शुक्रबार, वैशाख ७, २०८१

कोरोना बिरुद्दको खोप चीनले नोभेम्वरमै सार्वजनिक गर्ने

नेपालप्लस२०७७ असोज १० गते ५:२४

चिनीयाँ अधिकारीहरुले कोरोना भाईरस (कोभिड -१९) बिरुद्दको खोप सन् २०२० को नोभेम्वर महिनामै सार्वजनिक गर्ने घोषणा गरेका छन् ।

चीनमा विकसित भइरहेको कोरोना भाइरस बिरुद्दको खोपहरु नोभेम्बर महिनामै सामान्य जनताले प्रयोग गर्न पाउनेगरि तयार पार्न सक्ने रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसि) का एक अधिकारीले बताएको रोयटर्सले उल्लेख गरेको छ ।

क्लिनिकल परीक्षणहरूको अन्तिम चरणमा चीनसँग कोरोना भाईरस बिरुद्दका खोपहरु चार वटा छन् । ती मध्ये कम्तिमा ३ जुलाईमा शुरु गरिएको आपतकालीन प्रयोग कार्यक्रम अन्तर्गत ति खोप अति आवश्यक कामदारहरुलाई आपतकालिनरुपमा प्रयोग गर्न प्रस्ताव गरिएको छ । यो कार्यक्रम चीनले जुलाइ महिनामै सार्वजनिक गरेको थियो ।

“तेस्रो चरणको क्लिनिकल परीक्षण सहज रूपमा अगाडि बढिरहेको थियो र खोपहरू नोभेम्बर वा डिसेम्बरमा आम जनताको लागि तयार हुन सक्छ” सीडीसी प्रमुख बायोसेफ्टी विशेषज्ञ गुइजेन वुले सोमबार राज्य टिभीसँगको एक अन्तर्वार्तामा भनेका छन् ।

अप्रिलमा आफैंले एउटा प्रयोगात्मक खोप लगाएपछि हालका महिनाहरूमा ति खोपबाट कुनै असामान्य लक्षणको अनुभव नगरेको वूले बताइन् । तर ति खोप मध्ये उनले कुन कुन खोपलाई संकेत गरेकी हुन् भन्ने चाहिँ स्पष्ठ पारेकि छैनन् ।

राज्यद्वारा सन्चालित चाईना नेशनल फार्मास्यूटिकल ग्रुप (सिनोफर्म) र संयुक्त राज्य अमेरिकासित संवन्धित सिनोवाक बायोटेकको एकाईले राज्यको आपतकालीन प्रयोग कार्यक्रम अन्तर्गत तीन वटा खोपहरू राज्यको आपतकालिन प्रयोग कार्यक्रम अन्तर्गत विकास गर्दै छ । क्यानसिनो बायोलजिक्सले विकास गरेको चौथो कोरोना खोप जुन महिनामा चिनियाँ सेनाले प्रयोगका लागि अनुमोदन गरेको थियो । साइनोफर्मले जुलाईमा यसको खोप तेस्रो चरणको परिक्षण पछि यस वर्षको अन्तमा सार्वजनिक प्रयोगको लागि तयार हुनसक्ने सार्वजनिक गरेको थियो ।

हाल विश्वव्यापी खोप निर्माताहरू भाइरस विरूद्ध प्रभावकारी खोप विकास गर्न दौडिरहेका छन् । कोरोना भाईरसले हालसम्म नौ लाख २५ हजार भन्दा बढिको ज्यान लिईसकेको छ । पश्चिमी मुलुकका प्रमुख खोप निर्माताहरूले यस महिनाको सुरूमा वैज्ञानिक अध्ययनका मापदण्डहरू कायम गर्ने र त्यस प्रक्रियालाई अवरोध गर्ने कुनैपनि राजनीतिक दबावलाई अस्वीकार गर्ने वाचा गरिसकेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक