शुक्रबार, कार्तिक १४, २०७७

कथित मनोनित पदका लागि किन मरिहत्ते ?

मित्र लाल पार्दे / पोल्यान्ड २०७७ भदौ २२ गते १५:२०

भिखारी बनाउने समाज, सरकार होइन । मान सम्मानको लागि मन्त्रीमण्डलमा कुदाउने शिक्षा होइन । मान्छेलाई मान्छे भएर बाँच्न सिकाउने शिक्षाको आवश्यक छ । पेशालाई लिएर घमण्ड गर्ने शिक्षा होइन । बिचारलाई लिएर गर्व गराउने शिक्षा आवश्यक छ ।

नेपाल सरकारबाट नियुक्त गर्ने बिदेश स्थित व्यक्तिहरु सुनेको भनेको भरमा होइन । कुनै झोले र ढोले पत्रकारले लेखेको भरमा खादा माला भिरेको भरमा होइन । सर्टिफिकेट चोरेको भरमा होइन ।

लुकेर सर्टिफिकेट चोरेर बनिने बिद्वान होइन । त्यो त चोर बिद्दान हो । बिदेशमा बस्ने । आफ्नो हरियो पासपोर्ट त्याग्ने । रातो पास पोर्ट लिनेहरुले नेपाल सरकारको नियम अनुसार दुई वटा पासपोर्ट भिरेर दुई चरित्र गर्न पाइँदैन । यदि गर्छ भने म बिदेशी हुँ है भने हुन्छ । सम्मान हुन्छ । मेरो भावनात्मक सम्बन्ध मेरो प्यारो देश हो भन्दा हुन्छ । कि त नियम परिवर्तनको लागि मन जितेर लड्दा हुन्छ । तर मान्छे गुमराहमा पार्ने । यथार्थ न बोल्ने । त्यस्ता ब्यक्तिहरु नेपाल सरकारले दिने कुनैपनि मनोनित सेवामा अयोग्य हुन्छन् ।

स्कलर्शिपमा नेपाल सरकारले पढ्न पठाउने । विभिन्न सोर्स फोर्स लगाएर स्कलर्शिपमा बिदेश आएर पुरै देश छोड्ने । बिदेशमा सुख सुविधाको लागि हराउने व्यक्तिहरु नेपाल सरकारको मनोनित सेवामा अयोग्य हुन्छन् । हामी सबै अयोग्य हुन्छौं । नेपाल रहँदा, सरकारी पदमा बस्दा घुसखोरी गरेका कर्मचारी बिदेश आएर अनावश्यक गफ चुट्ने पनि नेपाल सरकारको मनोनित सेवामा अयोग्य हुन्छन् । यदि त्यस्तो आचरण कोहिमा थियो भने यो मेरो गल्ति थियो भन्दा केही फरक पर्दैन । गल्ति नगरिकनै अगाडि बढ्न सकिँदैन ।

कलाकार बनेर आउने । ५ दिन भनेर झुटो विवरण पेश गरेर आउने । अनि बिदेशमै हराउने कथित कलाकार पनि मनोनीत सेवामा अयोग्य हुन्छन् । किनकि तिनिहरुले संस्था र देश प्रयोग गरेर आफ्नो स्वार्थ लिएका हुन् ।

बाध्यता हो भने याथार्थ बोल्न किन डर ? खेलाडी बनेर आउने । आफ्नो देशको खेल जगतलाई बदनाम गरेर बिदेश लुक्ने । ती कथित खेलाडी पनि मनोनीत सेवामा अयोग्य हुन्छन् । लखेटिएकै हो भने यथार्थ बोल्न किन हिच्किचाउने ? संस्थालाई कसैले प्रयोग गरेर आफ्नो स्वार्थ लिन उचालेको व्यक्ति । भाइरस भएर अरुलाई बदनाम गर्न खोजेको व्यक्ति पनि अयोग्य हुन्छन् ।

रातो पासपोर्टको लोभमा बिदेश आएर आफ्नी श्रीमती छोडेर बिदेशी महिलासित सुत्ने । रातो पासपोर्ट हुँदाबित्तिकै फेरि नेपाली श्रीमती बिहे गर्ने चरित्रहिन व्यक्तिहरु पनि सरकारी मनोनित सेवामा अयोग्य हुन्छन् । बाध्यता हो । परिस्थिति अति नै खराब हो भने यथार्थ बोल्न नहिच्किचाउनु पृय मनहरु ।

श्रमको मूल्य बुझ्न नसक्ने । आफ्नै मात्र ढोल बजाउने । मान्छेलाई निशुल्क काम गराएर तिनलाई जोगि बनाउने सोच बिकास गरेर आफूले मात्र एक्लै स्वार्थ लिने व्यक्तिहरु सरकारी मनोनीत सेवामा अयोग्य हुन्छन् । चुनाव जित्नको लागि करोडौ खर्च अनावश्यक ठाउँमा गर्ने व्यक्तिहरू पनि अयोग्य हुन्छन् ।

राजनितीक आस्था सबैको आआफ्नो ठाउँमा हुन्छ । जुन सरकार आयो त्यही सरकारसित पाउ पर्ने मान सम्मानको भिखारीहरु पनि बिदेश स्थित नेपाली समाजमा नेपाल सरकारको मनोनीत सेवामा अयोग्य हुन्छन् । सानो तिनो नौटंकी निशुल्क सेवा दिएको नाटक गरेर पद र प्रतिष्ठाको भिखारीहरु पनि मनोनीत सेवामा अयोग्य हुन्छन् ।

मान्छेलाई एक दिन खाना बाँड्ने दानीहरुको बिकास होइन मान्छेलाई जीवन भर बाँच्न सिकाउने सोचको बिकास गरौं । एउटा भिखारीलाई एक दिन भोको पेट एक माना चामल दिएर भर्ने होइन उसलाई आजिवन भिखारी नबन्ने सोचको बिकास गरौं । आफ्नो पेमाणपत्र दिएर कथित मान सम्मान खोज्ने र आफ्नो हात दिएर एक छाक खाने भिखारीमा के पो फरक भो र ?

पहिले पद्दती सुधारौं । पहिले आचरण सुधारौं । पहिले आफ्नो ईतिहास पनि हेरौं । सम्मान र मनोनित भन्ने कुरा लडेर होइन श्रद्धाले आउने हो । लडेर त अधिकार खोज्ने हो । तर सम्मान र मनोनित भन्ने कुरा घुस दिएर, सर्टिफिकेट पाएर, त्यही सर्टिफिकेट बुझाएर प्राप्त हुने होइन । प्राप्त भैहालेपनि आत्मसन्तुष्टि हुँदैन । बाहिर देखासिकिको लागि चाहिने कथित मनोनित सेवाको लागि मरिहत्ते नगरौं ।

बरु पानीको लागि लडौं । बरु आधारभुत सेवाको लागि लडौं । अरुलाई दोष देखाएर म नै सर्वेसर्वा भन्ने सोच हटाउने गरौं । कसैको धन सम्पत्ति होला । कसैको बिचार होला । धनसम्पतिले मान्छे प्रभावमा पार्ने सोच बन्द गरौं । मान सम्मान मागेर होइन श्रद्धाले प्राप्त हुने हो । मन्दिर भित्रको पूजारीले टिको लगाए पनि पूजारी भन्दा धेरै श्रद्धा मूर्तिले पाउँछ ।

आफ्नो गल्ति निस्क्यो भनेर चिन्ता नगरौं । बरु गल्ति भएको हो भनेर सार्वजनिक आफैं गरौं । गल्ति ढाकछोप गर्नुभन्दा आफैं यो मेरो गल्ति थियो भन्ने महान हुन्छ । कहिल्यै गल्ति नगरिकन केही कुरा अगाडि बढाउन असम्भव छ । तर गल्तिगरेर मान्छे गुमराहमा राख्ने काम बन्द गरौं । फेरि पनि भन्छु, गल्ति गरेर नानाथरिको भ्रममा दुनियाँ पारेर लिने सम्मान भन्दा बर्षको एक दिन भएपनि फूलमाला पाउने कुकुरले श्रद्धा पाउँछ । किन कि कुकुरको आचरण कुकुर नै भएर बाँचेको हुन्छ ।

गल्ति गरेर नानाथरिको भ्रममा दुनियाँ पारेर लिने सम्मान भन्दा बर्षको एक दिन भएपनि फूलमाला पाउने कुकुरले श्रद्धा पाउँछ । किन कि कुकुरको आचरण कुकुर नै भएर बाँचेको हुन्छ ।

त्यसैले म ठूलो, उ सानो । मेरो पेशा ठूलो, उसको पेशा सानो भन्ने सोच पूरा परिवर्तन गरौं । पेशा होइन, बिचार हेरौं । चरित्र होइन, आचरण हेरौं । मान्छे गाडिमा हिँडोस् कि खुट्टाले हिँडोस् । उसको वास्तविक बिचार के हो मनगढन्ते धारणा होइन वास्तविक धरातलमा उत्रेर आफ्नो बिचार निर्माण गरौं ।

सर्टिफिकेटको पछि कुद्ने जमात होइन, वास्तविक धरातलमा उत्रने जमात हेरौं । सर्टिफिकेट मात्र यत्ती हो, कसैको कुनै मन्त्रीको फाइलमा गए होला । कसैको त्यही स्तरको सर्टिफिकेट माटो माटोमा भिजेको होला । झन्डा बोक्दैमा होइन, ढिलै भए पनि आफ्नो बिचारले समाज परिवर्तन गरौं ।

समय लाग्छ । रोएर होइन, यथार्थ बोलेर कसैको व्यक्तिगत आचरणमा गाली नगरेर, सोच परिवर्तन गर्दै अगाडि बढौं । मान सम्मानको लागि होइन, आफ्नो आत्मसन्तुष्टि केमा मिल्छ त्यसैमा प्रफुल्लित भएर इमान्दारिपूर्वक आफ्नो कर्तव्य निर्वाह गरौं पृय मनहरु ।

पद्दति नबसाउँदासम्म, नसुध्रिँदासम्म हामी कोहि योग्य छैनौं । सबै अयोग्य छौं । पद्दति र सोच सुधारौं, सुध्रनेछ । तर कथित मनोनित पदको लागि मरिहत्ते नगरौं ।

तपाइँको प्रतिक्रिया

फेसबुक