बुधबार, वैशाख १२, २०८१

एन आर एनको अनलाईन महाधिवेशनलाई नेपाल सरकारको स्विक्रिति

नेपालप्लस संवाददाता२०७७ असोज १५ गते १५:४०

नेपाल सरकारले गैर आवासीय नेपाली संघको भर्चुअल महाअधिवेशन गर्ने प्रस्तावलाई अनुमति दिएको छ । परराष्ट्र मन्त्रालयद्वारा संघलाई पठाएको पत्रमा अन्तर्राष्ट्रिय अधिवेशन अनलाइन भोटिङका आधारमा गर्न सकिने जनाइएको छ । गत वर्ष काठमाणडौंमा भएको महाधिवेश निकै बिवादित भएको थियो ।

महाधिवेशनमा भाग लिन पुगेका प्रतिनिधिहरुका गतिबिधीलाई लिएर समेत ब्यापक आलोचना भएको थियो । नयाँँ कार्यसमितिले आफ्ना अधिवेशन र सम्मेलनहरु मर्यादित बनाउन बिभिन्न कोणबाट छलफल गरिरहेको थियो । संघका अध्यक्ष कुमार पन्तले अहिलेको अवस्थामा भर्चुअल महाधिवेशन उपयुक्त देखिएकोले नेपाल सरकारसँग आग्रह गरिएको जनाए ।

तर परराष्ट्र मन्त्रालयले भर्चुअल अधिवेशन गरेको सुनिश्चितताका लागि कागजपत्रहरु मन्त्रालयमा पेश गर्न लगायत संशोधित बिधान अनुसार भएको निर्णय प्रकृया पुष्टि हुने प्रमाण मन्त्रालयमा पेश गर्नुपर्ने छ । त्यस्तै, मन्त्रालयमा पेश हुने कागजातमा बिधान बमोजिमका अधिकारिक ब्यक्तिहरुबाट सहीछाप गरिएको हुनुपर्ने पनि मन्त्रालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया