बिहीबार, चैत १५, २०८०

ब्रेक्सिट सम्झौता: बेलायतबिरुद्द युरोपेली युनियनद्वारा कारवाहि शुरु

नेपाल प्लस२०७७ असोज १५ गते १८:२९

बेलायतले युरोपियन युनियन (ईयु) संघ गरेको सहमति उल्लंघन गरेको भन्दै कारवाहि प्रक्रिया शुरु गरेको छ । युरोपेली आयोग प्रमुख उर्सुला भोन डर लेयनले आजै विहिवार यस्तो घोषणा गरेकि हुन् ।

ब्रसेल्सले सेप्टेम्बरको अन्त्य हुनु अघिनै लण्डनले ईयुमा हुँदा आलोचित र विवादास्पद बिल आंशिक रूपमा ब्रेक्सिट सम्झौताको लागि नलिएको भन्दै त्यसका बिरुद्द उलंघन प्रक्रिया शुरु गरेको हो । युरोपेली युनियनले यसका बिरुद्द बेलायतको कडा आलोचना गरेको फ्रान्सको न्युज २४ ले जनाएको छ ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला फोन डर लेयनले आजै बिहीवार १ अक्टुबरमा युरोपेली संघ (ईयू) ले ब्रिटिश सरकारको विवादास्पद बिलहरुका बिरूद्ध उल्लंघनको कारबाही चलाइरहेको घोषणा गरेकि छन् ।

“आज बिहान आयोगले बेलायती सरकारलाई औपचारिक सूचना पठाउने निर्णय गरेको छ । यो उल्लंघन प्रक्रियाको पहिलो कदम हो” उनले फँस न्युज २४ सित भनिन् “युरोपियनहरुले आफ्नो पद फिर्ता लिन सेप्टेम्बरको अन्त्यसम्म बेलायत छोडेका थिए जसको अर्थ हिजो बुधवार हो ।”

यो प्रक्रियाको शुरुवाति घोषणा यस्तो बेला गरिएको छ कि बेलायती र युरोपेली वार्ताकारहरू मंगलबारदेखि ब्रसेल्समा भेला हुँदैछन् । उनीहरूले भावी व्यापार सम्बन्धमा निर्णायक वार्ता गर्दै छन् जुन शुक्रबार अन्त्य हुने छ ।

बेल्जियमको राजधानी ब्रसेल्समा विहीबार एक युरोपेली शिखर सम्मेलन सुरु हुनेछ । यसमा ईयूका नेताहरूलाई लन्डनसँग के कस्तो वार्ता हुन्छ त्यस अवस्थाको बारेमा जानकारी दिनुपर्ने छ ।

युरोपियन युनियनले पठाएको पत्रको बेलायतले एक महिनामा जवाफ दिनुपर्ने नियम छ । यसमा उपयुक्त जवाफ बेलायती सरकारले दिन नसके युरोपेली एयुनियनले अर्को कदमका बारेमा सोच्ने छ । युरोपेली आयोगका अध्यक्ष उर्सुला फोन डर लेयनका अनुसार बेलायत सरकारबाट चित्तबुझ्दो जवाफ नआए यो प्रक्रिया यूरोपियन अदालतको न्याय (सीजेईयू) मा जान सक्छ जसले बेलायतलाई जरिवाना वा आवधिक दण्ड र रकम भुक्तान गराउन सक्छ ।

यो प्रक्रिया शुरु गरेलगत्तै बेलायती सरकारका प्रवक्ताले भनेका छन् “हामी यो पत्रको यथोचित जवाफ दिनेछौं ।” उनको भनाई अनुसार आयरल्याण्ड र उत्तरी आयरल्याण्डसित संवन्धित बिवादास्पद बिलपनि पठाइएको छ । यसमा बेलायती सरकारको असहमति छ ।

मंगलवार बेलायती सांसदहरुले इयुसित गरेका कतिपय बिवादस्पद संझौता बारे प्रश्न गरेका थिए । ईयुसित सित गरेका कतिपय वाचाहरु बेलायतले आदर गर्नुपर्ने माग गर्नेहरुपनि थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक