शुक्रबार, वैशाख १४, २०८१

कोरोनापछि फ्रान्समा ५७ हजार रोजगार संझौताको उल्लंघन

नेपाल प्लस२०७७ असोज १ गते २२:१२

फ्रान्सेली श्रम मन्त्रालयले कोरोना संक्रमणकालमा स्थायी कामदारहरुलाई कामबाट निकाल्न नपाइने भनेपनि त्यसको ब्यापक उल्लंघन भएको छ । ब्यवशायिक संस्थाहरुलाई कोरोना संकटका बेला लकडाउन अवधिको बेरोजगार भत्ता दिएपनि ब्यवशायिक संस्थाहरुले त्यसको पालना गरेका छैनन् ।

सरकारको सुविधापनि लिने र संकटका बेला सरकारको निर्देशन बिरुद्द कर्मचारि कौटौती गरेको भन्दै सरकारि स्तरबाट यसको बिरोध भएको छ ।

श्रम मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकका अनुसार मार्चदेखिै ३९४ रोजगारी संरक्षण योजना (पीएसई) जारी गरेको थियो जुन गत वर्षको सोही अवधिमा १४९ भन्दा बढि हो । तथ्यांक अनुसार कोरोना कालपछि यसरि रोजगार संझौताको उल्लंघ ५७ हजारले गरेका छन् । यो तथ्यांक श्रम अन्त्रालयले विहिवार सार्वजनिक गरेको हो ।

श्रम मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणपछि रोजगारि संरक्षण योजनामा ३९४ खालका पेशा थिए । तर यस अघि सन् २०१९ मा जम्मा २४९ थरिका पेशालाई मात्रै रोजगारि कटौति गर्न नपाइने भन्दै सूचिक्रित गरिएको थियो । कोरोनापछि श्रम मन्त्रालयले १४५ थपलाई सूचिक्रित गरेको छ । तर सरकारको यो निर्देशन सूचीको ५७ हजारले पालना नगरेको श्रम मन्त्रालयलेनै सार्वजनिक गरेको छ ।

तपाइँको प्रतिक्रिया