बिहीबार, वैशाख ६, २०८१

स्विडेनमा जवानहरु बचाउन वृद्दवृद्दाको उपचार गरिएन, मृतकका परिवारले दिए उजुरि

नेपाल प्लस२०७७ भदौ ३१ गते १४:५४

                         फोटो- युरोन्युज डटकम

युरोपमा सबैतिर लकडाउन हुँदापनि स्विडेनले गरेन । लकडाउन नगरि समस्या सुझाउँछौं भने । स्विडेनको यो नितिको केहिले आलोचना गरेपनि धेरैले प्रशंसा गरिरहे । यो समाचारले विश्वमा चर्चा कमायोपनि । तर अहिले ढिलै भएपनि वृद्दवृद्दा विरामी हुँदा अस्पताल नलगेको, उचित उपचार नगरेको, उपचार गर्दा विरामी छान्ने गरेको खुलेको छ । वृद्दाश्रममा भएका म्रित्यु मध्ये आधा कोरोनाकै कारणले भएको भन्दै चिकित्सकहरुलेनै आरोप लगाएका छन् । मृतकका परिवारले सरकारको यो हेल्चेक्र्याइँबिरुद्द उजुरिनै दिएका छन् ।

मृत्यु हुनेका परिवारले मात्रै होइन चिकित्शा क्षेत्रकै कर्मचारी, विशेषज्ञहरुलेपनि यस्तो आरोप लगाएका हुन् । मृतकका परिवारले वृद्दवृद्दाहरुलाई अस्पताल भर्ना गर्न सरकार अनिच्छुकत देखिएको दोष दिएका छन् । हालसम्म बाहिर नआएको यस्तो समाचार फँस २४ न्युजले सार्वजनिक गरेको छ ।

मोसेस तान्दाको मृत्यु ७२ वर्षको उमेरमा कोरोनाका कारण स्विडेनको वृद्दाश्रममा भएको थियो । उनका परिवारले “मृतकको उपचारमा धेरै बेवास्ता गरियो, कमजोरिहरु थिए” भन्दै उजुरि दिएका छन् ।

“मेरोलागि मेरा काकाले सबै थोक गरिदिए । त्यसैले म अहिले उनकालागि लड्दै छु” उनकि भतिजी जुलियाना जिहेम फँस २४ न्युजसित भन्छिन् “हामीलाई यो कुरो मान्य छैन ।”

तान्दा बिर्सिने रोग (डिमेन्सिया) को शिकार भएकि थिईन् । उनलाई कोरोना लागेको अप्रिल १२ मा पत्ता लागेको थियो । त्यसको चार दिनपछि उनको मृत्यु भएको थियो ।

“डाक्टरले बुढापाकाका लागि प्रोटोकल अनुसरण गरिरहेको बताएका थिए । मेरो काका यति वृद्ध र कमजोर भएकाथिए कि उनलाई अस्पतालमा उपचार लिन पाउने ब्यवस्था गरिएन” जिहेम सम्झन्छिन् ।

स्वीडेनमा कोरोनाको संक्रमणबाट ५, ८०० भन्दा बढिको मृत्यु भैसकेको छ । ती मध्ये आधाको आश्रय र हेरचाह गृहहरूमा भएको छ । त्यहाँका विशेषज्ञहरुले हाल अधिकारीहरूको उपचार पद्दति र दृष्टिकोणको आलोचना गरेका छन् ।  सरकार आफैंलेपनि वृद्धहरूलाई पर्याप्त सुरक्षा र हेरचाह पुर्‍याउन असफल भएको स्वीकारेको छ ।

“उनीहरूले वृद्दाश्रमका बुढाबुढीको ज्यान जोगाउन प्रयास गरेनन् । उपचारमा खटिएकाहरू बुढाबुढीहरुको उपचार गर्दा गहन हेरचाह इकाइहरू अति नै प्रभावित हुनेछन् भनेर डराएका थिए । तिनको उपचार गर्दा जवान व्यक्तिहरूको हेरचाह गर्न पर्याप्त ठाउँ हुन्न भनेका थिए,” करोलिन्स्का इन्स्टिच्यूटका भाइरोलजीका प्राध्यापक एन्डर भाल्ने भन्छन् “उपचारमा खटिएकाहरूले बिरामीहरू छान्दै थिए । मलाई यस्तो मानसिकता थोरै निर्दयीपनि लाग्छ “।

तपाइँको प्रतिक्रिया

फेसबुक