बुधबार, वैशाख १२, २०८१

नर्वेका लोकप्रिय राजा हराल्ड गम्भिर अवस्थामा : पाँचौं अस्पताल भर्ना

नेपाल प्लस२०७७ असोज ९ गते २२:२५

२५ सेप्टेम्बर, नर्वेका लोकप्रिय राजा हराल्ड पाँचौं गम्भिर बिरामी भएर अस्पताल भर्ना भएका छन् । त्रियासी वर्षका यी राजा ओस्लोको केन्द्रिय अस्पतालमा भर्ना भएका हुन् ।

दरबारका अनुसार उनको अनुपस्थितिमा राजकुमार हाकोनले राजकाज सम्हाल्ने छन् । पिता राजा ओक्लाभको निधनपछि सन् १९९१ देखि हराल्डले राजकाज चलाउँदै आएका हुन् ।

चौधौँ शताब्द्देखि नर्वेमै जन्मिएर राजा हुने पहिलो व्यक्ति भएकोले चर्चामा आएका राजा हराल्ड जनतामाझ साधारण महिलासँग बिहेवारी गरेर चर्चामा आएका थिए । साधारणतया राजकुमारहरुको बिहेवारी सम्भ्रान्त परिवारमा हुने गर्दछ । तर यिनले आफूले प्रेम गरेकी सर्वसाधारण युवतीलाई दरबारमा भित्र्याएर जनताको वाहिवाही पाए ।

सन् २०१६ मा उनले समलिंगुएेय सम्वन्धको समर्थनमा बोलेको कुराले निकै चर्चा पाएको थियो । कट्टर र रुढिवादी क्रिश्चियनहरु समलिंगीय सम्वन्धको विरोधमा थिए । चर्चसँग अति निकट सम्बन्ध भएको नर्वेजियन दरबारका राजाले नै समलिंगीय सम्वन्धलाई स्विकृति दिएपछि उनले व्यापक जनसमर्थन पाए । उनले भनेका थिए, “केटीले केटी माया गर्ने पनि नर्वेजियन, केटाले केटा माया गर्ने पनि नर्वेजियन, अनि केटाले केटी र केटीले केटा माया गर्ने पनि नर्वेजियन । हामी सबैले एक अर्कोलाई माया गर्छौँ । हामी नर्वेजियन ।”

उनलाई के भएको हो भन्ने बारे दरबारले विस्तृत रुपमा अझै खुलाएको छैन ।

(फोटो स्रोत -एजेन्सी)

तपाइँको प्रतिक्रिया