शुक्रबार, वैशाख १४, २०८१

फ्रान्समा पुरुषलाई पनि एक महिने सुत्केरी बिदा

नेपालप्लस२०७७ असोज ७ गते २०:५३

फ्रान्समा पत्नी सुत्केरी भएपछि पतीहरुलेपनि एक महिना सुत्केरी बिदा पाउने भएका छन् । फ्रान्सका राष्ट्रपती एमानुयल माख्रोंले आजै वुधवार यस्तो निर्णय सार्वजनिक गरेका हुन् ।

यस अघि फ्रान्समा सुत्केरी बिदा पुरुषहरुले एक साता मात्रै पाउने गरेका थिए । लामो समयदेखि फ्रान्समा पुरुषहरुलाई सुत्केरी बिना अपुग भएको, लैंगिक समानता नभएको, महिलाहरुमाथि अत्याचार भएको, सुत्केरी महिला घरमा हुने तर पुरुषहरु काममा जानुपर्ने हुँदा सुत्केरी महिला र नव शिशुलाई उचित स्याहार नपुगेको भन्दै ब्यापक बिरोध भैरहेको थियो । यि सबै असन्तुस्टिहरुलाई आदर गर्न राष्ट्रपती एमानुयल माख्रोंले एक महिनाको सुत्केरी बिदा पुरुषहरुलेपनि पाउने भन्दै आजै वुधवार सार्वजनिक गरेका हुन् । उनले आफ्नै ट्विटर मार्फत सार्वजनिक गरेका हुन् ।

पुरुषहरुले पौने एक महिने सुत्केरी विदा सन् २०२१ को शुरुदेखि थालनी गरिने राष्ट्रपतीले उल्लेख गरेका छन् । पत्नी सुत्केरी भएपछि प्रत्येक पुरुषले कम्तिमा एक साता सुत्केरी बिदा बस्नै पर्ने बाध्यकारि नियम बनाइएकोपनि राष्ट्रपतीको ट्विटर उल्लेख छ । मन्त्रिपरिषदको बैठकपछि यस्तो निर्णय गरिएको फँस न्युज २४ ले उल्लेख गरेको छ ।

फ्रान्समा पुरुषहरुलेपनि सुत्केरी बिदा पाउनुपर्ने माग धेरै लामो समयदेखि उठिरहेको थियो । यसकालगि अदालतमा पटक पटक मुद्दापनि दायर भएका थिए । अन्तत राष्ट्रपती माख्रोले यस्तो निर्णय गरेपछि उनको पाँच वर्षे कार्यकालको यो निर्णय अति महत्वपूर्ण भनेर चर्चा गरिएको छ ।

(फोटो- मेजिकमामँ डट कम)

तपाइँको प्रतिक्रिया

फेसबुक