शुक्रबार, वैशाख ७, २०८१

कोरोनाबाट २० लाखको मृत्यु र संक्रमितको संख्या दोब्बर हुनसक्ने चेतावनी

नेपालप्लस न्युज २०७७ असोज १२ गते १२:४८

कोरोना भाईरसबिरुद्दको अहिलेको प्रयास र उपायहरुलाई प्रभावकारिरुपमा बढाउन नसके अहिलेसम्म मृत्यु भएका र संक्रमितको संख्या दोब्बर हुनसक्ने चेतवनी दिइएको छ ।

कोरोना भाईरस विरुद्दको हालको प्रयासलाई अझै उच्च प्रभावकारि रुपमा नबढाए २० लाखको मृत्यु हुन सक्ने वा अहिलेको संक्रमित संख्या बढेर दोब्बर हुनसक्ने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) ले दिएको हो । डब्लु एच ओले हालको प्रयास दोब्बर पार्न र सामूहिक प्रयास थाल्नपनि आग्रह गरेको छ ।

युरोपमा कोरोना भाईरस संक्रमण दोस्रो पटक ह्वात्तै बढेपछि यसलाई डब्लु एच ओले खतराको घण्टि बजेको भन्दै चिन्ता ब्यक्त गरेको छ ।

“यदि हामीले कोरोना भाईरस रोकथामका लागि सम्पूर्ण संभावनाको प्रयास गरेनौं भने २० लाख मानिसको ज्यान जान सक्ने मात्रै होइन कि संक्रमितको संख्यापनि दोब्बर भन्दा नाघ्न सक्ने संभावना देखिन्छ” डब्लु एच ओका मिशेल रायनले प्रेस मिटिङमा भनेका छन् ।

“कोरोना भाईरका संक्रमितहरु पत्ता लगाउने मात्रै होइन, स्वास्थ्य सेवा दिने मात्रैपनि होइन, सामाजिक दूरी कायम गरेर मात्रैपनि पुग्दैन, खोप पत्ता लगाउन लागिपरेर मात्रैपनि संभव छैन : यो सबै एकसाथ गर्नु जरुरि छ” मिशेल रायनले भनेका छन्  ” अहिलेकै १० लाख भनेको ज्यादै कहालीलाग्दो संख्या हो । अर्को १० लाख थपिनु अघि हामीले गम्भिर भएर सोच्न जरुरि छ ।”

तपाइँको प्रतिक्रिया

फेसबुक