बिहीबार, चैत १५, २०८०

पद्मश्री पुरस्कार उप्रेती र साहित्यिक साधना सम्मान प्रश्रितलाई

नेपालप्लस न्युज डेस्क२०७७ असोज ११ गते ०:४५

                  सन्जिव उप्रेती

लेखन बिधामा प्रसिद्द पुरस्कार खिमलाल हरिकला लामिछानेका नाममा स्थापित पद्मश्री साहित्य पुरस्कार यस वर्ष साहित्यकार तथा समालोचक संजिव उप्रेतीको हंस पुस्तकले पाउने भएको छ ।

नेपालका प्रख्यात ब्यवशायी, उध्यमी तथा लेखक जीवा लामिछानेले आफ्ना पिता र माताका नाममा स्थापना गरेको यो पद्मश्री साहित्यिक पुरस्कारको रासी तिन लाख रुपियाँ छ । हंस उपन्यासमा हाँसको जिवन र मानव सभ्यता, प्रक्रिति, हाँस र मानव जिवनसित तुलना गरेर उपन्यास तयार पारिएको छ । पुस्तकमा टौदहमा खेल्ने हाँस, त्यहाँका स्थानियले देखेको हाँस र प्रक्रितिको ब्याख्या निकै गरिएको छ ।

त्यसैगरि पद्मश्री साधना पुरस्कार मोदनाथ प्रश्रीतलाई दिने घोषणा गरिएको छ । प्रश्रित मूलत नेपाली वामपन्थी आन्दोलनका नेता भएपनि ‘भुत प्रेतको कथा’ बाट नेपाली समाजमा लेखकका रुपमा स्थापित ष्रस्टा हुन् । पछिल्लो समयमा उनी वामपन्थी आन्दोलनमा बिरक्तिएर योग र साधनातिर लागेका हुन् ।

         मोदनाथ प्रश्रित

उनले नेपाली समाजमा विगत छ दशकदेखि काब्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्क्रिति लेखनका माध्यमबाट समाज रुपान्तरण तथा राष्ट्रिय एकतामा महत्वपूर्ण भूमिका खेलेकाले प्रश्रितलाई यो सम्मान प्रकट गरिएको खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साहित्यिक सम्मानको पुरस्कार  जनहि तिन लाख रुपियाँ छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक