शुक्रबार, चैत १६, २०८०

अमेरिकी मेयरको आरोप : राष्ट्रपती ट्रम्पको टाउको बालुवामा

नेपालप्लस न्युज डेस्क२०७७ भदौ २९ गते २०:४९

अमेरिकाको पस्चिमतट लस एन्जलसका एक मेयरले आफ्ना राष्ट्रपती डोनाल्ड ट्रम्पले टाउको बालुवामुनि राखेको भन्दै चर्को आलोचना गरेका छन् ।

न्युज २४ एफ आरका अनुसार त्यहाँका अधिकारीहरूले आगलागिका कारण ३५ व्यक्तिको मृत्यु भएको बताएका छन् । राष्ट्रपति र डोनाल्ड ट्रम्पले आइतबार मौसम परिवर्तनलाई नकार्ने बताएका थिए । उनी र राजनीतिक प्रतिद्वन्द्वी ह्यारिसले क्यालिफोर्नियामा आपतकालीन कामदारहरूलाई भेट्ने तयारि गरिरहेका बेला यस्तो अभिब्यक्ति बाहिर आएको हो ।

लस एन्जलसका मेयर एरिक गारसेट्टीले यस्तो डढेलो र आगजनी मौसम परिवर्तनका कारण बढ्दै गएको बताएका छन् । मौसम परिवर्तनका सिमाहरु पालना गर्नुपर्ने उनको तर्क गरेका छन् । तर ट्रम्पले त्यसलाई नकार्ने अभिब्यक्ति दिएका थिए ।

“यो मौसम परिवर्तन को प्रभाव हो र यो यस्तो प्रशासन हो जसले बालुवामा आफ्नो टाउको राख्छ” लस एन्जलसका मेयर एरिक गार्सेटीले सीएनएनको “स्टेट अफ द यूनियन” लाई भने । यो प्रशासन भन्नाले उनले रष्ट्रपती डोनाल्ड ट्रम्पलाई उल्लेख गरेको न्युज २४ ले जनाएको छ ।

ट्रम्पले क्यालिफोर्नियाको आपतकालीन सेवा प्रमुखहरूसँग सोमबार भेला हुने योजना बनाएका थिए । त्यहाँ इतिहास निर्माण गर्ने इन्फेरानोको बिरूद्ध लडिरहेको छ जसले गर्दा अहिले अमेरिकाको पश्चिमी भागमा करिब २० लाख एकड (२० लाख हेक्टर) जलेको छ ।  यो क्षेत्रले लगभग न्यूजर्सी राज्यको आकारजतिनै ओगटेको छ ।

गर्मीयाम शुरु भए लगत्तै डढेलोले त्यहाँ ३५ जनाको ज्यान गैसकेको छ । २७ जनाको त यहि हप्ता मात्रै ज्यान गएको थियो । दर्जनौं अझैपनि हराइरहेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक