बुधबार, वैशाख १२, २०८१

फ्रान्समा कोरोनाका विरामी बढेको बढ्यै, २४ घण्टामा १४ हजार संक्रमित

नेपाल प्लस२०७७ असोज ११ गते १८:०४

फ्रान्समा कोरोना भाईरसले भयावह रुप लिन थालेको छ । गएको २४ घण्टामै १४ हजार भन्दाबढि कोरोना भाईरसका विरामी फेला परेका छन् । ति मध्ये गत २४ घण्टामै ३९ जनाको म्रित्यु भएको छ ।

अहिले फ्रान्समा कोरोना भाईरसको लागि परिक्षण चलिरहेको छ । पछिल्लो समयमा गरिएको परिक्षण अनुसार परिक्षणमा सहभागि मध्ये सात दशमलव दुई प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । यो तथ्यांक फ्रान्सको स्वास्थ्य सेवा विभागले सार्वजनिक गरेको हो । गत २४ घण्टामै १४ हजार ४ सय १२ मा कोरोना संक्रमण भएको भेटिएको छ ।

गत साता मात्रै चार हजार एक सय दुई जना कोरोनाका बिरामीहरु अस्पत्ताल भर्ना भएका छन् । ति मध्ये सात सय ६३ जना गम्भिर अवस्थामा छन् । कोरोना भाईरस संक्रमण हुन थालेपछि फ्रान्समा ३१ हजार सात सयको म्रित्यु भैसकेको छ ।

 

तपाइँको प्रतिक्रिया