शनिबार, वैशाख ८, २०८१

कोरोनाकालमा डटेर काम गर्ने आप्रवाशीलाई फ्रान्सेली नागरिकता

नेपाल प्लस२०७७ असोज ६ गते २१:४१

कोरोना संक्रमणको अवधिमा फ्रान्समा अग्रणी भूमिकामा रहेर काम गर्ने आप्रवाशीहरुलाई फ्रान्सेली सरकारले छिटो फ्रान्सेली नागरिकता दिने घोषणा गरेको छ । यो निर्णयबाट फ्रान्समा यि तोकिएका क्षेत्रमा काम गर्ने अन्दाजी दुई दर्जन नेपालीलेपनि सहजै नागरिकता पाउन सक्ने छन् ।

फ्रान्सका अस्पताल, क्लिनिक, स्वास्थ्य केन्द्र, बुढाबुढी आश्रम स्थल, बुढाबुढीका सुसारे (एद स्वानिँयँत), ब्रिद्दब्रिद्दा स्याहारकेन्द्र, सुपरमार्केट, डेलिभरि संस्था आदिमा काम गर्ने नेपालीहरुपनि छन् । तिनलेपनि तरिका पुर्‍याएर आबेदन दिएमा सहजै फ्रान्सेली नागरिकता पाउने छन् ।

नागरिकताका लागि मन्त्रालयका प्रतिनिधि मार्लिन शियाप्पाले कोभिड १९ महामारीको क्रममा अग्रणी भूमिकामा रहेर परिचालन गर्ने विदेशी नागरिकहरूलाई फ्रान्सेली नागरिकता जतिसक्दो छिटो दिन र त्यसलाई सहज बनाउन निर्देशन दिएका हुन् । तर हाल त्यस्तो नागरिकता दिने ग्रिह मन्त्रालयको सुरक्षा निकाय (फ्रेन्च प्रिफेक्चुर) कार्यलय कतै नखुलेको र कतै फाईलहरु धेरै भएकाले ढिलाई भएको फँस २४ न्युजले उल्लेख गरेको छ ।

सरसफाईमा काम गर्नेहरु, नर्स, डाक्टर, बुढाबुढीको आश्रय स्थलमा काम गर्नेहरु, कोरोनासित संवन्धित जुनसुकै पसल वा संस्थामा बसेर सामान ओसारपसार गर्नेहरुलाई उच्च प्राथिमकतामा राखिएको छ । यो क्षेत्रका कर्मचारीहरुले फ्रान्समा काम गरेको दुई वर्षमै नागरिकताकालागि आबेदन दिनसक्ने छन् । यस अघि आप्रवाशीहरुले फ्रान्सेली नागरिकताकालागि आबेदन दिन पाँच वर्षको प्रमाण पेश गर्नुपर्ने प्रावधान थियो । र त्यो प्रावधानमापनि निकै कठिन थियो ।

मंगलबार सेप्टेम्बर १५ का दिन मार्लेन शियाप्पाले विशेष गरि कोविड १९ का बिरूद्ध लडाई गर्न फ्रन्ट लाइनमा सक्रिय रुपमा योगदान पुर्‍याएका र कानुनी स्थितिमा रहेकाहरुलाई फ्रान्सेली नागरिकता प्राप्तिलाई “गति” दिन र “सहयोग” गर्न निर्देशन दिएका हुन् । नागरिकता मन्त्रीले उनीहरूका फाइलहरूलाई प्राथमिकतामा राखेर हेर्न र ति फाईल एक एक गरेर परीक्षण गर्न निर्देशन दिएका हुन् ।

फ्रान्सेली राज्यले कोविड – १९ बिरूद्धको लडाईमा सक्रिय भाग लिने व्यक्तिको प्रतिबद्धतालाई मान्यता दिन चाहेको निर्देशनमा उल्लेख छ । फ्रान्सका प्रान्तहरूमा यो निर्देशन र चाहना पठाउनपनि निर्देशन दिइएको छ । “केहि विदेशी मानिसहरु अत्यधिक खटिएका छन् र विशेष गरी कोविड १९ को महामारीको बिरूद्ध लड्न उनिहरुले ऊर्जा थपेका छन् । तिनको साहस उजागर भएको छ । उनीहरुले समर्पण र साहसी बनेर राष्ट्रिय प्रयासमा सक्रियताका साथ भाग लिएका छन्,” मार्लेन शियाप्पा ले भनेकि छन् ।

फ्रान्स २४ न्युजले सम्पर्क गरेको सीजीटी इमिग्रेशन सेक्सन (फ्रान्सको सबैभन्दा ठूलो र प्रभावकारि मजदूर युनियन) का प्रमुख मेरीलिन पौलिनले चेतावनी दिएकि छन् “यस स्वास्थ्य संकटको समयमा आवासीय अनुमति बिनाका कामदारहरुलाईपनि प्राथमिकतामा राख्नुपर्छ।” दुई वर्ष बसेको प्रमाण पेश गर्नुपर्ने नियमले कतिपय कामदारले काम गरेपनि सरकारले तोकेका प्रमाणहरु जम्मा गर्न नसक्ने अवस्था स्रिजना हुने र तिमाथि अन्याय हुनसक्ने उनको तर्क छ ।

“तालाबन्दीको अवधिमा यी धेरैजसो सूचिक्रित नभएका आप्रवासीहरूले शारिरिक रुपमा उच्च जोखिम लिएर काम गरेका थिए । तिनीहरूले सफाई, ह्यान्डलिंग, ठेला, सामान मिलाउने, वितरण, सुरक्षा वा व्यक्तिगत सहयोगमा काम गरेका छन् । उनीहरूले स्वास्थ्यको लागि जोखिम लिएका छन् । उनीहरूका परिवारहरूमाथि नराम्रो असर परेको छ । उनीहरूको काम गर्ने ईजाजत नहुनाले जोखिमपूर्ण कामबाट फर्किँदापनि लुक्दै र भाग्दै हिँडेका छन् । सिजिटीले यस्ता मानिसहरुकोलागि पनि प्राथमिकता दिनुपर्ने माग राखेको छ । सियाप्पाले यसमा पूनारावलोकन गरेर सहयोग गर्ने बताएकि छिन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक