बिहीबार, वैशाख १३, २०८१

फ्रान्समा एकै दिन १० हजारमा कोरोना पुष्टि

नेपाल प्लस२०७७ भदौ २७ गते २२:२९

फ्रान्समा एकै दिनमा १० हजार भन्दा बढि ब्यक्तिमा कोरोना भाईरस लागेको पुष्टी भएको छ । फ्रान्समा शनिबार पहिलो पटक कोविड १९ को कारण बिरामीहरुको संख्या गएको २४ घण्टामा यति बढेको देखिएको हो । र २४ घण्टामा कोभिड भाइरस लागेकै कारण १७ जनाको म्रित्यु भएको छ ।

देशमा ठूलो परिक्षणको थालनी पछि यो रेकर्डको सूची आएको हो । गएको २४ घण्टामै यति ठूलो संख्यामा यति धेरै संख्या बाहिर आएको हो ।

त्यसो त, त्यो भन्दा अघिल्लो २४ घण्टामा नौ हजार चार सय छ जनाको कोरोना भाईरस लागेको रेकर्ड आएको थियो । यो रेकर्ड कोरोना भाईरसको परिक्षणपछि आएको हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक