शुक्रबार, वैशाख १४, २०८१

युरोपेली युनियन र चीनबिच व्यापार वार्ता

नेपालप्लस२०७७ भदौ २९ गते २२:२६

ईयूका नेताहरूले  चीनका राष्ट्रपति सी जिनपिङ्सँग व्यापार र लगानीको लागि वार्ता भएको छ । सोमबार हुने भनिएको वार्ता केहिबेर अघि भएको शुरु भएको हो। हङकङको स्वतन्त्रताको विषयमा युरोपेली युनियन (ईयु) र चीनबिच तनाब भएपनि ब्यापारका विषयमा वार्ता गर्न दुई पक्षनै तयार भएका हुन् ।

चिनियाँ अधिकारी, ईयू प्रमुख चार्ल्स मिशेल र उर्सुला भोन डर लेन र जर्मन चान्सलर एन्जेला मार्केलाबिच वार्ता भएको हो । कोरोना भाइरसका कारण रद्द भएका २७ ईयू नेताहरूको पूर्ण शिखर सम्मेलनको लागि भिडियो सम्मेलन मार्फत वार्ता गर्न लागेको फँस न्युज २४ ले जनाएको छ ।

चीनले लगानी सम्झौताको बारेमा भनेको छ- पहिले नै सात वर्ष भैसक्यो । यस वर्षमा सहमति हुन सक्छ । तर ईयूका अधिकारीहरूले द्विपक्षबिच अवरोध बाँकी रहेको चेतावनी दिका छन् । हामीहरुले सम्झौता कटौति गर्ने नाममा प्रतिकूल सर्तहरू मान्ने छैनौं ।

“युरोपियन युनियनका एक अधिकारीले फँस न्युज २४ सित भने “वार्तामा तिब्रता ल्याउने र बर्षको अन्त्यसम्ममा उनीहरुलाई निष्कर्षमा पुर्‍याउने राजनीतिक उद्देश्य भएपनि हाम्रालागि लाभदायि हुने भएमात्र हामी सझौता गर्ने छौं ।”

ब्रसेल्स स्रोतका अनुसार जून महिनामा त्यस्तै भिडियो शिखर सम्मेलन भएको थियो । त्यस वार्तामा “उल्लेखनीय प्रगति” भएको छ । अधिकारीहरूले वर्षको अन्त्यसम्ममा एउटा सम्झौताको एक रोडम्यापमा सहमति जनाउने आशा गरेका छन् । उनीहरू पनि बेइजिङले युरोपेली कंपनीको बजारलाई आफ्नो बजारसम्म सहज पहुँच दिनुपर्छ । चीनले त्यसमा सुधार गर्नुपर्छ ।

“युरोपेली युनियनले आफ्नै हितको परिभाषा गर्नुपर्दछ । र चीन र संयुक्त राज्य अमेरिका दुबै भन्दा बलियो र स्वतन्त्र हुनुपर्दछ” फ्रान्सेली अर्थमन्त्री ब्रुनो ल मेयरले जर्मन साप्ताहिक वेल्ट एम् सोन्टागसित भनेका छन् ।

ब्रसेल्स बौद्धिक सम्पत्तीलाई सम्मान प्रदान गर्न, टेक्नोलोजी ट्रान्सफर गर्ने अप्ठेरा अन्त्य गर्न र चिनियाँ सार्वजनिक उद्यमहरूको लागि अनुदान घटाउन चाहन्छ ।

                           चीन-अमेरिका तनाव

ईयु विश्लेषकहरुका अनुसार सोमबार कुनै ठूलो सफलताको अपेक्षा गरिएको छैन । तर ईयू पक्षले सीसमक्ष वार्तालाई नयाँ राजनीतिक हौसला प्रदान गर्न र उसको वार्तालापहरुलाई अझ बढि सम्झौतातर्फ लैजान मनाउने आशा राखेको छ ।

चीन र अमेरिकाबीचको सम्बन्ध बिग्रँदै गएको बेला यो बैठक आयोजना गरिएको छ । दुबै पक्षले व्यापार विवाद, मानवअधिकार र कोरोना भाइरस महामारीको उद्गमका बारेमा कठोर पुनरागमन गर्नुपर्ने छ ।

दुई सरकारले ह्युस्टन र चेङ्दूमा वाणिज्य दूतावासहरू बन्द गर्ने आदेश दिएपछि जुलाईमा वाशिंगटन र बेइजिङले जुलाईमा एक अर्का कूटनीतिज्ञहरूलाई प्रतिबन्ध लगाएका थिए ।

चीन र अमेरिका दुबै पक्षले युरोपेली युनियनलाई आआफ्नो पक्षतिर तान्न गर्न खोजेका छन् । जूनमा अमेरिकी विदेश मन्त्री माइक पोम्पीको ब्रसेल्सको भ्रमणको क्रममा ईयूका कूटनीतिक प्रमुख जोसेप बोररेलले चीनको बिरूद्ध साझा ट्रान्सटलान्टिक मोर्चा खोल्न वार्तामा जोड दिएका थिए । तर यस पहलमा खासै प्रगति भएको छैन । बरु व्यापक रूपमा ब्रुसेल्सले मध्यममार्गमा प्राथमिकता दिएका छन् । बेइजिङलाई सम्भावित साझेदार र “प्रणालीगत प्रतिद्वन्द्वी” दुबै मान्दछन् । “ईयु आफ्नो हित र मूल्यमा दृढ रहेको छ । तर चीनसँग सहकार्य गर्न चाहन्छ” एक वरिष्ठ ईयू अधिकारीले भने ।

                                    हङकङ मामिला

इयुले हङकङ मामिलामा सि जिङपिङलाई झुकाउने मानसिकता राखेको छ । बेइजिङले एक विवादास्पद नयाँ सुरक्षा कानून लागू गरेको उनीहरुले आरोप लगाउँदै आएका छन् । त्यसलाई हङकङ शहरको स्वतन्त्रतामाथि आक्रमणको रूपमा पश्चिमले निन्दा गरेको छ ।

जुन महिनाको शिखर सम्मेलन पछि भोन डेर लेनले चीनले यदि त्यो कानुनलाई अगाडि बढाएमा “धेरै नकारात्मक नतिजाहरू” भोग्नुपर्ने चेतावनी दिएकोपनि समाचारमा उल्लेख छ । ईयूले त्यो कानुन लागू नगराउन निगरानी र दमनका लागि प्रयोग हुने उपकरणहरू ईयुबाट हङकङको निर्यातमा सीमित राख्ने बताएको छ ।

तर युरोपियन युनियनले चीनसँग कसरी व्यवहार गर्ने भन्ने सम्बन्धमा ईयु देशहरु एकजुट छैनन् । केही सदस्य राष्ट्रहरूले अधिकार र वातावरणमा कडा अडान लिन आग्रह गरेका छन् । केहिले व्यापारमा बढावा दिन आग्रह गरेका छन् । तर चीनका आफ्नै स्वार्थ छन् ।

युरोपेली देशले अफ्रिकी स्वाइन फ्लूको पहिलो घटना पुष्टि गरेपछि चीनले जर्मनीबाट बुंगुरको मासु उत्पादनको आयातमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।

जर्मनी युरोपको सबैभन्दा ठूलो बुंगुर उत्पादनकर्ता हो । हालै चीनबाट यसको माग बढेको देखिएको छ । र केहि अधिकारीहरुले यहि बुंगुरबाट रोग फलिएकोसमेत उल्लेख गर्दै आएका छन् ।

यसैबिच, बेइजिङले ग्रीस, पोर्चुगल र इटाली जस्ता लगानीका लागि भोका ईयु सदस्य देशहरूलाई प्रभावकारी रूपमा आफ्नो पक्षमा पार्नकालागि आफ्नो विशाल “बेल्ट एन्ड रोड” पूर्वाधार योजना प्रयोग गरेको छ । यसलेपनि चीनलाई हेर्ने मामिलामा इयु देशहरुबिच समान द्रिष्टिकोण नबन्न सक्छ ।

(नेपालप्लस सँगै ए एफपी र फँस न्युज २४ । फोटो- फँस २४ न्युज)

तपाइँको प्रतिक्रिया