शुक्रबार, वैशाख ७, २०८१

विश्वकै कान्छा स्लोभेनियाका तेडेज पोगाकार टूर द फ्रान्सका च्याम्पियन

नेपाल प्लस२०७७ असोज ५ गते ०:५४

टुर द फ्रँस विश्वमै चर्चित प्रतिस्पर्धा हो । साईकल छिटो दगुराएर प्रतिस्पर्धा गरिने यो खेलमा सन् १९०४ पछि स्लोभेनियाका एक खेलाडीले सबैभन्दा कान्छो (कम उमेर) मा यो पुरस्कार जितेका छन् । पहेँलो जर्सीमा साईकल चलाएका उनले २१ औं चरणमा जितेका हुन् ।

उनले आफ्नो २२ औं जन्मदिन सोमबार मात्रै मनाएका छन् । सन् १९०४ मा हेनरि कोरनेटपछि उनी यो उपाधी जित्ने सबैभन्दा कान्छा प्रतिस्पर्धी हुन् ।

उनी यस्ता भाग्यमानी हुन् कि उनले शनिवार भएको ट्रायलमापनि जितेका थिए । त्यसपछि सेतो जर्सीमा खेलाईेको अन्डर २५ वर्षको खेलमापनि जितेका थिए । त्यस्तै उनले हिमाली क्षेत्रको खेलमा (रनिङ) मा पनि उनलेनै जितेका हुन् । धेरैले बिजय हात पार्ने ठानिएका अष्ट्रेलियन रिची पोर्टलाई तेस्रो स्थानमा धकेलिदिएर आफूले बिजय हात पारेको फ्रँस २४ न्युजले जनाएको छ ।

पोगाकारले अहिले तिन वटा उपाधी जितेर विश्वलाईनै चकित पारिदिएको समाचारमा उल्लेख छ । कोरोना भाईरसको संक्रमणका कारण फ्रान्सको प्रसिद्द स्थल सँजलिजेमा ५००० प्रतिस्पर्धीहरुलाई मात्रै यो खेलमा भाग लिन अनुमति दिइएको थियो ।

गत २४ घण्टामा फ्रान्समा १३ हजार चार सय ९८ मा कोरोना भाईर संक्रमण भएको पाइएको छ । कोरोना संक्रमणपछि फ्रान्समा हाल संक्रमितको संख्या हरेक दिन बढ्दो छ ।

(फोटो- रोयटर्स, फ्रँस २४ न्युज)

तपाइँको प्रतिक्रिया

फेसबुक