शुक्रबार, वैशाख १४, २०८१

काट्ने तालिबान र अफगानी सरकारबिच दोहामा शान्ति वार्ता

नेपालप्लस डेस्क

नेपाल प्लस२०७७ भदौ २९ गते १२:०६

अपराध करार गरेकालाई सार्वजानिक ठाउँमा ढुंगाले हानी हानी मार्ने, महिलाहरुलाई बुर्काले छोपेर पढाइ लेखाइमा वन्चित गर्ने, चोरी गरेका अपराधीहरुको हात काटिदिने जस्ता सुन्दै डरलाग्ला सरिया कानूनका पक्षपाति अफगानी हिंस्रक मुसलमान समूह तालिबान र अफगानिस्तान सरकारको बिचमा कतारको राजधानी दोहामा शान्तिवार्ता भएको छ ।

सेप्टेम्बर ११ मा अमेरिकामा तालिबान नेता ओसामा बिन लादेनले हमला गरेपछि अमेरिकी सेना अफगानिस्तान प्रवेश गरेर कडा रुपमा तालिबान विरोधी अपरेशन संचालन गरेको थियो । सेप्टेम्बर ११ कै भोलिपल्ट पारेर अमेरिकी मध्यस्थकर्ताको अग्रसरता, कतारी सहयोगप्राप्त हिंस्रक समूह इस्लामिक स्टेट, कतारी सरकार, पाकिस्तानी सरकार र अफगान सरकारका शान्तिवार्ता पक्षधरको अगुवाइमा यो वार्ता सम्पन्न भएको हो । अमेरिका र तालिबानबिच फरबरी २९ मा सम्पन्न सम्झौता अनुसार अमेरिकी सेना फर्कने, तालिबानले कब्जामा लिएका विदेशी सैनिक र सर्वसाधारणलाई सकुशल फिर्ता गर्ने, अफगानी जेलमा रहेका तालिबानी नेता, कार्यकर्ता र लडाकूसैनिकहरुलाई रिहा गर्ने काम सकिएपछि वार्ता शुरु भएको हो ।

वार्तामा सरकारी पक्षबाट २१ र तालिबानी पक्षबाट २१ जना सहभागी छन् । कार्यक्रमस्थललाई अति कडा सुरक्षा पहरा दिइएको छ । कतारी सरकारले सबै तालिबानीहरुको प्राणरक्षाको ग्यारेन्टी लिएर अमेरिकीसँग समझदारी कायम गरेपछि वार्ता शुरु भएको हो । अफगानी सरकारको राष्टिय मेलमिलाप समितिका प्रमुख अब्दुल्लाह अब्दुल्लाहले उद्घाटन सत्रको अध्यक्षता गरेका थिए । अफगानिस्तानको लामो हिंस्रक र हतियार सहितको लडाइँमा कुनैपनि हतियारको विजय हुनेछैन, तर शान्तिवार्ता सफल भयो भने हामी सबै विजेता हुनेछौँ । त्यहाँ कसैको पनि पराजय हुने छैन । उनले शान्तिको खाँचो औँल्याउँदै उद्घाटनसत्रमा भने ।

तालिबानका नेता मुल्ला अब्दुल घानी बरादरले भने “तालिबान पूर्ण रुपमा वार्ताप्रति इमान्दार छ । दुवै पक्षलाई शान्त र धैर्यपूर्वक रहन अपिल गर्दछु ।” तालिबानले भविष्यमा शान्तिपूर्वक काम गर्नेछ भनी मुल्ला अब्दुल घानीले बताइरहँदा अफगानिस्तानको विगत सम्झनेहरुले यसलाई बेइमानी र झूठ भनेर आलोचना शुरु गरिसकेका छन् । तालिबानीहरु पहिला इमान्दारजस्तो भएर प्रस्तुत हुन्छन्, जब सबै शक्ति हातमा आइपर्छ अनि फेरि क्रूर हुन थालिहाल्छन् । यो उनीहरुको विगत हो भनी तालिबानको गतिविधि जान्नेहरुले टिप्पणी गरेका छन् ।

कार्यक्रममा बोल्दै अमेरिकी सैन्य फोर्सका अफगान प्रमुख जनरल अस्टिन मिलरले अफगानी सैनिकलाई निरन्तर सहयोग गरिरहने कुरामा अमेरिकाले हात नझिक्ने कुरा बताए । “शान्तिका लागि अफगान सैनिकको बलिदानलाई हामीले भुल्ने छैनौँ” उनले भने ।

तालिबानले धार्मिक नेता मलाबी अब्दुल हाकिम हक्कानीलाई वार्ता गर्न अगाडि सारेको छ । सरकारले आफ्ना गुप्तचर प्रमुखलाई अघि सारेको छ । विभिन्न खेमा र समूहका मुस्लिम नेता, सरकार पक्षीय शक्तिशाली समूहका मानिसहरुले वार्तामा सामेल छन् । तीनजना महिलाहरु पनि वार्तामा सामेल छन् ताकि महिलाहरुलाई अत्याचार हुने कुरामा ध्यान पुर्याउन सकियोस् । छाँटकाँट हेर्दा तालिबानीहरु पनि शान्तिवार्ता मार्फत् सरकारमा जाने जस्तो देखिन्छ ।

साँस्कृतिक, धार्मिक र आर्थिक रुपमा निकै सम्पन्न अफगानिस्तान अमेरिका र रुसको शीतयुद्धकालीन झगडाको कारण अनेकौँ लडाइँ विवादको भूमरीमा फँस्दै अहिले संसारकै गरिब मुलुकमा गनिन आइपुगेको छ ।

भारतीयहरुको अरबसँग जोडिने मुख्य ब्यापारिक नाका थियो अफगानिस्तान । अफगानीहरु ब्यापारका निम्ति संसारैभरी नामी थिए । उनीहरु चतुर मानिसको रुपमा गनिन्थे । तर कहिले रुस समर्थक सरकार, कहिले अमेरिकाले उक्साएको कट्टरपन्थी समूह, अमेरिकाकै उत्पादन बिन लादेनको अलकाइदा र तालिबान समूहहरुको स्वार्थमा अन्तत धार्मिक उन्मादीहरुको शासन गर्ने थलोको रुपमा अफगानिस्तान विकसित भयो । तालिबानहरुले चुनाव जितेरै सरकार बनाए । महिलाहरुमाथि चरम यातना दिइयो । छोरीहरुलाई स्कूल जान प्रतिबन्ध लगाइयो । खेल खेल्न प्रतिबन्ध लगाइयो । अफगानिस्तान मध्ययुगिन समयमा फर्कियो ।

ओसामा बिन लादेनले अमेरिकाका ट्विन टावर ध्वस्त गरिदिएपछि अमेरिकी सैनिकहरु घाइते बाघ झैं तालिबानीमाथि झम्टिए । हजारौँ निर्दोष मानिसहरुले अकालमा ज्यान गुमाउनु पर्यो । भोकमरीले धेरैको ज्यान गयो । अन्ततः अहिले शान्तिवार्ता मार्फत् सरकारले तालिबानलाई पनि राजनीतिको मूलधारमा ल्याउने प्रयास गरेकोछ ।

अरब देशहरुबाट नियमित आर्थिक सहयोग पाइरहेका तालिबानीहरु सत्तामा गएभने फेरि उहि नारकीय व्यवस्थाको प्रारम्भ गर्नेछन, जोसँग लड्न लोकतन्त्रप्रेमी शक्तिलाई अप्ठेरो हुनेछ । अहिले कमजोर भएको मौकाको उपयोग मात्रै गरेका हुन् भन्ने कुरामा धेरै विश्लेषकहरु सहमत छन् । तथापि शान्ति प्रकृया भने आफैमा राम्रो शुरुवात हो ।

तपाइँको प्रतिक्रिया