शुक्रबार, वैशाख ७, २०८१

स्विस होटल स्कूलका २,००० भन्दा बढि विध्यार्थी क्वारेन्टाईनमा !

नेपाल प्लस२०७७ असोज १० गते ५:५३

स्विजरल्याण्डको होटेल म्यानेजमेन्ट अन्तर्गत पाकशिक्षा (कुकिङ) मा अध्ययन गरिरहेका दुई हजार भन्दा बढि विध्यार्थीहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।

लेकोल होतेलिए द लोजान (ई एच एल) का स्नातक तहका बिध्यार्थीहरुमध्ये धेरैलाई कोरोना भाईरस संक्रमण भएपछि क्वारेन्टाईनमा राखिएको हो । यो स्कूल होटेल ब्यवस्थापन अध्ययनका लागि विश्वमै अग्रणी मानिन्छ ।

सेप्टेम्बर २८ भित्र २५ सय विध्यार्थीहरुलाई आइसोलेसनमा राखिने छ । भो प्रान्त (क्यान्टोन) मा पर्ने उक्त स्कूलले त्यहाँको स्वास्थ्य निकायसितको सहयोगमा यो निर्णय गरेको स्विस इन्फो न्युजले जनाएको छ ।

स्विजरल्याण्डको सार्वजनिक टेलिभिजन आरटीएसको रिपोर्टका अनुसार पछिल्ला दिनहरुमा स्कूलहरूमा कोरोना भाइरस प्रकोपकै बेला भोज, नाचगान र भिड जम्मा हुनाले धेरैमा सरेको हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक