शुक्रबार, कार्तिक १४, २०७७

कोरोना पछि चीनमा अध्ययनरत के छ विध्यार्थीको अवस्था ?

उमेश सापकोटा २०७७ असोज ४ गते १३:४६

विश्व अर्थतन्त्रको दोश्रो स्थान ओगट्न सफल देश चीनले सबैभन्दा बढि लगानी गरेको क्षेत्र हो, शिक्षा र अनुसन्धान । चीनका विश्वविद्यालयहरुमा जम्माजम्मी १६ सय भिन्न भिन्न विधामा अध्ययन अनुसन्धान गराइन्छ । शिक्षा देशको मेरुदण्ड हो भन्ने कुरा चीनले राम्ररी बुझेको छ । चीनमा सरकारी विश्वविध्यालय मात्र तीन हजार साठी वटा छन् । जसमा १५६ चीनको स्वशासित क्षेत्रमा पर्दछन् । यी विश्वविध्यालयहरुमा हरेक वर्ष करोडौँ विध्यार्थीहरुहरु दीक्षित हुन्छन् । यो संख्या हरेक वर्ष बढ्दो क्रममा छ भने निजी विश्वविध्यालय र त्यसमा अध्ययन गर्ने विध्यार्थीहरुको कुनै हिसाब किताब नै छैन । चीनले हरेक वर्ष विश्वका लाखौँ विध्यार्थीहरुलाई छात्रवृत्ति दिने गरेको छ । चीन नेपाल र नेपाल जस्तै अल्पविकसित मुलुकका विध्यार्थीहरुका लागि आर्थिक, सामाजिक र राजनैतिक दृष्टिले उत्कृष्ट गन्तव्य हुन सक्दछ ।

पश्चिमा देशहरुमा क्रिसमस मनाइरहँदा दिसम्बर २५ मा पहिलो पटक चीनमा कोरोना भाइरस देखियो जुन समय चिनियाँहरुको सबैभन्दा ठूलो चाड नयाँ वर्ष अर्थात् स्प्रिँग फेस्टिभल मनाउने समय पनि थियो । यस समयमा चीनका सबै विश्वविध्यालयहरु दुई महिनाको लागि बन्द हुन्छन् । यहि बन्दको समयमा धेरैजसो चिनियाँ विध्यार्थीहरु नयाँ वर्षको लागि आफ्नो घर जान्छन् । विदेशबाट आउने विध्यार्थीहरु कोहि आफ्नो देश फर्कन्छन् भने कोही चीनका विभिन्न भागहरुमा घुम्न । कोरोना भाइरस देखिएको बेला धेरैजसो विदेशी विध्यार्थीहरु चीनमै थिए भने केही आफ्नो देशमा परिवार भेट्न फर्किएका थिए ।

जनवरी तेइसमा एक्कासी वुहानमा कोरोना भाइरसको बाढी आयो । चिनियाँ सरकारको सुझबुझका कारण त्यहि दिन बन्दाबन्दी घोषणा गरियो । चीन विकासको गतिमा तिब्र रुपमा अघि बढेकोले त्यहाँ द्रुत रेल र घरेलु हवाइ सेवाका कारण भाइरस लगभग चीनको सबै क्षेत्रमा फैलिन पुग्यो । भाइरसको उद्गम विन्दु वुहान बाहेक अन्य क्षेत्रमा यसलाई नियन्त्रणमा लिन त्यति गाह्रो भएन । यसको श्रेय चीनको आधुनिक डिजिटल प्रणालीलाई जान्छ ।

चीनको खुला आकाशमा दिन रात गरेर हिँडिरहेका विध्यार्थीहरुका लागि बन्दाबन्दी असहज थियो । सबैलाई बन्द कोठाभित्र राखियो । चीनको सबै औध्योगिक निकायहरु बन्द भए । होटल, रेष्टुँरा र सपिङ कम्प्लेक्सहरु सबै सबै । केही दिनका लागि बँचेका चामल र तरकारीहरु मात्र थिए पसलहरुमा । शुरुका दिनहरुमा अनलाइलाइन सपहरु पनि बन्द भए । चारैतिर केवल सन्नाटा मात्र छायो । विदेशी भूमीमा बसेका विध्यार्थीहरुलाई खानापानी नै नपाएर मर्ने हो कि भन्ने पीरले सताउन थाल्यो । आफूसँग कोठामा सँगै बसेका साथीहरुसँग डराउनुपर्ने अवस्था आयो । आलु र चामलले जनतन एक हप्ता जस्तो चलाएपछि विश्वविध्यालयले आफ्ना विध्यार्थीहरुको लागि बसेको कोठासम्म खाना ल्याइदिने व्यवस्था गर्यो । बल्ल जीवन केही सहज बन्न पुग्यो भने घुम्न निस्केका विध्यार्थीहरुको लागि प्रहरीको सहायताले विश्वविध्यालयको समन्वयमा जहाँ पुगेका थिए, त्यहीँ होटल र खानाको व्यवस्था गरी राख्न थालियो ।

केही समयपछि अनलाइन पसलहरु खुले पनि मानिसहरुमा भाइरसको आतंक यति थियो कि जेमा पनि भाइरस देख्ने मानसिक स्थितिको विकास भएको थियो । यसले मानसिक र मनोवैज्ञानिक असर गम्भीर रुपमा पर्न गएको थियो । आत्मबल कमजोर भएका विध्यार्थीहरुमा त गम्भीर खालका मानसिक समस्याहरु देखिन थालेका थिए । यहीँ मरिने हो कि भन्ने भयले पलपल तड्पिएर बस्नुको विकल्प थिएन । विश्वविध्यालयले मानसिक समस्या नआओस् भनेर विभिन्न सुझावहरु दिने गरेको थियो । तर ती सबै बालुवामा पानी हाल्नु जस्तै थियो । समस्यालाई मध्यनजर गर्दै चिनियाँ सरकारले विषयवस्तुलाई अतिरन्जीत गरेर प्रस्तुत नगर्न चिनियाँ मिडियाकर्मीलाई कडा चेतावनी दिएको थियो ।

केही समयपछि जनजीवन केही हदसम्म सामान्य हुँदै गयो । पश्चिमा र धनी देशका सरकारले आफ्ना देशका विध्यार्थीहरुलाई फर्काउने कार्य शुरु भयो भने गरिब तथा अल्पविकसित देशकाले आफ्नो देशको सरकारप्रति चर्को आलोचना गर्ने क्रम अघि बढ्यो । फेरि एकपटक वर्गीय असमानताको नारा चर्को देखिन थाल्यो । यसैक्रममा चीनस्थित नेपाली दूतावासले पनि नेपाली विध्यार्थीको आँकडा माग्ने काम गर्यो । चारैतिरबाट दबाब आउन थालेपछि नेपाली विध्यार्थीहरु नेपाल फर्काउने काम शुरु भयो ।

ह्विस्की र वाइनको मातमा लठिँदै पश्चिमाहरुले चीनको खेदो खनिरहेको बेला चिनियाँहरु भने कोरोनासँग जुधिरहेका थिए । आफ्ना जनताप्रतिको अटुट प्रेम र कामप्रतिको अटुट विश्वासले चिनियाँहरु युद्ध मैदानमा निरन्तर जुधिरहेका थिए । यसरी प्राय सबैजसो विध्यार्थीहरु आफ्नो देशमा फर्कन सफल भए भने कोरोना भाइरस र चीनप्रतिको नकारात्मक धारणाले केही विध्यार्थीहरु चीनमै बस्न रुचाए ।

ह्विस्की र वाइनको मातमा लठिँदै पश्चिमाहरुले चीनको खेदो खनिरहेको बेला चिनियाँहरु भने कोरोनासँग जुधिरहेका थिए । आफ्ना जनताप्रतिको अटुट प्रेम र कामप्रतिको अटुट विश्वासले चिनियाँहरु युद्ध मैदानमा निरन्तर जुधिरहेका थिए । यसरी प्राय सबैजसो विध्यार्थीहरु आफ्नो देशमा फर्कन सफल भए भने कोरोना भाइरस र चीनप्रतिको नकारात्मक धारणाले केही विध्यार्थीहरु चीनमै बस्न रुचाए ।

नेपाल फर्किएपछि शुरु भयो अर्को अपमान र दुव्यर्ववहारको श्रृँखला । नेपालका सचेत र पढेलेखेका भन्नहरुबाटै चीनबाट फर्किएको भन्ने बित्तिकै अपमान र तिरस्कारको भावना, हेलाहोँचो गर्न थालियो । एयरपोर्टमा लगेका सामान लुटिए । धेरैको आइफोन र आइप्याड हरायो । चीनबाट फर्किएका विध्यार्थीहरु जताततै अपमानित भए । केही खराब मानिसको दरिद्र मानसिकता भए पनि आम नेपालीहरुले सुरक्षापूर्वक नेपाली विध्यार्थीहरु बाँचुन् भन्ने कामना गरेको पाइयो ।

कोभिड अहिले संसारभरि फैलिएको छ । चीनको वुहानमा बन्दाबन्दी हुँदा मानवअधिकार र स्वतन्त्रता खोसियो भनेर डंका पिट्ने पश्चिमाहरु आफैं चीनको लकडाउनको अनुसरण गर्न थालेका छन् । कोभिड अगाडिका सबै प्रवेषाज्ञाहरु चीनले निषेध गरेको छ । चीनमा कोरोनाको दोश्रो लहर आउन थाल्दा केही दिनमै चिनियाँ स्वास्थ्यकर्मीहरुले यसलाई लिन सफल भए । यहाँका अनुसन्धानकर्ता वैज्ञानिक, प्रयोगशालाहरुमा कोभिड विरुद्ध भ्याक्सिन पत्ता लगाउन दिन रात नभनी अहिले पनि वैज्ञानिकहरु खटिरहेकाछन् । परीक्षणहरु चलिरहेको छ । विश्वविध्यालय सकेसम्म छिटै खोल्ने तयारी सरकारले गरेको छ ।

कोभिड अहिले संसारभरि फैलिएको छ । चीनको वुहानमा बन्दाबन्दी हुँदा मानवअधिकार र स्वतन्त्रता खोसियो भनेर डंका पिट्ने पश्चिमाहरु आफैं चीनको लकडाउनको अनुसरण गर्न थालेका छन् ।

विश्वविध्यालय नखुल्दासम्मको लागि अनलाइनमा कक्षा चलिरहेको छ । स्थिति सामान्य भएपछि विध्यार्थीहरु आएर जाँच दिन पाउने गरी अनलाइनमा पूर्ण तयारीका कक्षाहरु चलिरहेकाछन् । विश्वविध्यालयहरुले पनि सोही सुझाव दिँदै अन्तर्राष्टिय विध्यार्थीहरुलाई अनलाइनमा जोड दिन निर्देश गरिरहेका छन् । अन्तर्राष्टिय विध्यार्थीहरु पनि सोही अनुसार अध्ययन गरिरहेका छन् ।

(उमेश चीनको युनान विश्वविध्यालयका विध्यार्थी हुन्)

तपाइँको प्रतिक्रिया

फेसबुक