शुक्रबार, चैत १६, २०८०

गोहीलाई कब्जामा लिएर सरकारसँग मोलमोलाइ

नेपालप्लस डेस्क२०७७ असोज २ गते १२:४९

भारतको उत्तर प्रदेश स्थित मिदानियाँको दूर्गम गाउँमा अचानक दुई मिटरको गोही देखेपछि गाउँलेहरुले गोहीलाई बन्धक बनाएर पैसाको मोलमोलाइ गरेका छन् ।

गएको मंगलबार आएको भिषण बाढीको कारण नजिकैको गोही संरक्षण केन्द्रबाट यो गोही भेलमा बगेर गाउँ पुगेको थियो । गाउँलेहरुले नहरबाट गोही निकालेर राखेर निकुन्जका कर्मचारीलाई ‘पैसा दिने भए गोही दिने नत्र मारिदिने’ धम्की दिए । निकै मिहिनेत र खर्चिलो गरी प्रजनन् गराई पालिएको गोही बचाउँन निकुन्जका कर्मचारीहरुलाई अप्ठेरो भयो । झण्डै दुई घण्टासम्म गाउँलेहरु र निकुन्जका कर्मचारीहरुको बिचमा भनाभन भयो ।

गाउँलेहरु ५० हजार भारतीय रुपियाँ नपाए गोही फिर्ता नगर्ने, निकुन्जका कर्मचारीहरु पैसा दिएर गोही लिन नखोज्ने । भनाभन भैरहँदा सोही क्षेत्रका राजनीतिक नेताहरु आए र किसानहरुलाई सम्झाए । निकुन्जका कर्मचारीले पनि अझै पनि आलटाल गरे सेना बोलाएर जसो पनि हुने धम्की दिएपछि गाउँलेहरु पछि हटे र गोही फिर्ता दिए । दुई घण्टासम्म चौरमा फत्रक फत्रक गरेको गोहीलाई धन्न केह् भएको रहेनछ ।

निकुन्जका कर्मचारीहरुले वन आसपासका किसानहरुलाई वन्यजन्तु सम्बन्धी तालिम र चेतना दिनको निम्ति नयाँ योजना अघि सारेको र गाउँलेहरुसँगै मिलेर वन्यजन्तु संरक्षणमा काम गर्नुपर्ने खाँचो देखिएको कुरा पत्रपत्रिकालाई बताएकाछन् ।

(फोटो- ए एफ पी)

तपाइँको प्रतिक्रिया

फेसबुक