस्थामा रहृयो । सांस्कृतिक क्रान्तिको राप र ताप सकिएपछि चीनमा राष्ट्रियताको लहर आयो र सन् १९९० देखि ग्रेटवालको पुनसंरचना सुरु भयो । भनिन्छ– ६ हजार कि.मी. भन्दा लामो र बज्रजस्तो बलियो ग्रेटवाल बनाउन लाखौँ चिनियाँहरूका विभिन्न पुस्ताले आजीवन रगत र पसिना बगाएर इतिहासको निर्माण गरेका थिए ।

दिउँसोको खाना खाएपछि हामीहरू पुनः ग्रेटवालमा हिँडिरहयौँ । साँझ पर्न थालेकोले मिस्टर रेनले फर्किने बेला भो भनेर उर्दी जारी गरे । वाच टावरमा उभिएर टाढा टाढासम्मको ग्रेटवालका रेखाहरू हेरिरहेको थिएँ, एउटी कोरियन फुच्चीले तानेर फोटो खिच्न उभ्याई । उनीहरू कोरियाबाट सुटिङका लागि आएका रहेछन् । फुच्ची कागती होली भनेको त भोगटे नायिका पो रहिछ । मेरो छातीमा टाउको जोडेर कम्मरलाई हातले बेरेर तथा मुसुक्क हाँसेर फोटो खिचाएरै छाडी ।

‘ग्रेटवालमा पनि सुतेरै छाड्यौँ !’ श्रीलङ्काका श्यामाहरू म घुरेको देखेर अचम्म माने । उनीहरूले काउकुती लगाएर उठाए । हामीहरू ग्रेटवालको यात्रा छोट्याउँदै बेइजिङ फर्कन थाल्यौँ । बाटोमा वाल्मिकीको तपस्या भङ्ग गर्ने खालकी युरोपियन वामलोचना ओल्गाले मलाई पर्खेर बसिरहेकी थिई । ‘रवीन ! ओह्रालो मलाई गाह्रो लाग्छ, साथ देऊ है ?’ ६ फुटकी अग्ली, सिनित्त परेकी, पारदर्शी एवम् छोटा कपडा लगाएकी ओल्गाले चिसो हातले मेरो घाँटी बेरी । अजिङ्गरको आहारा दैवले पुर्‍याउँछ भनेझैँ म पनि ग्रेटवालको ओह्रालो ओल्गाद्वारा बेरिएर झर्न थालेँ, आधार शिविरतर्फ स्खलित भएँ ।

आधार शिविरमा साथीहरू सामान किन्दै थिए । ‘नि हाओ ! ग्रेटवाल सर्टिफिकेट ?’ एउटा अपाङ्गले पित्तलको पत्तामा ग्रेटवाल चढेको सर्टिफिकेटमा नाम लेखाउन पिछा गर्‍यो । ‘तो साओ ? (कति पर्छ ?) उसले जवाफ दियो – सर्टी युआन (३० युआन) । उसलाई उछिन्दै अर्की थेप्ची आइपुगी र ‘ग्रेटवाल टि–सर्ट, फिटी युआन ?’ मैले दस युआन दिने बताएँ । घटाउँदै १५ युआनमा उसले ग्रेटवाल टि–सर्ट भिडाई । विचरा साथीहरूलाई अर्कै नेप्टीले ३० युआनमा त्यही टि–सर्ट भिडाएर टाप कसिछे ।

‘क्यामेल (ऊँट) चढेको दस युआन ?’ फुच्चेले मलाई तानेरै लग्यो । दुई जुरे ऊँटको पीठमा बसेर एकछिन् के घुमेको थिएँ, दस युआन सकिएछ । त्यसपछि थकित शरीरमा चिसो बियरको इन्धन भरेर हामी बस चढ्यौं ।

‘वाह १ स्याउको बगैँचा ?’ साथीहरूले चिच्याउँदै गाडीलाई रोके र हामीहरू स्याउको बगैँचातिर लाग्यौँ । सयौँ वर्ग कि.मी. क्षेत्रमा फैलिएको उक्त बगैँचा राता स्याउहरूले जिब्रोमात्र होइन मनै लोभ्याउने खालको थियो । निगालोको घारोको टुप्पामा स्याउ खस्ने जालिदार झोला बाँधेको एक, एक वटा लौरा हामीहरूले पायौँ । त्यसपछि बगैंचाभित्र पसेर स्याउ झार्दै कपाकप खान थाल्यौँ । केही साथीहरू भने खान बिर्सिएर फोटो खिच्नमै मस्त भए । फर्कने बेलामा साथीहरू स्याउ टोक्दै, हातमा, झोलामा स्याउहरू लिएर गेटमा आए । ती साथीहरूको होसहवास तब उड्यो जब एउटा स्याउको १० युआन तिर्नुपर्दोरहेछ । मैले त ४-५ वटा स्याउ चाखेर रित्तै फर्केको थिएँ, टण्टै साफ !

स्याउको बगैँचा घुमेपछि बसमा बसेर केही साथीहरूले गीत गाएर रमाइलो गरे । म भने स्याउजस्ता राता गाला भएकी मङ्गोलियन सुन्दरीको कोमल काँधमा टाउको राखेर मस्तले सुतेँ ।

तपाइँको प्रतिक्रिया

फेसबुक