बिहीबार, चैत १५, २०८०

नेपाली युवाले ढाले जापानी प्रतिद्वन्दीलाई

नेपालप्लस न्युज डेस्क२०७७ भदौ २९ गते १४:१२

नेपालका युवा किक बक्सिङ खेलाडी अबिरल घिमिरेले आफ्नो व्यवशायिक यात्रामा जापानिज किक बक्सर थातुयालाई पहिलो राउन्डमै नक आउट गर्दै उपाधि हात पारेका छन् । लामो समयदेखि जापानमा बसेर किक बक्सिङमा वर्चश्व कायम गर्दै आएका यूवा खेलाडी घिमिरले आइबार जापानिज खेलाडीलाई हराउँदै अर्को कीर्तिमान कोरेका हुन् ।

उनले २५ वर्षीय जापानिज खेलाडी थातुयालाई पहिलो राउन्डकै केहि मिनेटमै तिन पटक हुक र पन्चले ढलाएका थिए । काठमाडौंकोे चन्द्रागिरी निवासी घिमिरेले जापानी खेलाडीलाई सहजै परास्त गर्दा उनका प्रशिक्षकको खुसीको सिमा थिएन ।

जीतपछि निकै हर्षित मुद्रामा अविरलले भने, ‘जापानी भूमिमा चन्द्र सूर्य झन्डा बोकेर मुलुकको नाम राख्न पाएकोमा गर्व लागेको छ । निकै प्रतिस्पर्धात्मक र टफ हुने भनिएको यो भिडन्त केहि मिनेटमै सकिँदा दर्शकहरु भने खिन्न हुन पुगेका थिए । पहिलो राउन्डको प्रारम्भमा अविरलमाथि केहि हावी देखिएको जापानी किक बक्सर अविरलको शक्तीशाली पन्चमा खुत्रुक्कै ढलेका थिए ।

‘आगामी दिनमा पनि नेपालको झण्डा बोकी विश्वसामु देशको नाम चम्काउन प्रयासरत रहन्छु’ घिमिरेले भने । अबिरल नेपालमा चर्चित किक बक्सिङ खेलाडी देव घिमिरेको छोरा हुन् । लामो समयदेखि उनी जापानमा रहेका आफ्नै पिता देवको निगरानी र प्रशिक्षणमा अभ्यास गर्दै आएका छन् ।

प्रशिक्षक तथा पीता देव घिमिरेले अविरलको उमेर र अनुभव कम भएपनि अन्तर्राष्ट्रिय अनुभव बटुलेका व्यावसायिक खेलाडीलाई हराउनु महत्वपूर्ण घटनाक्रम रहेको बताए । उनले विभिन्न राष्ट्रका खेलाडीहरूसँंग १४ वटा भिडन्तमा १३ वटामा जित हासिल गरेका थिए भने एक म्याच बरावरीमा रोकिएको थियो । आइतबारकोे चर्चित हिट ४७ नाम दिइएको भिडन्त जापानको टोकियोस्थित टोकियो टावरमा भएको संचालन भएको थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक