मंगलबार, वैशाख ११, २०८१

चिनीयाँ राष्ट्रपतिलाई नांगो बादशाह भन्ने धनाढ्यलाई १८ वर्ष जेल सजाय

नेपालप्लस न्युज डेस्क२०७७ असोज ६ गते १३:४५

चिनीयाँ राष्ट्रपति सि जिन पिंगलाई सामाजिक सन्जालमा ‘निर्वस्त्र बादशाह’ भनेर अपमान गरेको आरोपमा अदालतले एक धनाढ्य चिनियाँ नागरिकलाई १८ वर्षको जेल सजाय सुनाएको छ ।

रेन्जिकिंग नाम गरेका ती ६९ वर्षिय धनाढ्य ब्यापारीले वुहानबाट शुरु भएको कोरोना भाइरसका बारेमा राष्ट्रपतिको आलोचना गर्दै इन्टरनेटमा एक लेख लेखेका थिए । सो लेखमा उनले राष्ट्रपतिले निर्वस्त्र बादशाहको रुपमा नांगो भइसकेका, कोरोनालाई अत्यन्तै गलत ढंगले ब्याख्या र यसको रोकथाममा उदासिन भएको भन्दै गाली गरेका थिए ।

घरजग्गा खरिद बिक्री र शेयर कारोबारमा संलग्न रेन्जिकिंगलाई ४चार दशमलव दुई मिलियन युआन पनि जरिवाना तिराइएको छ ।

आफ्नो सर्वोच्च नेताको अपमान गरेको भन्दै चिनियाँ कम्युनिष्ट पार्टीको हाइकमाण्डले उनलाई कारवाही गर्नुपर्ने माग गरेको थियो । गत फर्वरीमा लेख लेखका उनी मार्चदेखि हराइरहेका थिए ।

अदालतले जेल सजाय सुनाइएकोले उनी जेलभित्र रहेको चिनियाँ सैन्य बिभागले जनाएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक