शुक्रबार, वैशाख १४, २०८१

संसारैभरि सबैभन्दा धेरै बाँच्ने जापानकी बज्यैको रोचक प्रसंग

११७ वर्ष २६१ दिन कटिन

नेपालप्लस न्युज डेस्क२०७७ असोज ६ गते १४:००

२२ सेप्टेम्बर, जापानको फुकोआ शहरकी काने तनाका बज्यै ११७ वर्ष २६१ दिन पुगेर संसारैभरी सबैभन्दा बढि उमेरसम्म बाँच्ने मानिसको रुपमा आफ्नो नाम लेखाउने दिन निकै खुशी थिइन् । यसअघि सबैभन्दा बढि बाँच्ने जापानकै नाबी ताजिमाको ११७ वर्ष २६० वर्षको उमेरमा दुई वर्ष अघि अप्रिलमा निधन भएको थियो ।

संसारकै सबैभन्दा धेरै बाँच्ने मान्छे हुनु भो ? के खानुहुन्छ त ? भनी सोध्दा उनले कोकाकोला खाने रहर गरिन् । फ्रिजमा राखेको चीसो एक गिलाँस कोकाकोला सिनित्तै पारिन् ।

नर्सिँग केयरमा बसेकी यी आमैले केक काटिन् । कपाकप केक पनि खाइन् । नर्सहरुले पुरानो जापानीज गीत बजाइदिए । बज्यै छम्केर नाचिन् पनि ।

तनाकाका नाति, पनाति, खनाति हुँदै आठ पुस्तासम्म सन्तानहरु छन् । कोरोना भाइरसको कारण ती सबैले फोनमा अनुहार हेरेर बधाइ दिए । आँखा टाठी र कान सुन्ने बज्यैले सबैलाई आसिक पनि दिइन् । कानेका लोग्ने उ बेला लडाइँमा गएपछि चाउचाउ बनाएर बेच्ने धन्दा गरेर केटाकेटी हुर्काएकी थिइन् ।

जापान टाइम्स लेख्छ, कोरोना संक्रमणले समेत छुन नसकेकी काने आमा आफू जस्तै अरु जापानीहरु बाँच्नेतिर ख्याल गर्न सबैलाई आमैको अनुरोध छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक