बिहीबार, वैशाख १३, २०८१

नेपालप्लस समाचार प्रभाव : निर्णय गरेको एक सातामैं पर्यटन मन्त्री गले

चौतर्फी बिरोधपछि हिमालयको ‘ग्राउण्ड–हेन्डलिङ’ स्थगित

नेपालप्लस२०७७ असोज ११ गते १६:३७

पर्यटन मन्त्री योगेश भट्टराई

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको ‘ग्राउण्ड हेन्डलिङ हिमालय एयरलाइन्स दिने असोज ४ को निर्णयबाट सरकार पछि हटेको छ ।  असोज ८ गते नेपालप्लस डट कमले ‘सरकारले त्रिभुवन विमानस्थलको अहिलेसम्म ह्याण्डलिङ गरिरहेको सरकारी ध्वजाबाहक नेपाल एयरलाइन्सबाट खोसेर यति ग्रुपको हिमालय एयरलाइन्सलाई दिने तयारी गरेको’ निर्णय संवन्धि समाचार प्रकाशित भएपछि मन्त्री भट्टराई आफ्नो निर्णय बाट पछि हटेका हुन् । असोज ८ गते नेपाल प्लसमा समाचार आएपछि उनले पटक पटक प्राधिकरणका उच्च अधिकारीसित भेटेर छलफल गरेका थिए । नेपालप्लसको समाचारकै कारण मन्त्री भट्टराईले महानिर्देशक स्तरिय उक्त निर्णय तत्काल लागु नगर्न आदेश दिएका छन ।

नेपालप्लसकै समाचारका कारण पर्यटन मन्त्री योगेश भट्टराई पछि हटे, आफ्नै निर्णय एक साता नहुँदै फिर्ता लिए ।

आन्तरिक वा बाह्य सबैतिरका उडानमा निरन्तरको घाटा बेहोर्दै आएको नेपाल वायुसेवाको एउटै देखाउने र गरिखाने बाटो यही ‘ग्राउण्ड हेन्डलिङ’ (भूमीस्थ प्रबन्ध) नै थियो । यसैका भरमा नेपाल वायुसेवाले वार्षिक झण्डै ४ अर्व रुपैंयाँ आम्दानी गर्दै आएको थियो । यहिपनि नेपाल एयरलाइन्सबाट खोसेर यति ग्रुपको हिमालय एयरलाइन्सलाई दिने निर्णय गरेको एक सातामैं चौतर्फी आलोचना बेहोर्ने स्थिती आएपछि पर्यटन मन्त्री उनी यो निर्णयबाट पछि हटेका छन् ।

पर्यटनमन्त्री भट्टराईले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशन राजन पोखरेललाई मन्त्रालयमा बोलाएर हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङको अनुमति दिएका बारेमा जानकारी लिँदै अहिलेलाई उक्त निर्णय यथास्थितिमा राख्न आग्रह गरेको मन्त्रालयले जनाएको छ । मन्त्रीले हिमालय एयरलाइन्सको प्राविधिक क्षमता, व्यावसायिक प्रस्ताव, जनशक्तिलगायत सम्पूर्ण कुराको अध्ययन गरेर मात्र थप निर्णय लिन निर्देशन दिएको भनिएता पनि प्रधानमन्त्री केपी शर्मा ओलिको निर्देशनमा उक्त निर्णय भएको थियो । हिमालय एयर्लाइन्स ‘ग्राउण्ड हेन्डलिङ’ जिम्मा आफ्नो पक्षमा पार्न प्रयासरत थियो । तर उसले ग्राउण्ड हेन्डलिङका लागि गत भदौ ३१ मा मात्रै प्राधिकरणमा निवेदन दिएको हो । ग्राउण्ड हेन्डलिङ संचालन सम्वन्धि निर्देशिकाअनुसार, दैनिक कम्तिमा ५ वटा नियमित उडान भर्ने वायुसेवा कम्पनीलाई यस्तो ग्राउण्ड हेन्डलिङ अनुमती दिन सकिने भनिएको छ । तर हिमालय एयरलाइन्सले मुस्किलले दैनिक ३ वटा मात्रा उडान भर्दै आइरहेको थियो । र प्राधिकरणले एयरलाइन्सका कुनै पनि पक्षमा अध्ययन नगरि चार दिनमै निवेदन सदर गर्नु आफैंमा शंकास्पद थियो । नागरिक उड्डयन प्राधिकरणको अध्यक्ष उड्डयन मन्त्री स्वयं हुने ब्यवस्था छ ।

मन्त्री भट्टराईले पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई सँगै राखेर मन्त्रालयको उच्च तहसँग कुनै पूर्वजानकारी र सहमति नलिई उक्त निर्णय लिएकाबारे महानिर्देशकसँग जवाफ मागेको जनाइएको छ । यो निर्णय निकै हाँस्यास्पद छ, पर्यटन मन्त्री आफैं अध्यक्ष रहेको संस्थामा उनको जानकारी बेगर यात्रो निर्णय महानिर्देशक एक्लैले कसरी गर्न सक्छन ?

मन्त्रालय श्रोतका अनुसार गत असोज ४ मा बाहिर आएको उक्त निर्णयमा ‘महानिर्देशक स्तरिय निर्णय’ भनिए पनि यस बारेमा प्रधानमन्त्री र बिभागिय मन्त्रीसँग पर्याप्त छलफल गरिएको थियो । तर, नेपाल वायुसेवा निगम कर्मचारी संघले यो ग्राउण्ड हेन्डलिङ गर्न दिने निर्णयसगै बाहिर ल्याएको चर्को बिरोध कार्यक्रमलाई ध्यान दिएर र उडान सेवा ठप्प पार्नेसम्मको एजेन्डा अघि सारेर आफ्नो अवधारणा सार्वजनिक गरेपछी पर्यटन मन्त्री भट्टराई हच्किएका हुन् । यो प्रकरणबारे नेपालप्लसमा बिस्तृत समाचार आइसकेको छ । थप समाचारका लागि यो लिंक पनि हेर्नुहोस्—

नाफामा एउटा ‘ग्राउण्ड हेन्डलिङ’ थियो, त्यो पनि रहेन

तपाइँको प्रतिक्रिया