बिहीबार, चैत १५, २०८०

विध्यार्थी बिचल्ली बनाउने डन अब अवैतनिक वाणिज्यदूत ?

हिरा श्रेष्ठ२०७७ भदौ २८ गते १९:४७

अष्ट्रेलिया— मान्यतामा नरहेका फर्जी शिक्षण केन्द्रमा भर्ना गराएर सयौं बिद्यार्थीलाई अलपत्र बनाउने शैक्षिक माफियामाथि कुनै छानविन नभैरहेकै बेला यस्तै केन्द्र संचालक मध्येका एक जना अगुवालाई यहाँँको तास्मानिया स्टेटका लागि अवैतनिक बाणिज्यदूत बनाउने प्रकृया अघि बढेको छ ।

गत बर्ष फागुनमा अष्ट्रेलियामा १२ सयभन्दा बढि बिद्यार्थी अलपत्र बनेपछि नेपाल सरकारले बिद्यार्थी लैजाने र भर्ना गर्ने बिभिन्न एजुकेसनल कन्सल्टेन्सीलाई कालोसूचीमा राख्दै त्यसका संचालकलाई आवश्यक छानविनपछि कारवाहीको दायरामा ल्याउने भनेको थियो । तर, छानविन र कारवाहीको कुरा सेलाएपछि बिद्यार्थी अलपत्र पार्नेमध्ये एक्स्पर्ट एजुकेसनल एण्ड भिसा सर्भिसेजका प्रबन्धक सन्जीव शर्मालाई तास्मानियाका लागि अवैतनिक दूत बनाउन लागिएको हो । यसका लागि अष्ट्रेलियामा रहेको नेपाली दूतावासले सिफारिश पत्र परराष्ट्र मन्त्रालयमा पठाइसकेको र केही दिनभित्रैमा मन्त्रालयले यसबारेमा निर्णय गर्ने परराष्ट्र श्रोतले बताएको छ ।

महावाणिज्यदुत सिफारिस गरिएका शर्माले समेत केहि अनौपचारिक कार्यक्रममा आफू तास्मानियाको महावाणिज्यदुत नियुक्त हुन लागेको बताउने गरेका छण् । दूतावासका एक प्रतिनिधिले शर्माको नियुक्टि प्रकृया अघिबढिसकेको जानकारी नेपालप्लसलाई दिए । उनी भन्छन- केही दिन भित्रमा मन्त्रालयले उनको नियुक्ती प्रकृया पुरागर्ने छ । लामो समय अष्ट्रेलियामा ट्याक्सी ड्राइभरको रुपमा जीवन निर्वाह गर्दै आएका शर्मा पछिल्ला बर्षमा शैक्षिक परामर्श र भिसा प्रदायक एजेन्टका रुपमा सफल ब्यवसायी बनेका हुन् । बिगतमा पुष्पकमल दाहालको प्रधानमन्त्री कालमा उर्जा मन्त्री रहेका महेन्द्रबहादुर शाही (हाल मुख्यमन्त्री कर्णाली प्रदेश)लाई सिड्नी बोलाएर बृहत शैक्षिक प्रदर्शनी गराउµµदै शर्माले आफ्नो राजनीतिक पहुµµच देखाउन थालेका थिए । तर, शर्माको शैक्षिक परामर्शका नाममा जारी गतिबिधि तथा सरकारले तोकेको छानविनको दायराका आधारमा तास्मानियाको स्टेट डिपार्टमेन्टमा उनीबिरुद्ध उजुरी परेकाले शर्माको नियुक्तीमा परराष्ट्र मन्त्रालयले सहमती दिन ढिलाइ गरेको हो । हाल सिड्नीमा रहेका अवैतनिक दूत दीपक खड्कालाई हटाएर त्यस स्थानमा आउनका लागि शर्माले बिगत केही बर्षयता अभियान चलाएपनि त्यो सफल भएन । अहिले तास्मानियाका लागि अवैतनिक दूत बन्ने होडमा लागेका हुन् ।

परराष्ट्र मन्त्रालयले काठमाडौंमा रहेका विदेशी मुलुकका लागि खटिएका अवैतनिक दूतहरुको सेवासुविधा र गाडी दुरुपयोगसहितका कारण तत्काल यस्ता दूत नियुक्ती वा पद लम्ब्याउने प्रकृयामा रोक लगाइसकेको छ । विदेशमा रहेका अवैतनिक दूतहरुमाथि पनि विश्वासिलो कामकारवाही देखा नपरेको भन्दै पहिलो चरणमा पर्यटन दूतलाई खारेज गर्ने निर्णय भैसकेको छ । तर, यसैबिच आर्थिक प्रलोभन र राजनीतिक पहुँचका भरमा सन्जीव शर्मासहितका केही अगुवालाई नियुक्ती दिने भन्दै प्रकृया अघि बढाएकोमा तास्मानियाकै नेपाली समाजले पनि बिरोध जनाइसकेको छ ।

गत फागुनमा अष्ट्रेलियामा रहेको एआइबिटी कलेजको नर्सिङ संकाय खारेजीसँगै १२ सय नेपाली विद्यार्थीको विचल्ली भएको थियो । अस्ट्रेलियन सरकारले नर्सिङ कोर्षको सम्बन्धन नदिएको अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) मा मनपरी रुपमा विद्यार्थी पठाएपछि त्यहाँ पढाइ सकेर प्रमाणपत्र लिने अवस्थामा पुगेका विद्यार्थीको भविष्य अन्योलमा परेको थियो । यी कन्सल्टेन्सीका नेपालमा समेत एजेन्ट र एजेन्सीहरु रहिआएका छन् । यसमध्ये शर्माको एक्सपर्ट भिसा एण्ड एजुकेशन सर्भिसले २ सय भन्दा धेरै विद्यार्थी उक्त कलेजमा थिए । सञ्जिव शर्माको एक्सपर्टजस्तै मर्सी, कंगारु, अल्फाबिटा, काठमाडौं इन्फोसिस, इम्पल्स, सनराइज, एनमार्क पोखरा, मोडल ग्लोबल, एबीसीलगायत दर्जनौँ कन्सल्टेन्सलाई छानबीन गर्नुपर्ने माग त्यसबेला उठेकोमा अहिलेसम्म कहींकतै सुनुवाइ भएको छैन ।

शर्मासँगै शैक्षिक माफियाका रुपमा चिनिएका अल्फाबिटाका द्वेराम शर्मा, मर्सी एजुकेसनका राम टन्डन क्षेत्री, इम्पल्सका सन्दीप अर्याल, कंगारुका महेशबाबु तिम्सिनामाथि कारवाही गर्न शिक्षा मन्त्रालयले पत्राचार समेत गरिसकेको थियो । तर, आर्थिक चलखेल र राजनीतिक पहुँचका आधारमा यो मामला त्यत्तिकै सेलाएर गयो ।

तपाइँको प्रतिक्रिया

फेसबुक