शुक्रबार, वैशाख ७, २०८१

खरबौंपती अमेरिकी राष्ट्रपतीले आफ्नै कामदारले भन्दा कर कम तिरेको खुलासा

नेपालप्लस२०७७ असोज १५ गते १६:०६

लाखौं तलब खाने राष्ट्रपती, प्रधानमन्त्रीले भन्दा आफूले बढि कर तिरेको तपाई कहिल्यै सोच्न सक्नुहुन्छ ? अझ अमेरिका जस्तो संघिय देशमा राष्ट्रपतीले आफ्नै कामदारले भन्दापनि कम कर तिर्छन् भन्ने सुन्दा कस्तो लाग्ला ? खरबौंपती राष्ट्रपती डोनाल्ड ट्रम्पले त्यो देशका मध्य वा न्युन वर्गका नागरिक, कामदारले भन्दा सयौं गुणा बढि कर तिर्छन् भन्ने लाग्नु स्वभाविक हो । तर पछिल्लो खोज अनुसार यो झुठो साबित भएको छ । उनले आफ्नै कर्मचारीले भन्दापनि कम कर तिरिरहेका छन् ।

आइतबार राती, न्युयोर्क टाइम्सले दुई दशक भन्दा बढि समयको ट्रम्पको आयकर बारे जानकारी साझेदारि गरेको थियो । उक्त लेखले के खुलासा गर्‍यो भने ट्रम्पले आफूले राष्ट्रपति पद जितेको वर्ष संघीय आयकरमा ७५० डलर मात्रै कर तिरेका थिए । राष्ट्रपती ह्वाइट हाउसमा आफ्नो पहिलो वर्षको अवधिमापनि उनले ७५० डलर मात्रै आयकर तिरेको देखियो । यसले के स्पष्ठ पार्छ भने गएको डेढ दशकमा ट्रम्पले एक कौडीपनि कर तिरेनन् । त्यसमा के तर्क गरिएको छ भने उनले कमाउने भन्दा बढि गुमाएका छन् । अर्थात् उनको ब्यापारमा आम्दानी भन्दा बढि खर्च भको छ । तर आम अमेरिकी नागरिकहरु यसमा विश्वास गर्दैनन् ।

उनले ज्यादै कम अझ नगण्य कर तिरेकोमा धेरै व्यक्ति ट्रम्पको अत्यन्त न्यून आयका बारेमा कौतुहल थिए । उनले घोषणा गरेको आयकर बारे सहमत थिएनन् । अझ केहि त यति ठूला ब्यापारीको आय कसरि घट्यो भनेर दुखि बनेका थिए । सामान्य पेशा गर्ने शिक्षक, नर्स, चालक, स्वास्थ्यकर्मी र कडा, श्रम गर्ने गर्ने मेहनति नागरिकहरु कसरि आफूले भन्दा राष्ट्रपतीले कम कर तिर्छन् भनेर सामाजिक सन्जालमा आक्रोश पोख्ने, चासो राख्ने गरिरहेका थिए । आफ्नो आम्दानी र करलाई खरबौंपती राष्ट्रपतीको आम्दानी र करसित तुलना गरिरहेका थिए ।

धेरैले यो विषयमा झ्वाट्टै मुख खोल्न डराए । तर शैक्षिक क्षेत्रबाट यो असन्तुस्टि बिस्फोट हुन शुरु भयो । त्यसमा शिक्षकहरु शुरुमा देखिए । त्यसपछि स्वास्थ्यकर्मी, ट्रक चालकहरु, क्यासियर्स, काम गर्ने बैधानिक इजाजत पाइनसकेका आप्रवाशीहरु देखा परे । उनीहरुले ट्रम्पले भन्दा बढि आयकर तिरेको सार्वजनिक गरिदिए । आफूले तिर्ने गरेको करको फेहरिस्त सामाजिक सन्जालमा राखिदिन थाले । केहिले ट्रम्पको आम्दानीको फेहरिस्तपनि सार्वजनिक गर्न थाले ।

तिनले सन् २०२० मा उम्मेदवार बनेकाहरुले तिर्ने गरेको वार्षिक आयकर ट्वीट गरिदिए । त्यो देखेपछि यो स्पष्ट भयो कि ट्रम्पले तिर्ने गरेको कम आयकर भुक्तानी राजनीतिज्ञ वा राष्ट्रपतिको आम्दानी अनुसार असामान्य हो ।

महिला नेत्री अलेक्जान्ड्रिया ओकासियो-कर्तेज धेरै राजनीतिज्ञहरू मध्ये एक हुन् जसले ट्रम्पको आयकरका बारेमा मुख खोलिन् । पहिले न्यूयोर्क शहरमा बार्टेन्डरको रूपमा काम गर्ने ओकासियो-कर्टेजले ट्वीट गरिन् “सन् २०१६ र २०१७ मा मैले बार्टेन्डरको रूपमा हजारौं डलर कर तिर्ने गर्थें । तर ट्रम्पले ७५० डलर मात्रै कर तिरे । उनले बैधानिक कागज नभएका आप्रवासी र बेरा (बेटर, वेट्रेस) ले भन्दापनि कम कर तिरे । डोनाल्ड ट्रम्पले आफ्नो देशको बारेमा कहिल्यै सोचेनन् । उनले सधैं आफ्नै फाइदाका लागि मात्रै सोचे । उनी एक घोटलाकार हुन् । ”

एउटा पत्रकार सम्मेलनमा न्युयोर्क टाईम्सले उनको आयकर बारे प्रश्न सोधेको थियो । उनले जवाफ दिए ‘यो पूर्ण रुपमा नक्कली समाचार हो ।’ उनले आफूले तिर्ने गरेको आयकरको पूर्ण जानकारि अहिले दिन नसक्ने बताए । उनको तर्क थियो,मैले मेरो करको जानकारि दिन सक्दिन किनभने त्यो हाल हाल आन्तरिक राजस्व सेवा द्वारा नाफाघाटाको अडिट (वासलात) भैरहेको छ ।’

यो विषयसित संवन्धित केहि ट्विट हेर्नुस्

तपाइँको प्रतिक्रिया

फेसबुक