शुक्रबार, वैशाख १४, २०८१

पेरिसमा सरकार बिरोधी प्रदर्शनमा झडप, २८७ पक्राउ

नेपालप्लस२०७७ भदौ २७ गते २२:५६

फ्रान्समा सामाजिक हेरफेर र सुबिधाको माग गर्दै आएको, फ्रान्सेली सरकारको सामाजिक संरचना र पद्दतीको बिरोध गर्दै आएको संस्था जिलेजोन (पहेंलो वस्त्रधारी) हरुको प्रदर्शनको क्रममा २८७ जना पक्राउ परेका छन् । तिनले कोरोना भाईरस बिरुद्दका नियमहरु पालना नगरेको आरोपमा पक्राउ परेका हुन् ।

सरकार बिरोधी प्रदर्शनमा लगभग आठ हजार पाँच सय सहभागि भएको फ्रँस २४ न्युजले जनाएको छ । प्रदर्शनीमा दुई हजार पाँच सयले भाग लिएको ग्रिह मन्त्रालयले जनाएको छ ।

पेरिसको भाग्राम भनिने ठाउँमा प्रदर्शनकारि र प्रहरिबिच द्वन्द भएको थियो । तिनले प्रहरीलाई ढुंगा हानेका थिए । त्यसपछि प्रहरीसित द्वन्द भएको थियो । प्रदर्शनकारिहरुले प्रहरीहरुलाई फोहोरका झोला, बोत्तलहरु हान्न थालेका थिए ।

फोहोरका बोत्तलहरुलाई आगो लगाएर धुवाँ उडाएका थिए । त्यसपछि प्रहरीले भिडलाई तितरबितर पार्न अश्रु ग्याँस प्रहार गरेको थियो । प्रहरीले तोकिएको मार्गमा मात्रै प्रदर्शन गर्नुपर्ने आव्हानलाई लत्याएर जथाभावि प्रदर्शन गरेपछि प्रहरीले श्अरुग्याँस प्रहार गरेको जनाएको छ ।

ति आन्दोलनकारिहरुले केहि पत्रकारहरुमाथिपनि आक्रमण गरेका थिए ।

तपाइँको प्रतिक्रिया