शुक्रबार, वैशाख ७, २०८१

ठमेलको त्यो सेक्सी बेन्च

ईश्वर कँडेल२०७७ भदौ २२ गते १४:१८

राती ढिलोसम्म निदाउन नसकेकोले त्यो दिन बिहान सबेरै उठ्न सकेको थिईन म । बिहानको ७:३० बजिसकेको थियो। होटलको म बसेको कोठाको झ्यालमा सँधै झैं परेवाहरुको जोडिहरु प्रेमालापमा ब्यस्त थिए। हतार हतार नुवाई धुवाई गरि आफ्नो काममा निस्क्किएँ म । ठमेलको मुख्य बजार अझै निन्द्रामै थियो । फाट्टफुट्ट चाईनिज पर्यटकहरु देखिन्थेे ।

आफ्नै कामको बारेमा सोच्दै हिँडिरहेको बेला कसैले मलाई बोलाएझैं लागेर टक्क अडिएँ । दायाँ बायाँ हेरेँ । बाटोको छेवैमा रहेको काठको कलात्मक बेञ्चमा एउटा महिला म तिर हेरेर मुस्कुराउँदै थिई । मेरा आँखाहरु उनीभन्दा पनि उनी बसेको बेन्चतिर थिए । काठको सार्है पुरानो देखिने यस बेन्चका दुबै खुट्टाहरुमा टुक्रुक्क बसेको नग्न पुरुषको आकृति कलात्मक ढङ्गले कुँदिएको थियो । मि ? मैले सोधेँ महिलालाई । महिलाले भनिन्- यस यु । प्लिज कम एन्ड ह्याव अ सिट ।

म पनिकुनै धक नमानि नजिकै बसें । मेरा मनमा केहि कुराहरु खेल्न थाले । को होलि यो ? किन मलाई आफू छेउमै बस्न लगाई ?

महिला केक खाँदै थिई । उसले आफ्नो झोलाबाट अर्को केक निकालेर मलाई दिई र भनी- टेक ईट, प्लिज । दिस ब्राउन केक ईज गुड फर हेल्थ ।

मैले केक समातें । मैले बसमा यात्रा गर्दा बस भित्र पढेको एक लाईन याद आयो- अपरिचित ब्यक्तिले दिएको कुनै पनि खाने चिज नखानुहोला । धन्यवाद भनें । अलिकति चुँडेर खाएँ । मलाई तत्कालै केही असजिलो महसुस भएझैं भयो । टाउको दुख्ला जस्तो, पेट बटारिएर आए जस्तो । रिङ्टा लागे जस्तो हुन थाल्यो । मलाई त्यस महिला प्रति नराम्रो शंका लाग्न शुरुभयो । तर मैले केही भन्न सकिन । मैले महिला तिर हेर्दे भनें- आई एम नट फिलिङ हङ्ग्रि नाउ । क्यान आई टेक ईट लेटर ? महिलाले पनि हसिलो मुहार देखाउँदै टाउको हल्लाएर हुन्छ भन्ने सङ्केत दिई। मैले केक आफ्नो ब्यागमा राखें । लगत्तै आराम अनुभव गर्न थालिसकेको थिएँ । महिलाले सेतो मार्बोरो चुरोट म तिर लम्काउँदै सोधि- डु यु स्मोक ? मैले भनें, थ्याङ्क्स, बट आई टेक रेड ।

महिलाले चुरोटको बट्टा हातमै समाउँदै भनिन्- लेट्स हेब कफि टुगेदर । आफू काममा ढिलो हुन्छु कि भन्ने पिरले म घडिमा समय हेर्दै पनि थिएँ । म सँग अझै आधि घण्टा समय बाँकि थियो । बल्ल साँढे आठ बजेको थियो । कफि मेरो पनि प्रिय ड्रिङ्क भएकोले नाई भन्न सकिन । हामी दुबै बेञ्च नजिकैको कफि सपमा गयौं । मैले दुबैका लागि कफि अर्डर गरें । कफि लिएर हामी फेरि बेञ्चमै फर्क्यौं । मैले एक बट्टा सुर्य रेड किनें । चुरोट सल्कायौं हामीले र कफिको पहिलो स्ट्रङ्ग अरोमाटिक तातो घुट्को लिँदै उसलाई सोधें- ह्वेर आर यु फ्रम ? उनले भनिन् – वि बथ आर फ्रम दि ईष्ट । मैले फेरि प्रश्न गरें- योर गुड नेम ? उसले भनी- वाना । मैले पनि मेरो नाम बताएँ ।

हामी कफि पिईरहँदा एउटा बिदेशिले हामिलाई नजिकै कतै लञ्च पाईने स्थानको बारेमा जान्न चाहेको बतायो । मैले नजिकैको मगरदाईको होटलमा नान, रोटी, दाल भात, तरकारिका परिकार खान पाईन्छ भनें । वानाले उसलाई उसको देशको नाम सोधी । उसले गर्वसाथ भन्यो- अस्ट्रेलिया । वाना म तिर हेर्दै हाँसि र भनी- डिड यु नोटिस हाउ हि सेड हिज कन्ट्रिज नेम ? मैले भनें- खै, मैले खासै ध्यान दिईन उसको कुरालाई । वाना ले भनी- उसको बोलिमा युरोपियन हुनुको ईगो थियो । मैले अझैं कुरा बुझेको थिईन ।

मेरो कामको समय भएकोले म छुट्टिन चाहें वाना सँग । तर उसले मलाई सोधी- क्यान आई गो विथ यु ? मैले एकपटक पनि नसोचि हुन्छ भनिदिएँ । उ मेरो पछि लाग्न थाली । कफिसपमा पसेर मैले कफिको पैसा तिरें । हिँड्दै जाँदा केशर महलको गेट अगाडि मैले उसको देशको नाम फेरि सोधें । उसले भनी – रोमानिया ।

मैले फेरि सोधें- वट् आर यु बाई प्रोफेशन ? उसले आफू आँखाको डक्टर भएको कुरा बताई । बल्ल बुझें, वानाले त्यस अस्ट्रेलियनमा किन युरोपियन ईगो देखिन भन्ने कुरा । रोमानिया युरोपको छिमेकि भएर र साथै चाहेर पनि युरोपियन हुन पाएको छैन आज सम्म । त्यो अस्ट्रेलियनको ईगो नभएर वानाकै हिनताबोध रहेछ ।

सामान्य जस्तो लाग्ने क्याजुवल ड्रेस, आँखामा पावर चश्मा, मझौंला कद, एजियन आउटलुक, कालो आँखा, कालै ब्वाईज कट कपाल, एउटा काँधमा झुण्डाएर हिँड्न मिल्ने सुतिको झोला, खुट्टामा चप्पल लगाएकि वाना नेपाली जस्तै देखिन्थिन् । कम बोल्ने, प्राय मौन रहन मन पराउने वाना योगि रहेको र बाल्यकाल देखिनै योग लगातार गरिरहेकि रहिछिन् । करिब डेड घण्टामा मेरो ट्रेनिङको पहिलो सत्र समाप्त भयो । मैले वाना लाई कफि पिउन अनुरोध गरें । उनले भनिन्- आई विल बि वेटिङ् यु अन द सेम बेञ्च । सि यु ईन दि ईभनिङ ।

मेरो मनमा थुप्रै थुप्रै कुराहरु ताण्डब गर्न थालेका थिए । मेरो को-ट्रेनर को सेसन चल्दै थियो । म गुगलमा रोमानिया एण्ड रोमानियन पिपल खोज्न थालें । रोमानियाका बारेमा राम्रा नराम्रा धेरै कुराहरु पढें । रोमानिया युरोप सँगै जोडिएको मुलुक भएर पनि युरोपमा आबद्ध हुन नपाएको मुलुक रहेछ । रोमानियनहरु छिट्टै कसैसँग साथि बनिहाल्ने र त्यहि साथिलाई लुट्न सक्ने भनेर लेखिएको पाएँ गुगल सर्चमा । रोमानिया घुम्नको लागि त्यति धेरै सुरक्षित मुलुक नभएको र आफ्नो सामानहरु चोरि हुनसक्ने अनि आफू ठगिने सम्भावना ज्यादा भएको तर रोमानियन गर्लफ्रेण्डस आर भेरि गुड एट बेड भनेर लेखिएको थियो त्यस पेजमा । अन्तिम बाक्यले मलाई वाना सँग साँझमा भेट्न उत्सुक गरायो । म तालिम सकेर साँझमा वानालाई भेट्ने निर्णय गरें ।

रोमानिया घुम्नको लागि त्यति धेरै सुरक्षित मुलुक नभएको र आफ्नो सामानहरु चोरि हुनसक्ने अनि आफू ठगिने सम्भावना ज्यादा भएको तर रोमानियन गर्लफ्रेण्डस आर भेरि गुड एट बेड भनेर लेखिएको थियो त्यस पेजमा । अन्तिम बाक्यले मलाई वाना सँग साँझमा भेट्न उत्सुक गरायो । म तालिम सकेर साँझमा वानालाई भेट्ने निर्णय गरें ।

साँझ ५ बजे तालिम सकेर म सरासर त्यहि बेञ्च नजिक पुगें । वाना मलाई कुरेर बसिरहेकि रहिछन् । उनी मलाई देख्नासाथ उठिन र मलाई सोधिन- क्यान यु हेल्प मि टु फाईण्ड दि ए टि एम ? आई निड सम मनि । मलाई लाग्यो वाना पक्कै खराब नियत बोकेर मसँग नजिक हुन खोजेकि महिला होईनन् । हामी सँगै नर्सिङ चोक तर्फ गयौं र बाटोको दायाँ साईडमा रहेको ए टि एम बाट उनले मोटो रकम निकालिन् । हामी हिँड्दै नर्सिङ चोक पुग्यौं । फेरि त्यहाँबाट सञ्चयकोष भवन तिरै फर्कियौं । उनले भनिन्- आई वान्ट टु ड्रिङ्क बियर विथ यु, ईफ यु डण्ट माईन्ड । मैले हुन्छ भनें । हामी दुबै नजिकैको “गाया” रेस्टुराँ मा पस्यौं । मलाइ त्यस रेस्टुरेन्टको नामकै नशा लाग्छ । गाया मेरो प्रिय शब्द पनि हो ।

हामीले गोर्खा बियर २ बोत्तल मगायौं । मैले बोत्तल बाटै सिधा पिउन थालें । वाना बियर ग्लासमा पिउँदै थिईन्। पहिलो सीप लिनु अगाडि वानाले एक चम्चा टमेटो सस मगाईन्, हातमा राखिन्, चाटिन्, अनि बियर पिईन् । म अनौठो मानेर हेरिरहें । रेस्टुराँ ब्यस्त थियो । पर्यटकहरु अटाई नअटाई थिए । हामी चुरोट र बियर पिउँदै मौन थियौं । म अझै वानालाई बिश्वास गर्न सकिराखेको थिईन । बियरको बोत्तल टेबलमै छाडेर रेस्टरुम जान पनि मन लागेन । तर वानाले केहि नसालु चिज बियरमा मिसाएर मलाई लुट्नै खोजेपनि मसँग वानाले लुट्ने चिजहरु खासै थिएनन् । आफूसँग भएको मन कसैले चोरिसकेकि थिई । मैले उनको सम्झना र मायाले भरिएको थैलि छाति भित्र सुर्केर राखेको थिएँ ।

आफूसँग भएको मन कसैले चोरिसकेकि थिई । मैले उनको सम्झना र मायाले भरिएको थैलि छाति भित्र सुर्केर राखेको थिएँ ।

उनले मलाई सोधिन- आर यु मेरिड ? मैले आफू बिबाहित भएको कुरा नढाँटि भनेँ । तर उनी बिधवा रहिछिन् । करिब १५ बर्ष अगाडि यु यस भिजा लिन लाईनमा उभिँदा आफू भन्दा अगाडि उभिएको उनी भन्दा करिव २५-३० बर्ष जेठो टर्किसलाई कोट्याएर – आर यु मेरिड ? भनेर सोध्दा उसको नो भन्ने जवाफ आएपछि एक्कासि विल यु मेरि मि ? भनेकि रहिछिन् । त्यस टर्किसको सकारात्मक उत्तरलाई नै मनपराएर बिहे गरेका उनीहरु जम्मा १० बर्ष सँगै बसेछन् । बच्चा जन्माउने कुनै योजना नबनाएका यी अद्भुत जोडि केही बर्षसम्म प्रेमपूर्बक सँगै बसे । त्यस टर्किसको स्वास्थ बिग्रँदै गएको खबर सुनेर उसलाई भेट्न गएकि वानाले आफ्नो श्रीमानलाई हाँसि हाँसि मृत्यु अँगाल्न र आफ्नो बारेमा कत्तिपनि चिन्ता नलिन भनिन् । बानाले भनिन् – तिम्रो र मेरो भेट पनि अनौठो तरिकाबाट भयो । बिछोड पनि उसै गरि हुँदैछ । टेक ईट ईजी । हाँसि हाँसि उसको अन्तिम बिदाई गरेर स्वदेश फर्किएकि वानाले आफ्नो जीवनको लामो समय स्पेनमा बिताएकि रहिछन् ।

पहिलो बोत्तल बियर रित्याएर बल्ल वासरुम गएँ । म फर्के पछि आफूले पिउँदै गरेको बियर टेबुलमा छाडेर वाना पनि वासरुम गइन् । मैले आफूलाई धेरै कमजोर र वाना लाई धेरै साहसि ठानें । उनी न त हतारमा थिईन् न त कुनै तनाबमा । बस उनी ढुक्क थिईन् । वानाले आफूलाई पमकिन सुप खान मन लागेको कुरा बताईन् र वेटर तर्फ हेरेर ईशारा गरिन् । वेटर पनि कलम र कागज लिएर तुरुन्त आईपुग्यो । वानाले भनिन- पमकिन सुप, प्लिज । मलाई लाग्यो, ठमेलको रेस्टुराँमा आएर जाबो फर्सिको झोल के खानु ? मैले केही मगाईन । मलाई बियर पिउँदा मुखमा केही चपाउन या खान मन पर्दैन ।

फर्सिको सुप आएपछि वानाले भनिन्- प्लिज टेस्ट ईट । मैले टेस्ट गरें । त्यहाँ कतै फर्सिको बास्ना समेत थिएन । मैले मुख मिठो बनाएर- वाउ भेरि टेस्टि भनें । वानाले मिठो मान्दै सुप पिईन् ।

म बियर पिउँदै थिएँ । वानाले भनिन्- क्यान यु सो मि योर राईट पाम ?

मैले मेरो दाईने हात अगाडि सारें । उसले एक छिन मेरो हात हेरेर भनिन्- यु आर लाईक मि । मैले केहि बुझिन र सोधें- व्हाट डु यु मीन ? उनले भनिन् – आई एम अ जिप्सि, यु नो ? वि डु नट लिभ ईन एनि प्लेस फर लङ टाईम । यु आर अल्सो लाईक अस् ।

उसले मलाई पनि फिरन्ते जस्तै देखि । एउटा झोला, फुलेका दारि, झट्ट हेर्दा कुनै अनुमान लगाउन नसकिने, कम बोल्ने, औषत भन्दा ज्यादा उचाई भएको खै कस्तो कस्तो देखि उसले । मैले पनि उसको बायाँ हात हेरेर भनें- योर माउन्टअफ जुपिटर ईज नट मच हाईअर । यु मस्ट ह्याभ ह्याड सम प्रोबलम ईन स्टडि । उसले आफूलाई एम डि गर्न सार्है कठिन भएको कुरा बताईन् । रात परिसकेको थियो । हामीले बिल माग्यौं । मैले पे गर्न लागें । वानाले भनिन्- लेट मि पे हाफ अफ ईट । मलाई वाना प्रति अझ केही बिश्वास बढ्दै गयो ।

बाटोमा हिँड्दै गर्दा वानाले थोरै स्थानिय तरिकाले बनेको रक्सि पिउने बिचार ब्यक्त गरिन् । हामी एउटा लोकल भट्टिमा पस्यौं र वासा पिउन थाल्यौं । खाना खायौं । रातको करिब १० बजिसकेको थियो । ठमेल अझैं हुनुपर्ने ब्यस्त हुन बाँकि नै थियो । डान्सबार र रोधीहरु बिस्तारै खुल्ने तरखरमै थिए । रक्सिले हल्का मातिएर ठमेलको गल्लिमा हिँड्दै थियौं हामी । सडक ब्यस्त थियो । चाईनिज टुरिस्टहरु ज्यादा देखिन्थे । ठमेलको मुख्य बजार कटेर हामी अलि परै पुगिसकेका थियौं । पसलहरु बन्द भईसकेका थिएनन् । हामी सडकछेउ पेटिमा बसेर चुरोट पिउँदै गर्दा वानाले रोमानियन सङ्गीत सुन्दै थिईन् र मलाई पनि सुनाउँदै थिईन् । मेरो केहि प्रतिशत ध्यान वालेट तिरै थियो । काठमाणडौं बस्ने र खाने खर्च त्यहि वालेटमै थियो । गीतमा केही हिन्दी शब्दहरु सुनेर मैले वानाको भाषाको बारेमा सोधें । उनले भनिन्- आवर फोरफादर्स वेर फर्म ईन्डिया सो वि ह्याभ मेनि वर्डस् फ्रम हिन्दी एण्ड संस्कृत अरिजिन । हामी दुबै रोमानियन सङ्गीत सुन्दै थियौं । रात ढल्दै थियो । वानाले भनिन्- दिस मिटिङ वज प्रि प्लाण्ड, यु नो ? मैले बुझिन भनें ।

उनले भनिन् – हाम्रो आजको भेट पहिलेनै निश्चित भैसकेको थियो । त्यसैले त्यस बेन्चमा म तपाईलाईनै कुरेर बसेको थिएँ ।

मलाई वानाको कुरामा बिश्वास लागेन । कत्तिपनि लागेन । मैले अन्य प्रश्न सोध्न उचितनै ठानिन ।

वानाले भनिन् – ईट्स टाईम टु लिभ । लेट मि हग यु । हामीले करिव एक मिनेट जति हग गरिरह्यौं । मेरो केहि ध्यान वालेट तिर थियो, केही सडकमा हिँडिरहेकाहरु तर्फ थियो । किनकि मलाई चिन्ने कसैले देख्न सक्थ्यो ।

छुट्टिने बेला वानाले फेरि कुनै दिन अवश्य भेट्ने बाचा गरिन् । तर फोन या ईमेल या अन्य सोसल मिडियामा नजोडिने सल्लाह भयो ।

मैले भनें- क्यान वि सि टुमरो मर्निङ फर कफि ? तर वानाले भनिन्- आई एम लिभिङ फर पोखरा टुमरो एट सिक्स ईन द मोर्निङ । बट वि विल सि सम डे अन द सेम बेञ्च । वानाले फेरि अङ्कमाल गर्न खोजिन् । अङ्कमाल पछि म सिधा आफ्नो कोठातिर लागें । मैले उनिलाई एक पटक फर्केर पनि हेरिन । वाना पनि अबश्य उनको डमिट्रि तिरै लागिन् होला । कोठासम्म पुग्दा मैले वानालाई नसम्झेको होईन । तर उसलाई भन्दा धेरै त्यस काठको कलात्मक बेन्चलाइनै सम्झिरहें । हरेक पटकको ठमेल यात्रामा म एकपटक त्यस सेक्सी बेन्च लाई हेर्छु र मेरो मन मस्तिस्कमा वानाको धुमिल आकृति पाउँछु ।

तपाइँको प्रतिक्रिया