शनिबार, वैशाख ८, २०८१

विध्यार्थीलाई ठगेको भन्दै मेडिकल कलेजका निर्देशकको घाँटी निमोठ्ने बिप्लवका छोराको धम्की (भिडियोसहित)

नेपालप्लस२०७७ असोज १५ गते १७:०२

भूमिगत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेत्रित्वकर्ता नेत्रबिक्रम चन्दका पुत्र प्रकाश चन्दले चितवन मेडिकल कलेजका निर्देशक डाक्टर हरिशचन्द्र न्यौपानेको घरैमा गएर घाँटी अँठ्याउने धम्कि दिएका छन् ।

चिकित्सा क्षेत्रका बिध्यार्थीहरुमाथि परिक्षा दस्तुरका नाममा ठगी गरेको भन्दै उनले न्यौपानेलाई यस्तो धम्की दिएका हुन् । चितवन मेडिकल कलेजले आइ ओ एम (इन्स्टिचुट अफ मेडिसिन नेपाल) ले तोकेको परिक्षा दस्तुर भन्दा दोब्बर रकम लिएर विध्यार्थीमाथि ठगि गरेको भन्दै उनले चितवन मेडिकल कलेजका न्यौपानेलाई फोन गरेर घाँटी अँठ्याउने धम्कि दिएका थिए । न्यौपानेलाई धम्काउने क्रममा उनले भनेका छन् ‘बिध्यार्थीहरुमाथि किन ठगेको ? तपाईहरुले तोक्ने हो कि दस्तुर आइ ओ एमले तोक्ने हो ? जवाफ दिनुस् । किन लिनु भो तोकिएभन्दा बढि रकम ?’

उनले चितवन मेडिकल कलेजका निर्देशन डा. हरिस्चन्द्र न्यौपानेलाई फोन गर्दै भनेका छन् ‘तपाईहरु मेडिकल माफिया हो । तपाईले भनेको नियम लाग्ने हो कि आइ ओ एमले भनेको नियम लाग्छ ? विध्यार्थीले भनेमा म तपाईकै घरमा आउन सक्छु । आई ओएमले भनेको दरमा फर्म बुझ्ने कि नबुझ्ने ?’

उनको जवाफमा न्यौपानेको जवाफ थियो ‘हामीले सल्लाह गर्नुपर्छ ।’

उनको उत्तरमा फेरि चन्दले भने ‘तपाइहरु माफिया हो, ठग हो । तपाई माफियाको कति दलाल, माफिया भन्ने हामीलाई नसिकाउनुस् बुझ्नु भो ? विध्यार्थीबाट कति ठग्नुभाको छ भन्ने त लडाइ अर्को छ । ए हरिस ! तपाइले ठूलो कुरा गर्ने होइन । विध्यार्थीका अगाडि बसेर मैले कुरा गरेको छु । तपाईको बिस्तारामा आएर तपाईको घाँटी समात्नसक्ने मान्छे हो, बुझ्नु भो नी ?’

आइ ओ एमले बिध्यार्थीको परिक्षा दस्तुर दुई हजार पाँच सय तोकेको छ । त्यसमा चितवन मेडिकल कलेजले पाँच हजार लिएपछि चन्दले वरिपरि चिकित्सा क्षेत्रकै बिध्यार्थीहरु राखेर निर्देशक न्यौपानेलाई फोन गर्दै यसरि थर्काएका हुन् ।

आई ओ एम (इन्स्टिचुट अफ मेडिसिन नेपाल) चिकित्सा क्षेत्रका बिध्यार्थीहरुकोलागि फर्म माग्ने, दस्तुर तोक्ने संस्था हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक